Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

प्रदेश ५ सभामा रमिता : सांसदद्वारा कुर्सी तोडफोडदेखि ‘घिसारेर निकालिहाल’ सम्म !

प्रदेश ५ सभामा रमिता : सांसदद्वारा कुर्सी तोडफोडदेखि ‘घिसारेर निकालिहाल’ सम्म !

प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्तावको विषयलाई लिएर प्रदेश सभामा दिनभर अनेकथरि रमिता देखिएका छन् ।प्रदेश सरकारले शुक्रवार सभामा पेश गरेको प्रदेशको राजधानी दाङको देउखुरी तोक्ने प्रस्तावमाथि सोमवार सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो । मध्याह्न १२ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक नेकपा संसदीय दलको बैठकका कारण केही समय ढिला भयो ।

प्रदेश सभाको बैठक शुरू हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उठेर विरोध जनाए । त्यसपछि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले देश कोरोना महामारीमा रहेको समयमा अहिले प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव ल्याउनुको औचित्यबारे प्रश्न गरे । कनौडिया बोलेपछि कांग्रेस सांसदहरूले नाराबाजी शुरू गरे । सभामुख पूर्णबहादुर घर्तीले नाडीको घडी हेरेर २ बजेका लागि बैठक स्थगित गरे । 

कुर्सी र माइक तोडफोड

निर्धारित समयभन्दा झण्डै डेढ घण्टा ढिलो प्रदेश सभाको बैठक शुरू भयो । बैठकको शुरूमै कांग्रेस सांसदहरू नाराबाजीमा उत्रिए ।  कांग्रेस सांसदको नाराबाजीका बीच सभामुख घर्तीले प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई प्रदेशको राजधानीसम्बन्धी आन्तरिक कार्यविधिमाथि छलफल शुरू गर्ने प्रस्ताव पेश गर्न आदेश दिए । 

मन्त्री केसीले रोस्ट्रमबाट प्रस्ताव पेश गरेर फर्किन नपाउँदै कांग्रेस सांसदहरूले संसद्का कुर्सी र माइकमाथि प्रहार गर्न थाले । संसदीय मर्यादा र विधिको शासनको कुरा गरेका सांसदहरूले कुर्सी तोडफोड गर्न थालेपछि मर्यादापालकलाई स्थिति नियन्त्रण गर्न हम्मेहम्मे पर्‍यो । कांग्रेस सांसदले कुर्सी तोडफोड गर्न थालेपछि मन्त्रीहरू बैठक कक्षबाट बाहिरिए । कांग्रेस सांसदले कुर्सी र माइक भाँचेको विषयलाई लिएर अहिले सामाजिक सञ्जाल रंगिएको छ । ​

रोस्ट्रमबाट मन्त्रीको निर्देशन– घिसारेर निकालिहाल !

कांग्रेस सांसदले कुर्सी भाँचेपछि मर्यादापालकले कुर्सी र सोफाका चकटीले सभामुखलाई सुरक्षा दिए । केही सांसद बोलेपछि सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको घोषणा गरे । सभामुखले छलफल सकिएको घोषणा गर्दा पनि सांसदहरूले हात उठाएर समय माग गरिरहेका थिए । 

त्यसपछि सभामुख घर्तीले प्रस्तावमाथि संशोधन राख्नका लागि १८ घण्टाको समय तोक्दै छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिए । मन्त्री रोस्ट्रममा गएर बोल्न थालेपछि एकजना मर्यादापालक रोस्ट्रमको अगाडि आएर सोफाको खोल हातमा समातेर सुरक्षा दिएका थिए । 

मन्त्री आफैँले रोस्ट्रमबाट बाहिर आएर मर्यादापालकलाई हातले समाएर परपट्टि धकेले । ‘समातेर हाल, घिसारेर निकालिहाल’ भनेर निर्देशन दिए ।मन्त्री केसीले बोलेको आवाज माइकमा प्रस्ट सुनिएको थियो । कांग्रेसको विरोधप्रति कटाक्ष गर्दै मन्त्री केसीले विरोधको शैली हेर्ने हो भने बीपीले समेत लाज मान्ने टिप्पणी गरे ।

कुर्सीका चकटीले छेकेर सभा सञ्चालन 

प्रदेशको राजधानी सार्ने प्रस्तावमाथि छलफलका क्रममा तनाव भएपछि प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीलाई मर्यादापालकले सुरक्षा घेरामा राखेर बैठक सञ्चालन भयो । सहमति बेगर सरकारले संसद्मा जबरजस्ती राजधानीसम्बन्धी प्रस्ताव ल्याएको भन्दै कांग्रेस सांसदले संसदको कुर्सी र माइक भाँचेका थिए । 

