Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २४ चैत २०८१
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै बैद्यनाथ पर्यटन बोर्डका निर्वतमान कार्यसमितीको बिदाई र नव नियूक्त कार्यसमितीको स्वागत बैद्यनाथ पर्यटन बोर्डका निर्वतमान कार्यसमितीको बिदाई र नव नियूक्त कार्यसमितीको स्वागत स्थानिय सेवा कानुन जारीका लागि साँफेबगर नगरपालिकाद्धारा प्रदेस सरकारको ध्यानाकर्षण स्थानिय सेवा कानुन जारीका लागि साँफेबगर नगरपालिकाद्धारा प्रदेस सरकारको ध्यानाकर्षण नवजात शिशु बिक्री गरेको आरोपमा पाटन अस्पतालकी नर्स पक्राउ नवजात शिशु बिक्री गरेको आरोपमा पाटन अस्पतालकी नर्स पक्राउ नेकपा एस निकट अनेरास्वीयु द्धारा अछामको जनता बहुमुखी क्याम्पसमा तालाबन्दी नेकपा एस निकट अनेरास्वीयु द्धारा अछामको जनता बहुमुखी क्याम्पसमा तालाबन्दी सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न महासंघले बनायो समिति सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न महासंघले बनायो समिति अडियो  बाहिरिएपछी सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा अडियो बाहिरिएपछी सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा साँफेबगरमा पत्रकार हत्या र सञ्चारमाध्यम माथिको आक्रमण विरूद्ध  प्रदर्शन साँफेबगरमा पत्रकार हत्या र सञ्चारमाध्यम माथिको आक्रमण विरूद्ध प्रदर्शन

अब सडकमा ता’गत देखाउनुको विकल्प छैन : कांग्रेस

अब सडकमा ता’गत देखाउनुको विकल्प छैन : कांग्रेस

काठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले कोरोना भाइरस संक्रमण जोखिम कम गरी जनताको जीवन सहज बनाउन सरकार अकर्म’ण्य बन्दै गएकाले आन्दोलनको विकल्प नभएको बताएका छन्। सरकारलाई पारदर्शी र उत्तरदायी बनाउन पनि सदन र सडकबाट बल पुग्ने गरी आन्दोलन गर्नुपर्ने उनीहरुको भनाइ छ।

जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रले बुधबार आयोजना गरेको छलफलमा कांग्रेस पूर्वमहामन्त्री सिटौलाले महामारीको सबैभन्दा बढी असर जनस्तरमा परेकाले त्यहींबाट अभियान थाल्नुपर्ने बताए। उनले भने, ‘जनस्तरको समस्या के हो, सम्बन्धित सरकारसमक्ष लैजाने जिम्मेवारी हाम्रो हो। महामारीले सबैभन्दा बढी असर जनस्तरमा परेकाले हामी त्यहाँ नपुगी हुँदैन।’ 

भारत र अन्य देशबाट वैदेशिक रोजगारीबाट फर्किएका समुदाय र ज्यालादारीमा काम गरिरहेका नागरिकसम्म दृष्टि पुर्याएर अभियान थाल्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘त्यहींबाट संगठन पनि परिचालन गर्नुपर्छ। शक्ति निर्माण गर्नुपर्छ। श्रमिक र किसानलाई लाभान्वित हुने कार्यक्रम बनाएर जानुपर्छ।’ 

उनले संविधानले व्यवस्था गरेका मौलिक हक राज्यले प्रचलनमा ल्याएको छ छैन भन्नेमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिए। सिटाैलाले भने, ‘अब नयाँ जागरण आवश्यक छ। हामी पुरानै शैलीबाट जनताको विश्वास लिन सक्दैनौं। राजनीतिक व्यवस्था लोकतान्त्रिक समाजवादमा रुपान्तरण गरेका छौं। तर हाम्रो शैली सामन्ती छ। यसलाई अन्त्य गर्नुपर्छ।’ उनले लोकतान्त्रिक मूल्यमान्यता र व्यक्तिगत स्वतन्त्रतामा आधारित संवैधानिक प्रावधानलाई सरकारले कागजको खोस्टो बनाउन खोजेकाले त्यसविरुद्ध सजग हुनुपर्ने बताए।

