Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

शिशुलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गित “जिन्दगी” सार्वजनीक

शिशुलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गित “जिन्दगी” सार्वजनीक

बैतडीका दुई महिने शिशु सिवाशं अवस्थीलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित अत्यन्तै मार्मिक गित आइतबार “जिन्दगी” सार्वजनीक भएको छ । गायक निशान भट्टराईको समधुर आवाज रहेको गीतमा गायीका तथा संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको छ , संगीत संयोजन महाराज थापाले गर्नुभएको छ । बैतडीका पत्रकार अवस्थिका छोरा सिवाशंको जन्मेको १४ औँ दिन देखि कलेजोमा खराबि आइ त्रि बि शिक्षण अस्पताल काठमाडौँको १ महिना बढि आइसियुको उपचार पछि निको नभएपछि भारतको चेन्नाइ रेफर गरिएको थियो ।

चेन्नाइको रेला अस्पतालमा भर्ना गरेपछि कलेजो खराब भइसकेको र प्रत्यारोपण गर्नुपर्ने भनेपछि बुवा अवस्थीले छोरालाइ कलेजो दान गरेर विभिन्न कठिनाइ पार गर्दै छोरा बचाएको समाचार निकै चर्चामा आएको थियो । घटनाको बारेमा थाहा पाएपछि नेपालि समाजलाई प्रेरणा दिने खालको वास्तविक घटना भएकोले गीत तयार पार्न गायीका सापकोटाले पहल तथा अगुवाइ गरेको हो । गायिका सापकोटा भन्नहुन्छ महेश ,गिता दम्पतीले सन्तान प्राप्तीको लागि गरेको सघंर्ष सम्झिदा निकै कहाली लाग्दो छ ,सोहि वास्तविकतालाइ मैले आफै शब्द कोर्दै धुन भर्ने प्रयास गरेकी हुँ ,समाजमा छोराछोरि प्रति धेरै बिकृतीहरु सुन्न हेर्न सकिन्छ तर आफनो कलेजो दिएर छोरा बचाउने बाबाको प्रेरणालाइ यो गीतबाट झल्काउन खोजेकि छु । मैले यस्तो वास्तवीक कथामा आधारित भावुक गीतमा पहिलो पटक छोटो समयमा शब्द ,सगींत गर्न सफल भएकोमा खुसि पनि छु । “जिन्दगी” गीतलाइ अहिलेका चर्चित निर्देशक युव राज वाइबाले छायांकन गर्नुभएको छ ।

निर्देशक वाइबा भन्नुहुन्छ कलेजो काटेर दिने ति महान पिताको वास्तविक घटनालाइ भिडियो मार्फत तपाइहरू माझ लिएका हौ , अहिले सम्म धेरै काम गरियो तर यो हाम्रो लागि फरक काम हो, सधै भरि पैसा मात्र पनि हेर्नू हुदैन भन्ने हिसावले अवस्थी परिवारलाइ थोरै भएपनि खुसि दिनको लागि हामी कलाकारहरूले कोरोनाको कहरको बेला बिभीन्न चुनौति मोल्दै, निशुल्क यो गित तयार पारेका हौं । भिडियोमा निर्मल नेउपाने र रेखा घिमिरेले निकै भावुक बनाउने अभिनय गरेका छन । “जिन्दगी” युट्युबमा राखेपछि आउने रोयल्टी सिवाशं अवस्थिको उपचारमा खर्च गर्ने कलाकारहरूले बताएका छन । गायक भटटराइ भन्नुहुन्छ हामिले “जिन्दगी” गितलाइ मेहेनत गरेर सकेसम्म राम्रो बनाउने प्रयास गरेका छौ, म आफै पनि स्टुडियोमा गाउदा गाउदै निकै भावुक भए सबै दर्शकहरुले मन पराइदिनुहुन्छ भन्ने आसा छ , सिवाशं उपचारमा सहयोग होस भन्ने हेतुले गीत बनाएको हुनाले सबै दर्शकहरुले हेरेर ,शेयर गरेर सहयोग गरिदिन आग्रह गरेका छन ।

हेर्नुस भिडियो

 

प्रतिक्रिया