Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सर्वसाधारणको पहुँचबाहिर स्वास्थ्य सेवा

सर्वसाधारणको पहुँचबाहिर स्वास्थ्य सेवा

बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्रीका ४३ वर्षीय नरजित शाही एक वर्षअघि पत्नी र पाँच छोराछोरी लिएर काठमाण्डु आए। उनी गोकर्णको सुन्ताखानस्थित गाई फार्ममा काम गर्न आएका थिए। गाउँमा जति हाडछाला घोट्दा पनि गुजारा नचलेपछि एकजना हितैषीले उनलाई काठमाण्डु ल्याएका थिए। उनी परिवारसहित आफ्नैजस्तो गरेर गाई फार्ममा घोटिन थाले। खानेबस्ने सुविधाबाहेक मासिक २० हजार रुपैयाँ पारिश्रमिक मिल्थ्यो।

२०७६ फागुन पहिलो सातातिर नरजितको कम्मर दुख्न थाल्यो। उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गए। अस्पतालले उनलाई नसामा समस्या रहेको बतायो र वैशाखमा आउन भन्यो। नरजित अलि दिन घरमै बसे। दुखाइ बढेपछि उनी फागुन अन्तिम साता काठमाण्डु मेडिकल कलेज (केएमसी) सिनामंगल गए। उपचार खर्च ३ लाख रुपैयाँ लाग्ने बताइयो। उनीसँग त्यति पैसा जुटाउने स्रोत थिएन।

चैत पहिलो साता राष्ट्रिय ट्रमा सेन्टर पुगे। नेपालमा कोरोना संक्रमण सुरु भइसकेकाले अस्पतालले उनलाई भर्ना लिन मानेन। त्यहाँका कर्मचारीले उपचारका लागि २ लाखजति लाग्ने बताए। यताउता गर्दा उनीसँग भएको ५० हजार रुपैयाँ सकियो। २०७७ वैशाखदेखि उनको कम्मरमुनिको भाग चल्न छाड्यो। थला परेपछि परिवारसहित उनी गाई फार्मबाट निकालिए। त्यसपछि गोकर्णको एउटा टहरामा ओत लागेको नरजितको परिवार अहिले समाजसेवीको सहयोगको भरमा छ। नरजित कुनै मनकारीले सहयोग गरे अनि सरकारी अस्पतालले मौका दिए आफ्नो उपचार हुने आशामा छन्।

धापासी बस्ने म्याग्दीकी २९ वर्षीया रीता केसी २०७५ माघ पहिलो साता पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गराउन त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगिन्। उनलाई दुई वर्षपछिको शल्यक्रिया मिति दिइयो। निजी अस्पतालमा शल्यक्रिया गर्दा लाग्ने खर्च जुटाउन नसक्ने भन्दै रिता पालो कुरेर बसेकी छन्। कोरोना संक्रमणको महामारी फैलिएपछि त्यो पालो पनि आउने/नआउने टुंगो छैन। ‘गाह्रो भएको छ, अस्पतालको भरोसामा कहिलेसम्म बाँचिने हो, थाहा छैन,’ उनले भनिन्, ‘अलि गाह्रो भएपछि लकडाउनकै बेला फेरि अस्पताल गएकी थिएँ, डाक्टरले अहिले शल्यक्रिया हुँदैन भनेर फर्काइदिए।’यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया