Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

२५ वर्षदेखि तुइनकै सहारामा नदी वारपार

२५ वर्षदेखि तुइनकै सहारामा नदी वारपार

२०७२ सालमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त गर्ने घोषणा गरे । असोज महिनामा मन्त्रिपरिषदबाटै तुइनमुक्त गर्ने पहिलो निर्णय गराए ।

तर, प्रधानमन्त्रीको घोषणा र सरकारको उक्त निर्णय भएको ५ वर्ष पुगिसक्दा पनि जाजरकोटका नागरिकहरु तुइनबाटै नदी वारपार गर्न बाध्य छन् । जाजरकोटको शिवालय गाउँपालिका र छेडागाड नगरपालिकाका नागरिकहरु वर्षौंदेखि तुइनकै सहारामा छेडागाड खोला वारपार गर्दै आएका छन् । 

पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट छेडागाड नदी तरेर छेडागाड नगरपालिकाको कार्कीगाउँ जानका लागि शिवालयकै सालतडा र बालुवामा नागरिकहरुले जोखिम मोलेर तुइनबाट वारपार गर्छन् ।

नजिकै पुल नहुँदा तुइनकै सहारामा छेडागाड तर्नु परेको जाजरकोटको शिवालय गाउँपालिका-१ का कालीबहादुर पुनको गुनासो छ । झोलुङ्गे पुलको लागि पटक-पटक माग गरे पनि सुनुवाइ हुन नसक्दा जोखिम मोलेरै तुइनबाट वारपार गर्नुपरेको उनले बताए ।

यहाँ २५ वर्षअघि तुइन बनाइएको हो । त्यसअघि बर्षातमा अझै जोखिम मोलेर डुङ्गा, चिन्डालगायतका साधनबाट नदी तर्ने गरेको छेडागाड नगरपालिका-१२ कार्की गाउँका रामबहादुर खत्रीले बताए ।

‘ वर्षातको समयमा पाँच घण्टा टाढा मोर्क गएर झोलुङ्गे पुल तर्ने गर्थ्यौं,’ खत्रीले भने,’चिन्डा, नाउ (डुङ्गा) लगायत साधनबाट यात्रा गर्दा धेरैले अकालमा ज्यान गुमाए । २५ वर्षअघि तुइन बनेपछि जोखिम भए पनि केही सहज त भएको तर महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई तुइन तर्न निकै सकस हुन्छ ।’

तुइन तरेरै जिन्दगी बित्न थालेको स्थानीयवासीको भनाइ छ । पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको उनीहरुको गुनासो छ ।

पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा समय लाग्छ । त्यो पनि जोखिमपूर्ण भिरको बाटो छ । उक्त अप्ठेरो बाटोबाट लडेर कतिको ज्यानसमेत गइसकेको छ । अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनुभन्दा जोखिमपूर्ण तुइनकै सहायता लिनु जाति भएको स्थानीयवासी बताउँछन् । रासस

 

प्रतिक्रिया