Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बैतडीका २६ वर्षीय नरेशले बनाए ‘मिनी एफएम ट्रार्समिटर’

बैतडीका २६ वर्षीय नरेशले बनाए ‘मिनी एफएम ट्रार्समिटर’

बैतडीका एक युवाले एफएममा प्रयोग हुने  ‘मिनी एफएम ट्रार्समिटर’ बनाएका छन् । बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ कफलीखाडका २६ बर्षिय नरेश विश्वकर्माले ८८.४ मिटर ब्यान्डको मिनि एफएम ट्रार्समिटर बनाएका हुन । सानै उमेरमा यस्ता कार्यमा इच्छुक हुने विकले अहिले आफ्नै घरमा मिनी एफएम ट्रार्समिटर  बनाएका छन् । सानै उमेरमा रेडियोमा मानिस कसरी बोल्छन् होला भन्ने कौतुहलता उनमा पनि थियो ।

 के साच्चिँकै रेडियो भित्र नै गएर बोल्नछन होला त भन्ने जिज्ञासा उनको मनमा पनि खेलिरन्थ्यो । उनी सानै उमेर देखि यस्ता प्राविधिक कुरामा लागि रहन्थे । दिनमा स्कुल जाने र साँझ बिहान बिग्रेका  रेडियो,मोबाइल समेत बनाउने गर्दथे।

तेहि इच्छालाई व्यवहारमा उर्तान रेडियोमा केहि समय  प्राविधिकको काम समेत गरे । घरको आर्थिक अवस्था कमजोर भएकै कारणले आफ्नो जीवन निर्वाहको लागि वैदेशिक यात्रा गर्न बाध्य भए ।

नेपालमा केहि नहुने जस्तो लागेर विदेशमा लामो समय बिताउने र धेरै पैसा कमाउने लोभमा दुवै गएका नरेश छोटो समयमै नेपाल फर्के । सञ्चार क्षेत्रमा रुचि राख्ने उनी सुदूरपश्चिमका बिभिन्न रेडियोमा ४-५ वर्ष सम्म समेत समय बिताई सकेका छन्  ।अहिले देशनै कोरोनाका कारण  लकडाउनमा छ । यही मौका छोपी करिब २ सय मिटर जति टाढा सुन्न सकिने ८८.४ मिटर ब्यान्डको  आबिसकार गरेका छन् ।

लामो अनुभव र अनुसन्धान पछि नरेशले अहिले ट्रार्समिटर बनाउन सफल भएको बताउँदै आएका छन्। ‘पाँच वर्ष सम्म रेडियोमै काम गर्दाको अनुभवलाई केहि गरेर देखाउनुपर्छ भन्ने सोचले करिब  साढे ७ हजारको लगानीमा एउटा सानो मिनी ट्रार्समिटर बनाएको छु , विकले भने,‘अहिले एउटा नमुना मात्रै बनाएको हुँ भविष्यमा रेडियो मै प्रयोग गर्न सकिने ट्रार्समिटर पनि बनाउन सक्छु ।’ गाउँघरमा भनेको सामान पाउँदैन, चाहिने जति सामानको व्यवस्था भए सजिलै बनाउन सकिने उनी बताउँछ ।

यो भन्दा ठुलो क्षमता भएको ट्रान्समिटर बनाउन धेरे खर्च लाग्ने भएकाले आर्थिक अभावकै कारण पनि आफ्नो प्रतिभा बाहिर ल्याउन सफल भएको उनले बताए । यस्तै अर्को प्रोजेक्ट आबिस्करका लागी  आफू अनुसन्धान गरिरहेकोले छिट्टै नै अर्को प्रोजेक्ट बनाउने उनले भनाई छ ।यसमा प्रदेश सरकार, स्थानीय तहले आफूमा भएको सिपलाई प्रोत्साहन गरी अगाडी बढाउन सके स्वदेशमै स्वरोजगार बन्न सकिने उनको दाबी छ । धनगढी खबर  

प्रतिक्रिया