Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बैतडीमा दादुरा रुबेलाका बिरामी भेटिए

बैतडीमा दादुरा रुबेलाका बिरामी भेटिए

जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलाको रोग देखापरेको छ ।

पाटन र दशरथचन्द नगरपालिकामा ती रोगका बिरामी देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । उनका अनुसार दशरथचन्द–२ का २ वर्षीय बालकमा रुबेला, पाटन–४ का ४ वर्षीय बालक र दशरथचन्द नगरपालिका ६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको हो  ।

दादुरा रुबेला देखिएका दुवै ठाउँमा स्वास्थ्यकर्मीले उच्च सतर्कता साथ उपचार गरिरहेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । उनले भने, “दादुरा रुबेला देखिएका ठाउँका अन्य बालबालिकाहरुमा पनि यस्तो लक्षण देखिए नदेखिएका बारेमा स्वास्थ्यकर्मीहरुले अध्ययन गरिरहेका छन् ।” 

दादुरा रुबेलाको सङ्क्रमण देखिएका तीनै जनाले यसअघि खोप भने लगाएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लगाएर पनि दादुरा रुबेला सङ्क्रमण देखिएकाले यसको विषयमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने, “के कति कारणले उक्त रोगको सङ्क्रमण देखियो अध्ययनकै क्रममा छौँ, अहिले नै कसरी भयो भनेर भन्न सकिने अवस्था छैन ।”

अहिले जिल्लामा तीन जनामा मात्रै दादुरा रुबेलाको सङ्क्रमण देखिएकाले आत्तिहाल्नुपर्ने अवस्था नआएको तर सतर्क रहनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । बालबालिकाहरुलाई दादुरा रुबेला रोगबाट बचाउन लागि बच्चा जन्मेको नौ महिनामा पहिलोपटक र १५ महिनामा दोस्रोपटक दादुरा रुबेला खोप लगाउने गरिन्छ । दादुरा भएमा शरीरमा बिमिरा आउने, उच्च ज्वरो आउने, नाकबाट सिङ्गान बग्ने, खोकी लाग्ने लगायतका लक्षण देखापर्ने गरेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो । सङ्क्रमित व्यक्तिको सम्पर्क भएको १०–१२ दिनपछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने वा आँसु बग्ने र रोगीको गालाको भित्री भागमा मसिना सेतो दाग देखापर्छ । 

यससँगै केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका बिमिरा देखापर्छन् । ती बिमिरा करीब तीन दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी बिमिरा पाँच–छ दिनसम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया सो रोगको जीवाणु शरीरमा प्रवेश गरेको सातदेखि १८ दिनभित्रमा लक्षण देखिन थाल्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया