Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

जन्म दिने आमा भीरबाट लडिन्, कर्म दिनेलाई आगोले खायो

जन्म दिने आमा भीरबाट लडिन्, कर्म दिनेलाई आगोले खायो

बैतडी । भारतको बैंग्लोरमा रोजगारी गर्दै आएको एक परिवारमा अप्रिय घटना भयो गएको २०७६ भदौमा । खाना पकाउने ग्यासको सिलेण्डर पड्केर २ छोरा सहित १ दम्पति गम्भीर घाइते भए । उनिहरुको उपचारमा लाखौँ रुपयाँ खर्च भयो, तर पनि तीनै जनालाई बचाउन सकिएन् । १ जना बालक निरज लुहार मात्रै मुस्किलले बाँच्न सफल भए तर उनको जलेको सरिर अझै निको भएको छैन ।

अहिले उनीहरु बैतडी पाटन ५ मा रहेको आफ्नै ठुलाबुवाको घरमा बस्दै आएका छन् । ठुलाबुवा किशन लुहारको आफ्नै दुःखको कथा छ । किशनलाई दैनिक छाक टार्न समेत निकै धौ धौ छ । त्यसैमाथि भाईका दुइ छोरा पाल्नुपर्ने र एकको उपचार समेत गराइरहनु पर्ने भएकाले किशन भएको दिन सबैलाई खुवाउछन् नभएको दिन सबै भोकै बस्छन् ।

सिलिण्डर बिस्फोटपछि तीन जनाको उपचार गर्ने क्रममा भएको सबै पैसा सकियो । बैंकबाट ऋण निकालेको पनि तिर्न बाँकी छ । ‘उपचारमै ७ लाख बढी खर्च भयो तर पनि बचाउन सकिएन, निरजको मात्रै ज्यान बचाउन सक्यौँ । निरजको पनि आगोले पुरै शरिर जलेको छ ।’ ठुलाबुवा किशन लुहारले भने ।

निरज डेढ बर्षको हुँदा आफ्नै आमा गुमाएका थिए । घरनजिकै घाँस काटिरहेको बेला भिरबाट लडेर उनकी आमा देवकी लुहारको मृत्यु भएको थियो । त्यसपछि उनका बुवाले वाशुसंग अर्को बिवाह गरेका थिए । आमा गुमाएको पिडा भुल्न केही मद्दत गरेकी सौतेनी आमा र बुवाले पनि संसार छाडेर गएपछि बालक बिचल्लीमा परेका हुन्

‘अहिले निरज उपचारको क्रममा छन् उनका लागि औषधि किन्न समेत म संग पैसा छैन्’ किशन भन्छन् ‘म पनि भारतमै मजदुरी गरेर परिवार पालिरहेको थिएँ अहिले कोरोनाको प्रकोपले मजदुरी पनि गर्न पाएको छैन् ।’ जग्गाजमिन नभएकाले किशनले दैनिकी धान्नका लागि पनि हरेक सामग्री किन्नु पर्ने वाध्यता छ । ‘घरमा केही पनि छैन सवथोक किनेर खानुपर्छ, बच्चाहरुको सरिर ढाक्ने कपडा छैन्, उनिहरुलाई पेटभरी खुवाउन समेत सकेको छैन् ।’ किशनले आखाँभरी आशु पार्दै भने, ।

डेढ वर्षमा आमा भीरबाट लडिन्

निरज डेढ बर्षको हुँदा आफ्नै आमा गुमाएका थिए । घरनजिकै घाँस काटिरहेको बेला भिरबाट लडेर उनकी आमा देवकी लुहारको मृत्यु भएको थियो । त्यसपछि उनका बुवाले वाशुसंग अर्को बिवाह गरेका थिए । आमा गुमाएको पिडा भुल्न केही मद्दत गरेकी सौतेनी आमा र बुवाले पनि संसार छाडेर गएपछि बालक बिचल्लीमा परेका हुन् । किशनको आर्थिक अवस्था निकै कमजोर हुँदा उनीहरुको लालनपालन र शिक्षादिक्षा दिन समस्या भइरहेको छ । किशन भन्छन् ‘आफ्नै २ बच्चा छन्, भतिजहरुलाई पाल्ने जिम्मा पनि मेरै काधँमा आएको छ ।’

बिस्फोटको घटनाको झजल्को टुहुरा निरजको आखाँमा

भारतमा सिलिण्डर बिस्फोटमा घाइते भएका निरजलाई उक्त घटना अझै आँखामा झल्झली आउने गर्दछ । निरज भन्छन् ‘बिहानको समयमा बुवाले चिया पकाउन भन्दै सिलिण्डरको रेगुलेटर खोल्नुभयो त्यहिबेला एक्कासी ठुलो आवाज आयो, बाबा, र भाईको शरिरमा आगो बल्यो ।’

आफ्नै दुई छोरालाई कसरी हुर्काउने बढाउने भन्ने चिन्ता भएको बेला झन् देवरका २ छोराको पनि जिम्मेवारी आएपछि निकै समस्या भएको निरजकी ठुलीआमा मञ्जु लुहारले बताइन् । उनले भनिन् ‘यिनीहरुको कसरी लालनपालन गर्ने भन्ने नै चिन्ता छ ।’

त्यसो त सोही घटनामा मृत्यु भएका प्रदिपले पाँच लाख त ऋणै लिएका रहेछन् । अहिले साहु आएर माग्दैछन् किसनले भने ‘उसले निकालेको ऋण पनि कसरी तिर्नु दिनरात साहुहरु पैसा माग्न आउछन् ।’

टुहरा बालक, अपांगता त्यसैमा पनि दलित समुदायका रहेकाले उनीहरुको संरक्षण र राहतको लागि सरोकारवालाको ध्यान पुग्न नसकेको जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक समेत रहेका स्थानीय मानबहादुर भन्दकोे भनाई छ । टुहुरा बालकको शिक्षादिक्षा र भविष्यका बारेमा सोचेर सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न उनले आग्रह गरे । यस्तो जटिल समस्यामा कुनैपनि सरकारको ध्यान पुग्न सकेको छैन् उनले भने ‘व्यक्तीगत, संस्थागत, सरकारी गैरसरकारी निकाय सबैबाट सहयोग जुटाउनका लागि पहल गरौं, अभियान नै सञ्चालन गरौँ । ’ उपप्राध्यापक चन्दले व्यक्तिगत रुपमा उनीहरुलाई १ हजार २ सय रुपैंया नगद सहयोग गरेकाछन् ।

यता नजिकको सरकार पाटन नगरपालिकाले बालकको अवस्थाबारे कुनै जानकारी नभएको जनाएको छ । मिडियामार्फत बाहिर आएपछि थाहा पाएको र उनीहरुको समस्याबारे कार्यपालिका बैठकमा लैजाने र राहत तथा उद्धारको लागि पहल गरिने नगरप्रमुख केशवबहादुर चन्दले बताए ।

प्रतिक्रिया