Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १९ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न

चौधरी ग्रुप द्वारा ४ वर्षमा ३९ अर्ब राजस्‍व बुझाएको दाबी

चौधरी ग्रुप द्वारा ४ वर्षमा ३९ अर्ब राजस्‍व बुझाएको दाबी

धनीहरूको सूचीकरण गर्ने संसारको प्रख्यात पत्रिका फोर्ब्सको सूचीमा १ हजार ५१३ औं स्थानमा रहेको चौधरी ग्रुपले गत चार वर्षमा मात्र समूह र सम्बद्ध कम्पनीमार्फत सरकारलाई रु.३८ अर्ब राजश्व बुझाएको जनाएको छ ।  चौधरी ग्रुपका अध्यक्ष तथा प्रख्यात उद्यमी विनोद चौधरीले राष्ट्रलाई व्यक्तिगतरुपमा उल्लेख्य मात्रामा कर नबुझाएको विषयमा बाह्रखरीले जिज्ञासा राख्दा चौधरीको सचिवालयले यो जानकारी उपलब्ध गराएको हो । 

कुनै पनि कर्पोरेट कम्पनीले बढीभन्दा बढी रकम नयाँ लगानीमा प्रयोग गर्ने हुनाले व्यक्तिगत आम्दानीको रुपमा धेरै रकम नदेखिने र सोहीअनुसार करको रकममा पनि फरक पर्ने पनि सो विवरणमा जनाइएको छ । 

भारतका मुकेश अम्बानी (सम्पत्ति ६४ अर्ब डलर) सो देशको मात्रै नभई एशियाकै धनी र विश्व धनीको सूचीमा दश नंबरमा पर्छन् । तर, भारतमा उनले व्यक्तिगत आम्दानीमा तिर्ने कर अरुको भन्दा निकै कम हुने गर्दछ । जस्तो, भारतमा व्यक्तिगत कर धेरै तिर्नेमा अमिताभ बच्चन, सलमान खान वा अक्षय कुमार पर्दछन् । सो विषयमा थप स्पष्ट पार्दै विवरण भन्दछ, “अमिताभ बच्चनको कुल सम्पत्ति ४ सय मिलियन डलर छ । जबकि अम्बानीको कुल सम्पत्ति ८५.१ बिलियन डलर छ ।”

“सबैभन्दा धनी गणना हुने व्यक्तिहरूको व्यक्तिगत होइन उनीहरूबाट प्रबद्र्धित कम्पनीहरुले कमाउने आम्दानीको आधारमा बढ्ने शेयर मूल्यको गणना हुन्छन् । यहि गणना विधीको आधारमा फोब्र्सले पनि धनाढ्यको सूचीको कुल सम्पत्तिको ‘रियल टाइम’ अपडेट गर्ने गर्छ । कम्पनीहरुले कमाउने आम्दानी र बढ्ने शेयरका आधारमा मुलुकको राजश्वमा पनि योगदान हुन्छ,” सो विवरणमा उल्लेख गरिएको छ । 

सरकारले उठाउने राजश्वमा चौधरी गु्रपआबद्ध संस्थाहरुले झन्डै २ प्रतिशतको योगदान गर्दै आइरहेको आन्तरिक राजश्व विभागको तथ्याँकले देखाएको छ ।  चारवर्षमा चौधरी गु्रपका आफ्नै र आबद्ध कम्पनीहरुले ३९ अर्ब १० करोड ५३ लाख रुपैयाँ राजस्व बुझाएको छ ।  ग्रुपले ‘इनहाउस’बाट ३१ अर्ब १४ करोड ४३ लाख र आफूआवद्ध कम्पनीमार्फत ७ अर्ब ९६ करोड ११ लाख रुपैयाँ राजस्व राज्यकोषमा दाखिला गरेको पाइएको छ । 

आन्तरिक राजस्व विभागले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३–०७४ मा ५ अर्ब ८९ करोड ६१ लाख रुपैयाँ राजस्व दाखिला गराएको थियो । सोही वर्ष आफू आवद्ध कम्पनीबाट ग्रुपले १ अर्ब ९८ करोड ५३ लाख रुपैयाँ राजस्व बुझाएको हो ।  त्यसैगरी, आर्थिक वर्ष २०७४–०७५ मा ग्रुपबाट ७ अर्ब ६४ करोड ४७ लाख रुपैयाँ राजस्व बुझाएको छ । आफूआवद्ध कम्पनीबाट सोही वर्ष २ अर्ब ३ करोड १० लाख रुपैयाँ राजस्व बुझाएको थियो । 

