Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०३ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

विपन्न र बेरोजगार नेपालीलाई भारत छिर्नै महाभारत

विपन्न र बेरोजगार नेपालीलाई भारत छिर्नै महाभारत

४४,६२,९६५  यो अंक भारतमा बुधबार रातिसम्म कोभिडबाट संक्रमितको संख्या हो । विश्वमा दोस्रो नम्बरमा रहेको भारतमा आजभोलि दैनिक ९० हजारका दरले संक्रमितको संख्या बढिरहेको छ । तर, कोभिड हटस्पट भारत छिर्न विपन्न र बेरोजगार नेपालीको हुल सिमाना पुगेको छ । तर, कहिले रासन कार्ड त कहिले आधार कार्ड मागेर भारतीय सुरक्षाकर्मीले रोकिरहेका छन् । सीमाबाट फर्काइए पनि नेपाली गाउँ फर्कन तयार छैनन् । बरु अर्को दिन छिर्ने प्रयास गरिरहेका छन् । कोही तीन दिन भयो, कसैको चार दिन । यसरी विपन्न र बेरोजगार नेपाली भारत छिर्ने महाभारतमा छन् । 

नेपालगन्जको जमुनाहा नाकामा भेटिए दैलेखेको गुराँस गाउँपालिका गोगनपानीका सन्तोष विक । भारत छिर्न तीन दिनदेखि जमुनाहा प्रयास गरिरहेका उनले नयाँ पत्रिकासँग भने, ‘जनताबाट उठेको कर छ, त्यो जनताको पैसा हो । त्यसको सदुपयोग भइदिएको भए नेपालमा असम्भव केही थिएन । हामीले यही देशमा रोजगारी पाउने थियौँ, विदेशीको गुलामी गर्न धाउनुपर्ने थिएन । घरमा बुढाबुढी बाबुआमा र सानो बच्चा छ । यो महामारीको वेला मलाई बिदा गर्दा ती आमा र त्यो बच्चाको आँखाबाट आँसु झरेको छ ।’ यति भनेर उनी धेरैबेरसम्म निःशब्द भए । 

हो, सन्तोष विकजस्ता हजारौँ युवाको यात्रालाई बाबुआमा, श्रीमती र बालबच्चाको आँसुको बाँधले रोक्न सकेको छैन । किनकि तिनै बाबुआमाको औषधि र बालबच्चाको भविष्यको चिन्ता गर्ने युवासँग देशमा रोजगारी छैन । त्यसैले भारतमा महामारी उत्कर्षमा छ भन्ने थाहा हुँदाहुँदै पनि उनीहरू उतै ओइरिएका छन् । विवश युवाहरूलाई आफ्नै घरपरिवारले रोक्न सकेन, बरु भारतीय सुरक्षाकर्मीले रोक्छन् कि भन्ने डर छ । सन्तोष पनि तीन दिनदेखि नाकामै छन् । उनी कहिले छिर्न पाइने हो भन्ने अनिश्चित छ, तर यत्तिकै गाउँ फर्किइँदैन भन्ने त निश्चित छ । 

‘भारतमा महामारी छ भन्ने कसलाई थाहा छैन र ? तर, त्योभन्दा ठूलो महामारी घरमा छ । छोराछोरीको अनलाइन पढाइ सुरु भएको छ, तिनलाई भोकै राख्नु भएन । गाउँमा सहयोग मागौँ भने पनि सबैको अवस्था उस्तै छ । सरकारले आफ्नो कर्तव्य पूरा गरेन । तर, बुढाबुढी बाबुआमाप्रति हामीले आफ्नो कर्तव्य भुल्न सकेनौँ,’ दाङको शान्तिनगर धनौरीका रमेश डाँगीले भने । ज्यानको माया लाग्दैन ? सिमानातर्फ लागिरहेका यी युवालाई जोसुकैले सोध्ने प्रश्न यही हो । ‘आफ्नो ज्यानको माया त लाग्छ नि, तर साहुले माया गर्दैन,’ दैलेखबाट झरेका नन्दबहादुर खड्काको सोझो जवाफ छ । उनी भन्छन्, ‘यत्रो ६ महिना ऋण गरेर त खर्च चलाइयो, तर अब पैसा पाउन छाडियो, उल्टै साहुले पैसा माग्न र थर्काउन थाले । गाउँमा के मुख देखाएर बसिरहनु ?’

