Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

क्लिन फिड एक महिनाभित्र लागू हुने : उपकरण आयात गर्न व्यवसायीलाई अनुमति

क्लिन फिड एक महिनाभित्र लागू हुने : उपकरण आयात गर्न व्यवसायीलाई अनुमति

सरकारले कात्तिक ८ गतेबाट क्लिन फिड लागू गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाएको छ। संसदबाट क्लिन फिड ऐन पारित भएपनि सरकारले समयमै तयारी अघि नबढाएको भनी सरोकारवालाले असन्तुष्टि जनाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सक्रियता देखाएको हो।

सन्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले क्लिन फिडबारे चासो व्यक्त गरेपछि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको छ। मन्त्रालयमा भएको छलफलमा क्लिन फिड लागू गर्ने बारेमा प्राविधिक र अन्य तयारीका विषयमा दुवै पक्ष सहमत भएको सन्चार सचिव हरि बस्यालले बताए।

सचिव बस्यालले निर्धारित मितिमा क्लिन फिड पूर्ण रुपमा लागू गर्न सरकार तयार रहेको बताए। उनले भने, ‘मन्त्रालयमा भएको छलफल सकारात्मक छ। सरकार क्लिन फिड सम्बन्धी ऐन कार्यन्वयन गर्न र विज्ञापन बोर्ड गठन गर्न तयार छ। सरोकारवालाहरुले पनि क्लिन फिड लगाउन सकिन्छ भन्नुभएको छ।’

उनका अनुसार सरकारले ऐन कार्यान्वयनका लागि नियमावलीसमेत बनाइरहेको छ। यसबीचमा विज्ञापन बोर्ड पनि गठन हुने तर बोर्ड गठन नभएपनि क्लिन फिड लागू गर्न समस्या नरहेको बताए।

मन्त्रालयमा भएको छलफलमा विदेशी च्यानल वितरक तथा सेवादायकहरुले कात्तिक ८ गतेदेखि क्लिन फिड लागू हुनुपर्नेमा सरकारलेनै समयमा तयारी नगरेको विषयमा ध्यानाकर्षण गराएको मेगा म्याक्स टिभी प्रालिका उपाध्यक्ष ध्रुव शर्माले बताए। क्लिनफिड पूर्ण रुपमा लागू गराउन विदेशी तथा नेपाली अवैध ओडिटी एप्सहरु बन्द गराइनुपर्ने मागसमेत छलफलमा सरोकारवालाले राखेको शर्माले जानकारी  दिए।

यतिबेलासम्म क्लिन फिड लागू गर्नका लागि आवश्यक उपकरणहरु ल्याइसक्नुपर्नेमा सरकारले अनुमति नदिँदा ढिला भएको डिजिटल सिस्टम अफ नेपालका निर्देशक शिव निरौलाले बताए। डिभाइस उपकरण जति चाँडो ल्याउन सकियो त्यतिनै क्लिन फिड निर्धारित समयमा लागू गर्न सकिने उनले बताए।  

क्लिन फिड लगाइने डिभाइस चाँडो आएको खण्डमा सरकारले पूर्व तयारी तथा अनुगमन गर्न समय पाउने र व्यवसायीले पनि समयमै काम सम्पन्न गर्न सक्ने निरौलाले बताए।
सचिव बस्यालले भने चार पाँच दिनभित्रै च्यानल वितरकहरुले क्लिन फिड लागू गर्न लिखित प्रतिबद्धता जनाउने सहमति भएको र उपकरण आयातका लागि मन्त्रालयले विभागमार्फत अनुमति दिने प्रष्ट पारे। उपकरणका कारण क्लिन फिड लागू गर्न नसक्ने अवस्था आउन नदिइने सचिव बस्यालले बताए।

क्लिन फिड सम्बन्धी विज्ञापन ऐन संसदको गत हिउँदे अधिवेशनबाट पारित भएको थियो। सो ऐन कार्यन्वयन कात्तिक ८ गतेबाट हुनुपर्नेछ। ऐन पारित हुने बेला विदेशी च्यानल वितरकहरुले विरोध गरेपनि अहिले उनीहरुनै ऐन कार्यन्वयनका लागि अग्रसर भएका छन्।

क्लिन फिडमा जानका लागि सहमति जनाउँदै विदेशी सशुल्क च्यानलहरुले पनि सूचना तथा प्रसारण विभागमा पत्र पठाइसकेका छन्। साउनदेखि नविकरण गर्दा सरकारले तोकेको मितिमा क्लिन फिड लागू गर्ने प्रतिबिद्धतासहित उनीहरुले डाउनलिंक अनुमतिपत्रसमेत लिइसकेका छन्।

के हो क्लिनफिड ?

नेपालमा प्रसारित विदेशी च्यानल विज्ञापनरहित (क्लिनफिड) अनिवार्य हुने प्रावधानसहित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको क्रममा छ। २०७५ चैत १० गते राष्ट्रिय सभाबाट पारित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ को दफा ६ (१) मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने भनी उल्लेख छ।

त्यस्तै उपदफा (२) मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा ‘डबिङ’ गरी प्रसारण गर्न नपाइने उल्लेख छ। ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलले नेपालमा विज्ञापनरहित प्रसारण (क्लिन फिड) नीति अवलम्बन गर्नुपर्नेछ साथै ‘डबिङ’ विदेशी विज्ञापन पनि नेपाली च्यानलमा प्रसारण हुन पाउने छैनन्। यसको अर्थ विदेशी च्यानलमा अहिले बज्दै आएको विज्ञापनमा रोक लाग्नेछ। अर्कोतर्फ विदेशी मल्टिनेसनल कम्पनीले विज्ञापन दिन चाहेमा नेपालमै डबिङ गराउनुपर्नेछ।

प्रतिक्रिया