Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बयलपाटा अस्पतालमा रगत अभाव, दाह्री ग्याङ जुट्यो संकलनमा

बयलपाटा अस्पतालमा रगत अभाव, दाह्री ग्याङ जुट्यो संकलनमा

बयलपाटा अस्पतालमा रगतको चरम अभाव भएको छ । पछिल्लो समय कोरोना महामारीका कारण अन्य अस्पतालबाट रेफर गरिएका विभिन्न रोगका बिरामीको उपचार गर्नु परेकाले अस्पतालमा रगत अभाव भएको बयालपाटा अस्पतालका स्वास्थ सेवा निर्देशक डा. विकास गौचनले बताए । 

डा.गौचनले कोरोना महामारी हुनुपूर्व बयालपाटा अस्पतालमा मासिक २० देखि ३० प्वाइन्ट रगत आवश्यक पर्नेमा हाल दैनिकजसो ३ देखि ४ प्वाइन्ट रगत आवश्यक परिरहेको बताए । 

कोरोना महामारी कारण रक्तदान कार्यक्रम नहुनु, रक्तदाता सहजै नभेटिनु , रगत दान गर्नुपर्छ भन्ने जनचेनता नहुँदा रगत अभावको मुख्य समस्या भएको डा.गौचनले बताए । उनले भने, 'अस्पतालमा मौज्दात रगत नहुँदा रगत आवश्यक पर्ने गम्भीर प्रकृतिका 

बिरामीलाई उपचारमा समस्या हुने गरेको छ । कोभिड १९ का कारण सहजै रक्तदाता फेला पर्देनन् । रगत अभावको कारण ज्यानैसम्म जानसक्ने खतरा सिर्जना भएको छ। 

कहिले काही त बिरामीका आफन्तले समेत रगत दिन मान्दैनन् । अस्पतालमा सुत्केरी हुन आउने महिलालाई तुरुन्तै रगत दिनुपर्दा झनै समस्या भएको अस्पतालले जनाएको छ।

अस्पतालले रगत आवश्यक पर्दा अछाममा गठित युवाहरुको समूह दाह्री ग्याङ्गले नै गुहार्ने गरेको छ । रगत आवश्यक पर्दा दाह्री ग्याङ्गका युवाहरुलाई नै खबर गर्ने गरेको गौचनले बताए । 

रगतको समस्या हुदाँ दाह्री ग्याङ्ग सदस्य र दाह्री ग्याङ्गको सहजीकरणमा रगतदान हुँदै आएको छ । दाह्री ग्याङ्ग अछाममा स्थापना भएको केही महिनामै २६ प्वाइन्ट रगतदान गरी सकेको दाह्री ग्याङ्ग अछामका संयोजक उमेश कुँवरले बताए ।

अस्पतालमा रगतको चरम अभाव भएपछि दाह्री ग्याङ्गले शुक्रबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा १० भन्दा बढीले रगतदान गरेको कुँवरले बताए । 

प्रतिक्रिया