अर्का नेता गगन थापाले कोभिड नियन्त्रणमा सरकार चुकेसकेकाले सडकमा तागत देखाउनुको विकल्प नभएको बताए। उनले भने, ‘संघ र प्रदेश संसदबाट आवाज बुलन्द गरौं। सुरक्षित रुपमा सडकमा दबाब सिर्जना गर्नुपर्छ। संसदमा रहेको अपूर्णता सडकबाट पूरा गर्नुपर्छ।’ 

उनले अहिलेको संकटपूर्ण अवस्थामा राजनीतिक दल हुनुको दायित्व पूरा गर्न पार्टीले सामाजिक अभियान सञ्चालन गर्नुपर्ने बताए। उनले भने, ‘मान्छेको जीवन र ज्यानसँग जोडिएको विषय छ। जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गरेर सडकमा उत्रिऔं।’

केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस सडकमा पनि नहुने, सत्तामा पनि नहुने तर जनता समस्यामा परिरहने अवस्था अन्त्य गर्न सडक आन्दोलनको विकल्प नभएको बताए। उनले भने, ‘ज्ञापनपत्र बुझाएर केही हुने वाला छैन। कांग्रेस आफ्नो माग पूरा नभएसम्म सडकबाट फर्कंदैन भन्ने बोध सरकारलाई हुने गरी आन्दोलन गर्नुपर्यो।’

कोभिडसँग लड्ने संयन्त्र व्यवस्थित बनाउन, सरकारमा बस्नेको अहंकार अन्त्य गर्न र ज्यादतीविरुद्ध अब सडकमा जानुको विकल्प नभएको उनको भनाइ छ। उनले संक्रमण व्यवस्थापन गर्न कुनै पनि प्रादेशिक सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको बताए। उनले भने, ‘कोरोना भाइरस संक्रमण जोखिम कम गर्न संघीय सरकारले काम गरेन नै, आवश्यक स्रोतसाधन भएर पनि प्रादेशिक सरकार काबिल भएनन्।’

उनले क्वारेन्टिनमा आवश्यक कुनै पूर्वाधार नरहेको बताए। पौडेलले भने, ‘सुत्नका लागि ओछ्यान छैन। खाना घरबाट मगाउनुपर्नेछ। समुदायसित प्रत्यक्ष जोडिएपछि भौतिक दुरी कायम हुन्छ? पानी छैन, कसरी हात धुने? असुरक्षा छ। बलात्कार छ।’ 

उनले सरकार आफैंले कोरोना फैलाउन खोजिरहेको बताए। उनले भने, एक घरको एक परीक्षण गर्नुपर्नेमा क्वारेन्टिनमा बसेकाको स्वास्थ्य परीक्षण गरेको छैन।

अर्का केन्द्रीय सदस्य उमाकान्त चौधरीले लकडाउन गरेर सरकारले नागरिकलाई थुने पनि पूर्वतयारी र व्यवस्थापन गर्न नसकेको बताए। देशभरका क्वारिन्टन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप नरहेको उनको भनाइ छ। उनले व्यावसायिक सेनालाई व्यापारमा संलग्न गराई भ्रष्टाचार ढाकछोप गरेको आरोप लगाए।

कोरोनाबाहेक अन्य रोगका बिरामीको उपचार हुन छाडेकाले यसबारे सरकार गम्भीर बन्नुपर्ने उनले बताए। सरकारका गतिविधि हेरेर युवा स्वतः सडकमा उत्रिएकाले उनीहरुलाई नेतृत्वले साथ दिनुपर्ने नेता चौधरीले बताए।

उनले भने, ‘कांग्रेसको उपस्थिति अब सदनमा मात्र भएर हुँदैन, जनताको दुःखकष्ट अन्त्यका लागि ठोस कार्यक्रम ल्याएर सडकमा उत्रनुपर्छ। सरकारलाई खबरदारी, पारदर्शी र जबाफदेही बनाउन कडाभन्दा कडा आन्दोलन गर्नुपर्छ।’

नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिना, अर्का महामन्त्री युवराज पाण्डे, कांग्रेस केन्द्रीय शिवप्रसाद हुमागाईंलगायतले सरकार नागरिकको जीवनप्रति अकर्मण्य बन्दै गएकाले त्यसको प्रतिकारमा जनस्तरबाटै उठ्नुपर्ने बताएका नेपाल समयमा खबर छ।

प्रतिक्रिया