Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास

सत्तारूढ नेकपा र विपक्षी दल कांग्रेसका मुख्य नेताहरूले राजनीतिक प्रतिष्ठाको विषय बनाउँदा झन्डै तीन वर्षदेखि थाती रहेको प्रदेशको नाम र राजधानी प्रदेश ५ को प्रदेशसभाले मंगलबार वैधानिक रूपमा टुंग्याएको छ ।

प्रदेशसभा स्थापनाको २ वर्ष ८ महिना २ दिनपछि प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी उपत्यका कायम भएको छ । 

दाङ कि बुटवल भन्नेमा नेताहरूबीच लामो रस्साकसी चलेको थियो । केही विरोधका स्वर देखिए पनि प्रदेशसभाको दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम र स्थायी राजधानी तय भएको हो । प्रदेशसभाका ८७ सदस्यमध्ये लुम्बिनी नामको पक्षमा ७९ र स्थायी राजधानी देउखुरीको पक्षमा ६९ मत परेको छ । जुन दुई तिहाइभन्दा २१ र ११ मत बढी हो ।

प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा दर्ता गरेको प्रस्तावमा सोमबार छलफलपछि मंगलबार मतदान भएको हो । मतदानमा स्थायी राजधानी देउखुरी उपत्यकाको पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत पर्‍यो । प्रदेशसभा बैठकमा उपस्थित ८६ सदस्यमध्ये राजधानीसम्बन्धी मतदानमा ८२ जना सहभागी भएका थिए । कांग्रेसका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमाल अनुपस्थित रहे । जसपाका दुई, जनमोर्चाका एक सांसदले मतदान बहिष्कार गरे ।

प्रदेशको नाम र राजधानीको पक्षमा मतदान गर्न नेकपा र स्थायी राजधानीको विपक्षमा मतदान गर्न कांग्रेसको संसदीय दलले ह्वीप जारी गरेका थिए । नेकपाका ६१ सदस्यमध्ये ६० जनाले पक्षमै मतदान गरे । कांग्रेसका राप्ती र भेरीका ५ जना प्रदेशसभा सदस्यले ह्वीप अस्वीकार गर्दै राजधानी दाङको पक्षमा मतदान गरे भने लुम्बिनीका विभिन्न जिल्लाका १३ प्रदेशसभा सदस्यले विपक्षमा मतदान गरे । कांग्रेसका १९ सदस्य थिए । ६ सदस्य रहेको जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य विभाजित देखिए । चार जनाले पक्षमा भोट दिए भने दुईले मतदान बहिष्कार गरे । जनता समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे र राष्ट्रिय जनमोर्चाकी तारा जीसीले उपस्थित भएर पनि मतदान नगरेका हुन् । जसपाका सन्तोष पाण्डेले जनताको भावना र पार्टीको नीतिविपरीत मतदानमा सहभागी हुन नसकेको बताए । जनमोर्चाकी जीसीले पार्टीको नीतिअनुरूप राजधानीको पक्ष/विपक्षमा नलागेको बताइन् । जनमोर्चा संविधान निर्माणदेखि नै संघीय शासन प्रणालीको विरोधमा रहेको पार्टी हो ।

 

प्रतिक्रिया

ट्रेन्डिङ