Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपालको मिडिया क्षेत्रको २० अर्ब बढी लगानी जोखिममा - विज्ञापन बजार सुक्दै

नेपालको मिडिया क्षेत्रको २० अर्ब बढी लगानी जोखिममा - विज्ञापन बजार सुक्दै

मुलुकको मिडिया क्षेत्रमा २० अर्बभन्दा बढी लगानी रहेको र पछिल्लो समय विज्ञापन बजार सुक्दै जाँदा यो क्षेत्र संकटमा परेको सरोकारवालाहरूले बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्र्यक्रममा दिइएको जानकारीअनुसार नेपालको मिडिया क्षेत्रमा २० अर्ब रुपैयाँभन्दा बढी लगानी छ भने पछिल्लो समय यसमा लगानी थपिने क्रम जरुरी छ ।

यस्तै, नेपालमा वार्षिक १२ अर्बको विज्ञापनको कारोबार हुने मिडिया सञ्चालकहरूले बताएका छन् । यसलाई व्यवस्थित गर्न सकिए वार्षिक २५ अर्बको विज्ञापन कारोबार हुने अवस्था रहेको एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले बताए ।

सञ्चार उद्यमी संगठित र व्यवस्थित हुन सके तीन वर्षभित्रमा यो लक्ष्य प्राप्त गर्ने उनको भनाइ छ । उनका अनुसार सञ्चार उद्योगलाई सेवा उद्योगको मान्यता दिनुपर्ने यसको पहिलो शर्त हो ।यसैबीच, निजी क्षेत्रका मिडिया सञ्चालकहरूले नयाँ संस्था स्थापना गरेका छन् । सञ्चार क्षेत्रमा थपिएका चुनौती तथा लगानीको संरक्षणका लागि भन्दै ‘मिडिया एलाइन्स नेपाल’ नामक संस्था स्थापना भएको छ । विभिन्न दैनिक पत्रिका तथा टेलिभिजन उद्यमीहरूको भेलाले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त संस्थाको तदर्थ समिति सार्वजनिक गरेको हो ।

‘मिडिया एलाइन्स नेपाल’को अध्यक्षमा एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार रहेका छन् । नौ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा राजधानी न्यूज पब्लिकेशन प्रालिका अध्यक्ष महेन्द्र शेरचन, माउन्टेन टेलिभिजनका अध्यक्ष राजु कँडेल छन् भने महासचिवमा इमेज च्यानल प्रालिका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाईँ र कोषाध्यक्षमा हिमालय टाइम्सका उज्ज्वल शर्मालाई चयन गरिएको जनाइएको छ । यस्तै, सदस्यमा जनता प्रकाशन तथा प्रसारण लिमिटेडका अध्यक्ष डा। विजय पौडेल, प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला, एपीवान टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र शाक्य र नेपाल रिपब्लिक मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली रहेका छन् । संस्थाको सल्लाहकारमा क्या। रामेश्वर थापा र विनोदराज ज्ञवाली रहेका छन् ।

कार्यक्रममा अध्यक्ष राजकर्णिकारले मिडिया क्षेत्रको विकास र विस्तारका लागि विशुद्ध व्यावसायिक हिसाबले संस्था गठन गरिएको बताए । “लगानीकर्ताले घर बेचेर लगानी गर्ने तथा श्रमजीवी पत्रकारले जीवनभर श्रमको लगानी गर्दा पनि मिडिया क्षेत्र समृद्ध हुन सकेन,” अध्यक्ष राजकर्णिकारले भने, “त्यसकारण मिडियाको विकास र व्यवसायिकताका लागि संस्थाको स्थापना गर्नुपरेको हो ।” उनका अनुसार लामो यात्रा तय गरे पनि मिडिया उद्योग अझै व्यावसायिक बन्न सकेका छैनन् ।

सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा सञ्चार उद्यमी र कार्यरत पत्रकार, कर्मचारी तथा कामदारको हकहित संरक्षण, मिडियामा देखापरेका समस्याको एकीकृत समाधान, तटस्थ, निष्पक्ष र जनउरदायी सूचना सम्प्रेषण तथा गुणस्तरीय समाजको निर्माणमा एलाइन्स सक्रीय हुने जनाइएको छ । संस्थामा आवद्ध हुनका लागि भने रेडियोका हकमा एक–एक हजार वाट क्षमता भएको हुनुपर्ने र टेलिभिजनका हकमा स्याटेलाइटमा गएको हुनुपर्ने छ ।

त्यस्तै पत्रिकाको हकमा राष्ट्रिय दैनिक पत्रिका हुनुपर्ने जनाइएको छ । पत्रकार सम्मेलनमार्फत मिडिया एलाइन्स नेपालले विभिन्न ३० बुँदे आफ्ना उद्देश्यहरू सार्वजनिक गर्दैे, सञ्चारसम्बन्धी नीति तथा कानून निर्माणमा सञ्चार उद्यमीको हकहित संरक्षणमा पहल गर्ने जनाइएको छ । मिडिया सञ्चालकहरूको यो दोस्रो संस्था हो । मिडिया सोसाइटी नेपाल यसअघिदेखिनै सक्रिय छ ।

प्रतिक्रिया