Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

२५ वर्षदेखि तुइनकै सहारामा नदी वारपार

२५ वर्षदेखि तुइनकै सहारामा नदी वारपार

२०७२ सालमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त गर्ने घोषणा गरे । असोज महिनामा मन्त्रिपरिषदबाटै तुइनमुक्त गर्ने पहिलो निर्णय गराए ।

तर, प्रधानमन्त्रीको घोषणा र सरकारको उक्त निर्णय भएको ५ वर्ष पुगिसक्दा पनि जाजरकोटका नागरिकहरु तुइनबाटै नदी वारपार गर्न बाध्य छन् । जाजरकोटको शिवालय गाउँपालिका र छेडागाड नगरपालिकाका नागरिकहरु वर्षौंदेखि तुइनकै सहारामा छेडागाड खोला वारपार गर्दै आएका छन् । 

पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट छेडागाड नदी तरेर छेडागाड नगरपालिकाको कार्कीगाउँ जानका लागि शिवालयकै सालतडा र बालुवामा नागरिकहरुले जोखिम मोलेर तुइनबाट वारपार गर्छन् ।

नजिकै पुल नहुँदा तुइनकै सहारामा छेडागाड तर्नु परेको जाजरकोटको शिवालय गाउँपालिका-१ का कालीबहादुर पुनको गुनासो छ । झोलुङ्गे पुलको लागि पटक-पटक माग गरे पनि सुनुवाइ हुन नसक्दा जोखिम मोलेरै तुइनबाट वारपार गर्नुपरेको उनले बताए ।

यहाँ २५ वर्षअघि तुइन बनाइएको हो । त्यसअघि बर्षातमा अझै जोखिम मोलेर डुङ्गा, चिन्डालगायतका साधनबाट नदी तर्ने गरेको छेडागाड नगरपालिका-१२ कार्की गाउँका रामबहादुर खत्रीले बताए ।

‘ वर्षातको समयमा पाँच घण्टा टाढा मोर्क गएर झोलुङ्गे पुल तर्ने गर्थ्यौं,’ खत्रीले भने,’चिन्डा, नाउ (डुङ्गा) लगायत साधनबाट यात्रा गर्दा धेरैले अकालमा ज्यान गुमाए । २५ वर्षअघि तुइन बनेपछि जोखिम भए पनि केही सहज त भएको तर महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई तुइन तर्न निकै सकस हुन्छ ।’

तुइन तरेरै जिन्दगी बित्न थालेको स्थानीयवासीको भनाइ छ । पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको उनीहरुको गुनासो छ ।

पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा समय लाग्छ । त्यो पनि जोखिमपूर्ण भिरको बाटो छ । उक्त अप्ठेरो बाटोबाट लडेर कतिको ज्यानसमेत गइसकेको छ । अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनुभन्दा जोखिमपूर्ण तुइनकै सहायता लिनु जाति भएको स्थानीयवासी बताउँछन् । रासस

 

प्रतिक्रिया