सांसदहरूले कुर्सी र माइक भाँच्न थालेपछि सभामुख घर्तीलाई मर्यादापालकले सुरक्षा दिएका थिए । मर्यादापालकले सोफा र कुर्सीका चकटी समातेर सुरक्षा दिएका थिए । कांग्रेसको नाराबाजीका बावजुद प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले राजधानी दाङ तोक्ने प्रस्तावमाथि छलफल गर्न प्रस्ताव पेश गरेका थिए । 

सांसदको चेतावनी ‘गलत निर्णय गरेमा भविष्यमा उल्टिन्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच चलेको प्रदेश सभा बैठकमा राजधानी र नामांकनसम्बन्धी प्रस्तावमा सांसदहरूले धारणा राखे । राप्तीतिरका सांसदले प्रस्तावको समर्थन गरे भने केहीले विरोध गरे । 

सत्तारुढ नेकपाका भोजप्रसाद श्रेष्ठले राजधानी सार्नेजस्तो दूरगामी निर्णय गर्नेबेला बोल्नका लागि पर्याप्त समय नदिइएको आरोप लगाए । ‘केको आधार र मापदण्डमा त्यो निर्णय गरियो ? हामीले जान्न पाउनुपर्छ,’ श्रेष्ठले भने । 
बोल्नका लागि मात्र ५ मिनेटको समय दिएको भन्दै उनले पर्याप्त बोल्न पाउनुपर्ने भन्दै सभामा उभिएर विरोध गरेका थिए ।  

कपिलवस्तुका विष्णु पन्थीले अहिले गलत निर्णय गरेमा भविष्यमा उल्टिन सक्ने बताए । ‘विश्वमा राजधानी सरेका धेरै उदाहरण छन्, भारतको राजधानी पनि कलकत्ताबाट दिल्लीमा पुगेको थियो, अहिले गतल निर्णय गरेमा भविष्यमा उल्टिन सक्छ,’ पन्थीले भने । उनले प्रदेशको राजधानी कपिलवस्तु बनाउनु उपयुक्त हुने सुझाव दिए । 

प्रतिपक्षको प्रश्न– निषेधाज्ञा लगाएर राजधानी सार्ने निर्णयको औचित्य के हो ? 

विधि, प्रक्रिया र संवैधानिक मूल्य मान्यताविपरीत बलजफ्ती ढंगले प्रदेशको राजधानी सार्न खोजिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनायो । सोमवार बसेको प्रदेश सभा बैठकको शुरूमा सभामुखसँग समय लिएर नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले रुपन्देहीबाट सार्नुपर्ने औचित्य के छ ? भनेर प्रश्न गरे । 

उनले निषेधाज्ञा जारी गरेर राजधानी पास गराउने अधिनायकवादी शैली भएको आरोप लगाए । ‘प्रदेशको राजधानीबारे अध्ययन गर्न गठन गरिएको समितिको प्रतिवेदनलाई संसद्मा पेश नै नगरी पार्टीको नेताको स्वार्थका लागि राजधानी सार्न मिल्छ ?’ कनौडियाले प्रश्न गरे । रुपन्देही, दाङ या कपिलवस्तु जुन ठाउँमा प्रदेशको राजधानी बनाएपनि औचित्य पुष्टि गर्नुपर्ने उनले बताए । ‘मुख्यमन्त्री १२ जिल्लाको नेता हो, भेगीय स्वार्थभन्दा माथि उठेर निर्णय गर्नुहोला भन्ने अपेक्षा थियो,’ उनले भने । 

बुटवलमा बिहानैदेखि प्रदर्शन

प्रदेश ५ को स्थायी राजधानी दाङ कायम गर्ने प्रदेश सरकारको प्रस्तावमाथि प्रदेश सभामा छलफल शुरू हुनुअघि बुटवलमा बिहानैदेखि प्रदर्शन शुरू भएको थियो । बुटवललाई प्रदेशको राजधानी कायम गर्न माग गर्दै विभिन्न समूहले प्रदेश सभाअगाडि प्रदर्शन शुरू गरेका थिए । 

शुक्रवार प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले दाङको देउखुरीमा प्रदेशको राजधानी बनाउने प्रस्ताव पेश गरेका थिए ।सो प्रस्तावलाई लिएर बुटवलमा शुक्रवारदेखि नै विरोध भइरहेको छ । प्रदेश सभाको बैठक मंगलवार मध्याह्नसम्मका स्थगित भएको छ । प्रस्तावमाथि संशोधनका लागि १८ घण्टाको समय दिइएकाले मंगलवार नै सो प्रस्ताव पारित हुने सम्भावना छ ।
 

प्रतिक्रिया