Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

यस्तो छ सेनाले हस्तान्तरण गरेको घाँटीबगड–छाङरु गोरेटो बाटो (फोटोसहित)

यस्तो छ सेनाले हस्तान्तरण गरेको घाँटीबगड–छाङरु गोरेटो बाटो (फोटोसहित)

नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटोरघोडेटो बाटो हस्तान्तरण गरेको छ । सुदूर पश्चिम प्रदेशको दार्चुला जिल्ला सदरमुकामदेखि घाँटीबगड हुँदै छाङरु जाने गोरेटो बाटो बिगत ३ वर्षदेखि अवरुद्ध रहेको थियो । बाटो अवरुद्ध भएपछि व्यास नगरपालिकाका वडा नं. १ का जनता मर्कामा परेका थिए ।

नेपाली भूमिमै एक ठाउँबाट अर्को ठाउँमा जान पनि विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हटाउनका लागी सेनाको टोलीले जेष्ठ २६ गतेबाट उक्त गोरेटो बाटो निर्माणको काम सुरु गरेको थियो ।

सेनाले उक्त गोरेटो/घोडेटो बाटो करिब चार महिना भित्र सम्पन्न गरी आज स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । यो बाटो मन्त्रिपरिषदको वैशाख १४ गतेको निर्णय अनुसार सेनालाई निर्माणको जिम्मेवारी दिइएको थियो ।

निर्माण सम्पन्न पश्चात हस्तान्तरण कार्यक्रममा प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सांसद गेल्वो सिहं वोहोरा, सुदूर पश्चिम पृतनापति उ.र. निर्मल कुमार थापा, प्रदेश प्रमुख सचिव रामकृष्ण सुवेदी, दार्चुलाका प्रमुख जिल्ला अधिकारी, शरद कुमार पोखरेल, निर्देशक, जनसम्र्पक तथा सूचना निर्देशनालय स.र. सन्तोष बल्लभ पौडेल, नि. बाहिनीपति, २५ बाहिनी अड्डा महासेनानी कृष्ण जि.सी., युद्धकार्य महाशाखा प्रमुख महासेनानी गौरव के.सी.को उपस्थिति रहेको थियो ।

उक्त आयोजना हस्तान्तरणको क्रममा मुख्यमन्त्री भट्टले नेपाल सरकार र नेपाली सेनालाई यस्तो कठिन अवस्थामा पनि जनताको माग अनुसार उत्कृष्ट कार्य गरेकोमा सराहना गर्दै धन्यवाद दिएका छन् । सेनाले नेपाली भू-भागको रक्षा गर्दै गरेको यो कार्यले नै महाकाली करिडोर निर्माणको लागि थप उर्जा प्रदान गर्ने भन्दै उनले व्यास गाउंपालिका वडा नं. १ मा प्रदेश सरकारले विकासको प्याकेज ल्याउन लागेको र त्यसमा पनि नेपाली सेनाको अहम भूमिका हुने बताए ।

प्रदेश सासंद बोहोराले पनि नेपाली सेनाले गरेको कार्यको मुक्तकण्ठले प्रशंसा गर्दै तम्पाकु क्षेत्रमा पनि नेपाली सेनाले पहल लिई कार्य गरि दिएमा सहज हुने धारणा व्यक्त गरे । यस आयोजनामा नेपाली सेनासंग काम गरेका स्थानिय श्रमिक बंगा सिंह भण्डारीले आफुहरुले यस आयोजनामा रोजगारी पाएको, नेपाली सेनाले उल्लेख गरे बमोजिमको भत्ता उपलव्ध गराएको र राम्रो काम भएको भनी प्रशंसा गरेका थिए ।

सुदूर पश्चिम पृतनाका पृतनापतिज्युले यस कार्यमा संलग्न सबैजना सकलदर्जा लगायत सबैलाई धन्यवाद दिंदै यस कार्यमा सेनालाई सहयोग गर्ने प्रदेश सरकार, स्थानिय सरकार लगायत सबैलाई सहयोगको लागि आभार व्यक्त गरेका थिए ।

उक्त कार्यमा नेपाली सेनाको तर्फबाट सेनानीको नेतृत्वमा कुल ६५ जना सैनिकहरु सहभागि थिए भने कोभिड(१९ को कारण कम भन्दा कम गैर सैनिक प्रयोग गरी निर्माण कार्य गर्नुपर्ने बाध्यता रहेकोले एक पटकमा १३ जना भन्दा नबढाई ३३ जना अर्धदक्ष स्थानीय श्रमीकहरुलाई रोजगार प्रदान गरिएको सेनाले जनाएको छ ।

कठिन परिस्थितिमा काम गर्दा एक स्थानीय श्रमिक देवान सिंह धामी मिति २०७७ भाद्र १९ गते खसेको ढुङ्गा लागि घाइते भएकोमा रातको समयमा अत्यन्त जोखिम मोलेर नेपाली सेनाको हेलिकप्टरले दार्चुला सदरमुकाममा उद्धार गरि ल्याएको थियो तर उनको मृत्यु भएको थियो ।

सेनाले सबै श्रमिकहरुको बिमा गर्ने गरेकोले नियमानुसार बीमा बमोजिमको रु. १० लाख बराबरको चेक र नेपाली सेनाले मृतक देवान सिंह धामीको योगदानको उच्च मुल्याङ्कन गर्दै मणोपरान्त प्रदान गरेको प्रधानसेनापति प्रशंसा निशान सुदूर पश्चिम पृतनाका पृतनापतिले उनकी पत्नी लक्ष्मी धामीलाई दार्चुलास्थित दुर्गादल गुल्ममा हस्तान्तरण गरेका छन् ।

अघि उक्त आयोजनाको हस्तान्तरण कार्यक्रममा मृतक धामीको सम्मानमा १ मिनेट मौनधारण गरिएको थियो । त्यसैगरी यस कठिन निर्माण कार्यमा खटिएका नेपाली सेनाका सकलदर्जालाई पनि प्रधानसेनापति प्रशंसा निशान प्रदान गरिएको थियो ।

यस आयोजनाबाट अब उप्रान्त नेपाल भित्र यात्रा गर्दा विदेशी भूमिको प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । व्यास गाउ“पालीका वडा नं.१ का १८४ घरधुरीका १२५० जना नेपालीजन प्रत्यक्ष लाभान्वित भएका छन् भने मुख्य रुपमा हिउंद लागेपछि भेडाबाख्रा सदरमुकाम ल्याउनको लागि सहज भएको छ ।

उक्त बाटो निर्माण भएपश्चात हालैमात्र दुई हजारभन्दा बढी चौपायहरु सदरमुकाम खलङ्गा झर्ने क्रम शुरु भइसकेको छ । यस क्षेत्रको तम्पाकु खण्डमा पनि केही अवरोध रहेकोले असोज ७ गते बसेको जिल्ला सुरक्षा समितिले उक्त अवरोध हटाउन अनुरोध गरेको भएतापनि सो बाटो नेपाली सेनाले निकट भविष्यमा नै निर्माण गर्न लागेको ८७ कि.मि. लामो महाकाली करिडोर (दार्चुला–तिङ्कर खण्ड) मा पर्ने साथै सो कार्यको लागि नेपाली सेनाबाट प्रमुख सेनानीको नेतृत्वमा विकास निर्माण कार्यदल गण तैनाथ नै भइसकेकोले हाललाई महाकाली नदीमा काठको पुल हालि आवागमन सहज पारिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