Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सर्वसाधारणको पहुँचबाहिर स्वास्थ्य सेवा

सर्वसाधारणको पहुँचबाहिर स्वास्थ्य सेवा

बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्रीका ४३ वर्षीय नरजित शाही एक वर्षअघि पत्नी र पाँच छोराछोरी लिएर काठमाण्डु आए। उनी गोकर्णको सुन्ताखानस्थित गाई फार्ममा काम गर्न आएका थिए। गाउँमा जति हाडछाला घोट्दा पनि गुजारा नचलेपछि एकजना हितैषीले उनलाई काठमाण्डु ल्याएका थिए। उनी परिवारसहित आफ्नैजस्तो गरेर गाई फार्ममा घोटिन थाले। खानेबस्ने सुविधाबाहेक मासिक २० हजार रुपैयाँ पारिश्रमिक मिल्थ्यो।

२०७६ फागुन पहिलो सातातिर नरजितको कम्मर दुख्न थाल्यो। उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गए। अस्पतालले उनलाई नसामा समस्या रहेको बतायो र वैशाखमा आउन भन्यो। नरजित अलि दिन घरमै बसे। दुखाइ बढेपछि उनी फागुन अन्तिम साता काठमाण्डु मेडिकल कलेज (केएमसी) सिनामंगल गए। उपचार खर्च ३ लाख रुपैयाँ लाग्ने बताइयो। उनीसँग त्यति पैसा जुटाउने स्रोत थिएन।

चैत पहिलो साता राष्ट्रिय ट्रमा सेन्टर पुगे। नेपालमा कोरोना संक्रमण सुरु भइसकेकाले अस्पतालले उनलाई भर्ना लिन मानेन। त्यहाँका कर्मचारीले उपचारका लागि २ लाखजति लाग्ने बताए। यताउता गर्दा उनीसँग भएको ५० हजार रुपैयाँ सकियो। २०७७ वैशाखदेखि उनको कम्मरमुनिको भाग चल्न छाड्यो। थला परेपछि परिवारसहित उनी गाई फार्मबाट निकालिए। त्यसपछि गोकर्णको एउटा टहरामा ओत लागेको नरजितको परिवार अहिले समाजसेवीको सहयोगको भरमा छ। नरजित कुनै मनकारीले सहयोग गरे अनि सरकारी अस्पतालले मौका दिए आफ्नो उपचार हुने आशामा छन्।

धापासी बस्ने म्याग्दीकी २९ वर्षीया रीता केसी २०७५ माघ पहिलो साता पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गराउन त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगिन्। उनलाई दुई वर्षपछिको शल्यक्रिया मिति दिइयो। निजी अस्पतालमा शल्यक्रिया गर्दा लाग्ने खर्च जुटाउन नसक्ने भन्दै रिता पालो कुरेर बसेकी छन्। कोरोना संक्रमणको महामारी फैलिएपछि त्यो पालो पनि आउने/नआउने टुंगो छैन। ‘गाह्रो भएको छ, अस्पतालको भरोसामा कहिलेसम्म बाँचिने हो, थाहा छैन,’ उनले भनिन्, ‘अलि गाह्रो भएपछि लकडाउनकै बेला फेरि अस्पताल गएकी थिएँ, डाक्टरले अहिले शल्यक्रिया हुँदैन भनेर फर्काइदिए।’यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया