Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्राधिकरणमा कुलमानका ४ वर्ष

प्राधिकरणमा कुलमानका ४ वर्ष

 २०७३ भदौ २९ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएपछि सञ्चारमाध्यम र त्यसको केही समयमै सामाजिक सञ्जालमा निरन्तर चासोमा रहेका कुलमान घिसिङ कार्यकालको अन्तिम दिनसम्म पनि उत्तिकै चर्चामा रहे । सार्वजनिक वृत्तमा हुने घिसिङको चर्चाका कारण राजनीतिक नेतृत्व र सरकारी उच्च ओहदामा रहनेहरूले उनलाई प्रचारमुखी भएको आरोप लगाइरहे । कार्यकारी निर्देशकका रूपमा मंगलबार अन्तिम दिन प्राधिकरणमा बिताउँदा घिसिङले आफूमाथि लाग्दै आएको आरोपबारे बोले । ‘मलाई प्रचारमुखी भयो भन्ने आरोप लाग्ने गरेको छ । तर म प्रचारमुखी भएको होइन, मिडियाले प्राधिकरणबारे चासो राखेका हुन्,’ आफ्नो बिदाइमा सहभागी प्राधिकरणका पदाधिकारी र कर्मचारीसामु उनले भने । 

कार्यकाल सकिनु केही साताअघिदेखि नै उनलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍याउनुपर्ने माग सामाजिक सञ्जालमा उठिरहेको थियो । कार्यकारी निर्देशक नियुक्त भएकै वर्ष काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गरेपछि वाहवाही कमाएका घिसिङले ०७५ वैशाखदेखि सबै क्षेत्रमा लोडसेडिङ अन्त्यको घोषणा गर्न सफल भए । घिसिङ कार्यकारी निर्देशक नियुक्त हुने वर्षमा सुक्खायाममा १८ घण्टासम्म पनि लोडसेडिङ गर्नुपर्ने अवस्था थियो ।

सर्वसाधारणको चर्को दबाबपछि पनि प्राधिकरणमा कार्यकाल दोहोर्‍याउने अवसर नपाएका घिसिङलाई आफूमाथि लाग्दै आएको ‘प्रचारमुखी’ भएको आरोप नै राजनीतिक नेतृत्व चिढिनुको कारण बन्यो । ‘व्यक्तिको लोकप्रियतासँग सरकार नै चिढिएको छ,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो । सार्वजनिक वृत्तमा चर्चा र राजनीतिक नेतृत्वबाट आलोचनाबीच पनि चारवर्षे कार्यकालमा उनले प्राधिकरणमा केही देखिने उपलब्धि हासिल गराएका छन्, जसलाई उनले आफ्नो अन्तिम दिन सहकर्मीमाझ सुनाए । विद्युत् व्यवस्थापनसंगै घिसिङको अर्को उपलब्धि प्राधिकरणको वित्तीय अवस्था पनि हो । चार वर्षअघि करिब ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण गत वर्ष सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने कार्यालय बनेको थियो । चार वर्षअघि प्रणालीमा रहेको करिब २६ प्रतिशत विद्युत् चुहावटलाई १५ प्रतिशतमा झार्नु घिसिङ कार्यकालको अर्को उपलब्धि हो ।

घिसिङलाई विरोधीले भारतबाट विद्युत् आयात गरी लोडसडिङ अन्त्य गरेको आरोप पनि लगाउने गरेका छन् । उनले आफूमाथि लाग्ने आरोपबारे पनि जवाफ दिए् । ‘विद्युत् खपत ७५ प्रतिशत बढेको छ,’ उनले भने, ‘तर भारतबाट आयात हुने विद्युत् हिस्सा घटेको छ ।’ गत आर्थिक वर्षमा नेपालमा कुल खपतको २२ प्रतिशत हिस्सा विद्युत् मात्रै आयात भएको र आयातको ६ प्रतिशत विद्युत् भारत निर्यात गरिएको उनले बताए ।

काठमाडौं उपत्यकामा भूमिगत तार बिछ्याउने, पोलरहित बनाउने, स्मार्ट मिटर जडान र ग्रिडलाई स्वचालित गर्ने कामको थालनी पनि घिसिङको पालामा सुरु भएका हुन् । तर उनको कार्यकालमा यी सबै कामले पूर्णता भने पाएनन् । ६० मेगावाटको त्रिशूली थ्रीए, चमेलिया र कुलेखानी–३ जस्ता रुग्ण आयोजना सम्पन्न गराए । घिसिङले आफ्नो कार्यकालमा पनि ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना भने पूरा भएन । निर्माण सकिने अन्तिम चरणमा रहेको आयोजना कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय विज्ञहरू उपस्थित हुन नसक्दा परीक्षणमा जान पाएको छैन ।

प्राधिकरणले भविष्यमा हुने खपतलाई ध्यानमा राखेर ठूला र जलाशययुक्त आयोजना बनाउनुपर्नेमा त्यसतर्फ ध्यान नदिएको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । उनको कार्यकालमा ६ सय ३५ मेगावाटको दूधकोसी, १ हजार ६० मेगावाटको माथिल्लो अरुण जस्ता आयोजना वित्तीय स्रोत जुटाउने चरणमा भए पनि तिनले मूर्तता पाएका छैनन् ।

घिसिङ कार्यकारी निर्देशक बनेलगत्तै पूरा भएको ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनलाई ४ सय केभीमा स्तरोन्नति गर्ने योजना पूरा भएन । दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यु बुटवल–गोरखपुरका लागि लगानी ढाँचा तयार भएको छ । प्रसारण लाइन निर्माणका लागि प्राधिकरण र भारतीय सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटीको संयुक्त स्वामित्वको कम्पनी स्थापनाको क्रममा छ ।

घिसिङ कार्यकालको अर्को उपलब्धि हो— बिहार, उत्तरप्रदेश र उत्तराखण्डका भारतीय राज्यबाट ल्याउने विद्युत्का लागि विद्युत् आदानप्रदान समितिको बैठकको निरन्तरता । २०११ देखि यो समितिको बैठक नबस्दा हरेक वर्ष विद्युत् महसुल ५ प्रतिशतका दरले वृद्धि हुँदै आएको थियो । तर सन् २०१७ देखि हरेक वर्ष समितिको बैठक बस्न थालेपछि भारतबाट आयात हुने विद्युत् महसुल बढेको छैन ।

यी सबै उपलब्धिका बावजुद पनि उनको कार्यकाल विवादमुक्त भने रहेन । कार्यकालको अन्तिम समयतिर आएर उनले डेडिकेटेड र ट्रंक महसुल विवादको सामना गर्नुपर्‍यो । प्राधिकरणले लोडसेडिङका बेला उद्योगहरूलाई महँगो शुल्क लिएर डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन एक्कासि पत्र पठाएको भन्दै उद्योगीहरू घिसिङप्रति असन्तुष्ट बने । उनलाई यो विषय समयमै टुंगो लगाउन नसकेको आरोप पनि लाग्यो ।

सार्वजनिक छवि सकारात्मक बनाए पनि उनलाई कर्मचारीप्रति निर्मम बनेको आरोप पनि छ । प्राधिकरणका कर्मचारी युनियनका पदाधिकारीहरूले नियमित हाजिरी गर्नुपर्ने पद्धति बसालेपछि उनीसँग कर्मचारी नेता पनि रुष्ट थिए । घिसिङलाई लोकप्रियताको आडमा राजनीतिक नेतृत्वलाई नेटेर्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेर घिसिङले राजनीतिक नेतृत्वको कुरा नसुनेको, सरकारको योजनाअन्तर्गत भएका कामको जस पनि आफैं लिएको भन्दै असन्तुष्टि जनाएका थिए । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको इच्छा घिसिङलाई नै दोहोर्‍याउने भए पनि पुनले पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लगेनन् । बरु घिसिङको कार्यकाल सकिएपछि निमित्त कार्यकारी निर्देशकका रूपमा लेखनाथ कोइरालालाई नियुक्त गरिएको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा पुनले मंगलबार कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले बताए । कान्तिपुर 

प्रतिक्रिया