दैलेख दुल्लुका सुकदन परियार लकडाउनकै कारण मातृभूमि खोज्दै नेपाल आएका हुन् । भारतमा रोजगारी गुमेको थियो, कहिले टेम्पोमा, कहिले ट्र्याक्टरमा चढेर त कहिले हिँडेर सात दिनपछि उनी जमुनाहा नाका आइपुगेका थिए । नेपाल छिर्दा उनी जति खुसी थिए, अहिले भारत छिर्न पाइँदैन कि भनेर उनी त्योभन्दा बढी चिन्तित छन् । पाँच महिना गाउँ बसेपछि उनको टिप्पणी छ, ‘नेपाल सरकार आफैँ यति बेहाल छ भन्ने अनुमान थिएन ।’ चार दिनदेखि नाकामा रोकिएका उनी भन्छन्, ‘म त जति दिन लागे पनि भारत छिर्छु, तर मजस्ता अरू युवालाई सरकारले दुःख नदेओस् ।

प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँबाट निस्किएका नेपाली बाँकेको जमुनाहा, कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीमा जम्मा हुने क्रम जारी छ । कैलाली घोडाघोडी नगरपालिका–६ का गोरखबहादुर रोकाया त्रिगनर नाका पुगेका छन् । दसैँ–तिहारको मुखमा बिदेसिन थालेका उनले भने, ‘अघिपछि यो वेला गाउँ आउने गथ्र्यौँ, तर यसपालि दसैँ–तिहारको अर्थ छैन । घरमा खर्च भए पो चाडपर्व हुन्छ ।’ 

त्रिनगरमा घोडाघोडीकै शेरबहादुर मगरलाई चाडपर्वप्रति कुनै आकर्षण मात्र होइन, रोगप्रति डर पनि हराएको छ । ‘रोग त कहिले–कहिले, भोकले आजभोलि नै मरिन्छ जस्तो भयो,’ उनले यति भनिरहँदा श्रीमतीको काखमा भएको बच्चा रोइरहेको थियो । बच्चालाई फकाइफुल्याई गरेपछि श्रीमती धना बोल्न अघि सरिन्, ‘चाडपर्वका वेला मात्र हो र ? अघिपछि पनि आफ्नो देश छाडेर जान कसलाई माया लाग्छ र ?’आफ्नो देश, आफ्नो परिवार कति प्यारो हुन्छ भनेर यी नेपालीलाई जति कसलाई थाहा होला र ? ‘देश र परिवार भनेर त ज्यान हत्केलामा राखेर आइयो, गाउँ आएपछि पनि २८ दिन क्वारेन्टाइनमा बसियो । तर, पाँच महिनामा लकडाउन पालना गर्नेबाहेक केही गर्न सकिएन, त्यसैले निराश भएर भारत फर्कंदै छु,’ कैलाली टीकापुरका नरेश परियारले भने । 

श्रीमती र छोरासहित भारत जान लागेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ खोलीगाउँका नरेन्द्र थापा भने आइतबार अपराह्न नै जमुनाहा नाका पुगेका हुन् । उनी सुर्खेतबाट ट्रक चढेर एक सय १० किलोमिटर पार गरी बाँकेको कोहलपुर पुगे । त्यहाँबाट अटोरिक्सामा २० किलोमिटर पार गरेर नेपालगन्ज पुगे । त्यहाँबाट पनि अटोरिक्सामै सीमानाका जमुनाहा पुगेको उनले बताए । तीन दिनदेखि नेपालगन्जमै रहेको बताउँदै उनले भने, ‘नागरिकता देखाएर आउन दिएका थिए, उता जानका लागि आधार कार्ड छ । साह्रै दुःख भयो, पारि जान पाए आनन्द हुन्थ्यो ।’ कस्तो विडम्बना ! देशको नागरिकले परदेशको भूमि टेक्न पाए आनन्द हुन्थ्यो भन्नुपर्ने अवस्था छ । 

