Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

शिशुलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गित “जिन्दगी” सार्वजनीक

शिशुलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गित “जिन्दगी” सार्वजनीक

बैतडीका दुई महिने शिशु सिवाशं अवस्थीलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित अत्यन्तै मार्मिक गित आइतबार “जिन्दगी” सार्वजनीक भएको छ । गायक निशान भट्टराईको समधुर आवाज रहेको गीतमा गायीका तथा संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको छ , संगीत संयोजन महाराज थापाले गर्नुभएको छ । बैतडीका पत्रकार अवस्थिका छोरा सिवाशंको जन्मेको १४ औँ दिन देखि कलेजोमा खराबि आइ त्रि बि शिक्षण अस्पताल काठमाडौँको १ महिना बढि आइसियुको उपचार पछि निको नभएपछि भारतको चेन्नाइ रेफर गरिएको थियो ।

चेन्नाइको रेला अस्पतालमा भर्ना गरेपछि कलेजो खराब भइसकेको र प्रत्यारोपण गर्नुपर्ने भनेपछि बुवा अवस्थीले छोरालाइ कलेजो दान गरेर विभिन्न कठिनाइ पार गर्दै छोरा बचाएको समाचार निकै चर्चामा आएको थियो । घटनाको बारेमा थाहा पाएपछि नेपालि समाजलाई प्रेरणा दिने खालको वास्तविक घटना भएकोले गीत तयार पार्न गायीका सापकोटाले पहल तथा अगुवाइ गरेको हो । गायिका सापकोटा भन्नहुन्छ महेश ,गिता दम्पतीले सन्तान प्राप्तीको लागि गरेको सघंर्ष सम्झिदा निकै कहाली लाग्दो छ ,सोहि वास्तविकतालाइ मैले आफै शब्द कोर्दै धुन भर्ने प्रयास गरेकी हुँ ,समाजमा छोराछोरि प्रति धेरै बिकृतीहरु सुन्न हेर्न सकिन्छ तर आफनो कलेजो दिएर छोरा बचाउने बाबाको प्रेरणालाइ यो गीतबाट झल्काउन खोजेकि छु । मैले यस्तो वास्तवीक कथामा आधारित भावुक गीतमा पहिलो पटक छोटो समयमा शब्द ,सगींत गर्न सफल भएकोमा खुसि पनि छु । “जिन्दगी” गीतलाइ अहिलेका चर्चित निर्देशक युव राज वाइबाले छायांकन गर्नुभएको छ ।

निर्देशक वाइबा भन्नुहुन्छ कलेजो काटेर दिने ति महान पिताको वास्तविक घटनालाइ भिडियो मार्फत तपाइहरू माझ लिएका हौ , अहिले सम्म धेरै काम गरियो तर यो हाम्रो लागि फरक काम हो, सधै भरि पैसा मात्र पनि हेर्नू हुदैन भन्ने हिसावले अवस्थी परिवारलाइ थोरै भएपनि खुसि दिनको लागि हामी कलाकारहरूले कोरोनाको कहरको बेला बिभीन्न चुनौति मोल्दै, निशुल्क यो गित तयार पारेका हौं । भिडियोमा निर्मल नेउपाने र रेखा घिमिरेले निकै भावुक बनाउने अभिनय गरेका छन । “जिन्दगी” युट्युबमा राखेपछि आउने रोयल्टी सिवाशं अवस्थिको उपचारमा खर्च गर्ने कलाकारहरूले बताएका छन । गायक भटटराइ भन्नुहुन्छ हामिले “जिन्दगी” गितलाइ मेहेनत गरेर सकेसम्म राम्रो बनाउने प्रयास गरेका छौ, म आफै पनि स्टुडियोमा गाउदा गाउदै निकै भावुक भए सबै दर्शकहरुले मन पराइदिनुहुन्छ भन्ने आसा छ , सिवाशं उपचारमा सहयोग होस भन्ने हेतुले गीत बनाएको हुनाले सबै दर्शकहरुले हेरेर ,शेयर गरेर सहयोग गरिदिन आग्रह गरेका छन ।

हेर्नुस भिडियो

 

प्रतिक्रिया