Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपालमा ९५ प्रतिशत इन्टरनेट प्रयोगकर्तासम्म पुग्ट मिथ्या सूचना, मुख्य स्रोत यूट्यूब

नेपालमा ९५ प्रतिशत इन्टरनेट प्रयोगकर्तासम्म पुग्ट मिथ्या सूचना, मुख्य स्रोत यूट्यूब

नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ताहरूले मिथ्या सूचना प्राप्त गर्ने गरेको एउटा सेर्वेक्षणमा देखिएको छ। सेन्टर फर मिडिया रिसर्च (सीएमआर)  नेपालले गरेको सर्वेक्षणमा सहभागीमध्ये ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले विशेषगरी यूट्युब, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा मिथ्या सूचना हुने गरेको बताएका छन्। 

सेन्टरले सन् २०१९ को नोभेम्बरमा गरेको नेपाल ट्विटर प्रयोगकर्ता सर्वेक्षण २०१९ मा सहभागी प्रयोगकर्ताले दिएको प्रतिक्रियाले यो अवस्था देखाएको हो। 

"नतिजा अचम्मलाग्दो होइन तर लगभग सबैजसो इन्टरनेट प्रयोगकर्तासम्म मिथ्या सूचनाको पहुँच हुनुलाई गम्भीरतापूर्वक हेर्नुपर्ने हुन्छ", सेन्टरका अध्यक्ष ऋषिकेश दाहालले भने, "त्यसैले आम नागरिकहरूलाई मिथ्या र सही सूचना छुट्टाउन सहयोगी हुने किसिमको प्रभावकारी र बहुआयामिक योजना निर्माणका लागि सम्बन्धित सरोकारवालाहरूले ढिलो गर्न हुँदैन।"

मिथ्या सूचनाको स्रोत सामाजिक सञ्जाल

सीएमआरले सर्वेक्षणमा सहभागीमध्ये ९५.५ प्रतिशतले बितेको एक साताको अवधिमा इन्टरनेट प्रयोग गर्दा मिथ्या सूचना भेटेको र सोही समयमा मिथ्या सूचना नभेट्नेहरूको सङ्ख्या नगन्य रहेको जनाएको छ।

सर्वेक्षणमा धेरै नेपालीहरूका लागि मिथ्या सूचनाको प्रमुख स्रोत यूट्यूब रहेको देखिएको छ। मिथ्या सूचना प्राप्त गर्नेमध्ये ८५.६ प्रतिशतले यूट्यूबमा गलत सूचना देखेको बताए। यो तथ्यले ‘नेपालमा यूट्यूब चलाउनेहरूले आफ्नो च्यानललाई चर्चित बनाएर पैसा कमाउन विषयलाई बढाइचढाइ गर्ने र मिथ्या सूचनासमेत दिन्छन्’ भनेर लाग्ने गरेको आरोपलाई सर्वेक्षणले केही हदसम्म पुष्टि गरेको सेन्टरको दाबी छ।

यूट्यूबपछि फेसबुक र ट्विटरबाट पनि मिथ्या सूचना फैलिने गरेको सर्वेक्षणले देखाएको छ। दुई तिहाइभन्दा धेरैले फेसबुक र आधाभन्दा बढीले ट्विटरबाट मिथ्या सूचना प्राप्त गरेको बताए सेन्टरले सीएमआरले जनाएको छ। १७ प्रतिशतले भने अन्य वेबसाइटबाट र एकदमै थोरैले पत्रपत्रिकाबाट मिथ्या सूचना प्राप्त गरेको बताएका छन्।
 

प्रतिक्रिया