सुदूरपश्चिमी नाका गड्डाचौकीमा पनि त्यही पीडा बोकेर नेपालीहरू भारत गइरहेका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका–१० चतहरीका सिद्धार्थ आउजीले स्वदेशमा काम नपाएपछि परदेश जान लागेको बताए । ‘म गत फागुनमा घर आएको हुँ । अहिलेसम्म बेरोजगार भएर बसेँ । यता काम नपाएपछि फेरि भारत फर्किन लागेको छु,’ उनले भने । दिल्लीको एक होटेलका काम गर्ने सिद्धार्थले बाध्य भएर महामारीका वेला भारत जान लागेको बताए । आफूसँगै काम गर्ने केही साथीभाइ गएको र केही जाने तयारीमा रहेको उनले सुनाए । भारतमा लकडाउन भएपछि कामविहीन भएका नेपाली मातृभूमिमा फर्किन नेपाली नागरिकताको प्रमाणपत्र देखाएर प्रवेशको अनुमति पाएका थिए । तिनै नेपाली ६ महिना नबित्दै कामका लागि भारत जानपाऊँ भन्दै भारतको आधार कार्ड देखाउँदै छन् । 

सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दैनिक औसत एक हजार नेपाली भारत गइरहेका छन् । पछिल्लो समयमा ५० हजार नेपाली भारत गएको प्रहरीको भनाई छ । हुन त लकडाउनयता भारतीय नागरिकलाई मात्रै भारत प्रवेशको अनुमति छ । तर, भारतीय आधार कार्ड भएका नेपाली सहजै गइरहेका छन् भने नभएका विभिन्न उपाय निकालेर नाका कट्ने संघर्षमा छन् । आधार कार्ड भएकालाई मात्र भारत जान दिइने भएकाले जमुनाहा नाकामा आधार कार्ड देखाएको सुर्खेतका नरेन्द्रले बताए । बाँकेका विकास र दैलेखका चेतन पनि आधार कार्ड बोकेर भारत जान लाइनमा बसेका थिए । तर, भारतको कार्ड नभएकाहरूले भने नाकामा दुःख पाइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले आधार र रासन कार्ड भएकालाई भारत जान दिने गरिएको बताए । ‘हामीले सीमा क्षेत्रमा नेपाल–भारत प्रवेशका लागि प्रमाण हेर्छौँ,’ डिएसपी थापाले भने, ‘त्यहीअनुसार जाने–आउने क्रम चलेको छ । तर, कागज नभएका नेपालीले भने दुःख पाएका छन् ।’तपतप पसिना चुहाइरहेका युवा, बालबच्चा बोकिरहेका महिला, उभिँदा–उभिँदा खुट्टा दुखेर घोप्टो परेका बालबालिका ।

यी सबका लागि सबैभन्दा ठूलो शत्रु अब कोरोना होइन, बेरोजगारी हो ।दुःखको कुरा बेरोजगारीसँग लड्न उनीहरू एक्लै छन्, साथमा सरकार छैन । त्यसैले यो विपत्को वेला उनीहरूको यो लावालस्कर भारततिर पलायन भइरहेको छ । भन्न त उनीहरुको भारत जान हिंडेका छन्, तर उनीहरुको असली गन्तव्य के हो, नियती के हो ? आजका दिनमा उनीहरु आफैलाई पनि थाहा छैन । नयाँपत्रीका

प्रतिक्रिया