विभागले उपलब्ध गराएको तथ्यांक अनुसार २०७५–०७६ मा ग्रुपले ९ अर्ब ५७ करोड ३० लाख रुपैयाँ र ग्रुपआवद्ध कम्पनीले २ अर्ब १० करोड २९ लाख रुपैयाँ राजस्व बुझाएको छ ।  आर्थिक वर्ष २०७६–०७७ मा ग्रुपले ८ अर्ब ३ करोड ३ लाख रुपैयाँ बुझाएको देखिएको छ । चौधरी ग्रुपअन्तर्गतका कम्पनीले १ अर्ब ८४ करोड १९ लाख रुपैयाँ राजस्व बुझाएको हो । 

ठूला करदाता कार्यालय र आन्तरिक राजस्व विभागले उपलब्ध गराएको तथ्यांक अनुसार २०७३–०७४ मा ३१ करोड १५ लाख रुपैयाँ आयकर बुझाएको छ । त्यसपछिका दोस्रो र तेस्रो आर्थिक वर्षमा निरन्तर ३८ करोड ४६ लाख र ४० करोड ५१ लाख रुपैयाँ आयकर बुझाएको तथ्यांकमा देखिएको छ ।  तर, गत आर्थिक वर्षमा भने कोरोना भाइरसका कारण अर्थतन्त्रमा मन्दी देखिएको र त्यसको प्रत्यक्ष असर परेकाले झण्डै ५० प्रतिशत आयकर घटेको छ । तथ्यांक अनुुसार गत आर्थिक वर्षमा २२ करोड ४६ लाख रुपैयाँ आयकर बुझाएको छ । 

ग्रुपले चार वर्ष अघि २ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ अन्तशुल्क बुझाएको छ । त्यसको पछिल्लो वर्ष ग्रुपले झण्डै एक अर्ब भन्दा बढी अर्थात ३ अर्ब २६ करोड १६ लाख रुपैयाँ अन्तशुल्क बुझाएको आन्तरिक राजस्व विभागले उपलब्ध गराएको तथ्यांकबाट देखिएको छ ।  आर्थिक वर्ष २०७५–०७६ र २०७६–०७७ मा क्रमश ४ अर्ब ६३ करोड ४ लाख र ३ अर्ब ७४ करोड ९२ लाख रुपैयाँ राजस्व दाखिला गरेको देखिएको छ । कोरोना भाइरसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेकाले गत आर्थिक वर्षमा भने अन्तशुल्क घटेको छ । 

विभागका अनुसार आर्थिक वर्ष २०७३–०७४ मा २ अर्ब ४९ करोड ७ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) बझाएको छ । आर्थिक वर्ष २०७४–०७५ मा २ अर्ब ९६ करोड ६४ लाख रुपैयाँ भ्याट बुझाएको छ । त्यसैगरी, आर्थिक वर्ष २०७५÷०७६ मा ३ अर्ब ३२ करोड रुपैयाँ बुझाएको छ । आर्थिक वर्षमा २०७६–०७७ मा २ अर्ब ८० करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षमा चौधरी ग्रुपले बुझाउने भ्याटमा पनि केही प्रतिशत गिरावट आएको छ । 

त्यसबाहेक चौधरी ग्रुपले ४ वर्षको अवधिमा ४ अर्ब ७ करोड ६८ लाख रुपैयाँ भन्सारमार्फत राजस्व बुझाएको छ । 

चार वर्षको अवधिमा चौधरी ग्रुपले एक अर्ब ३२ करोड ५८ लाख आयकर बुझाएको छ । त्यसैगरी १३ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ अन्तशुल्क बुझाएको छ । चौधरी ग्रुपले चार वर्षको अवधिमा ११ अर्ब ५८ करोड २६ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर बुझाएको छ । 

चौधरी ग्रुप आवद्ध कम्पनीहरुले राज्यलाई राजश्वमा ठूलो योगदान पुराइरहेको भन्दै चौधरीको सचिवालयले भनेको छ, नबिल बैंक, नबिल इन्भेष्टमेन्ट, यूनाइटेड फाइनान्स लिमिटेड, यूनाइटेड इन्स्योरेन्स, हिमाल हाइड्रो, समिट होटल र भिभान्त होटलमा चौधरी ग्रुप आवद्ध छ । सो कम्पनीहरूबाट पनि सरकारलाई ठूलो परिमाणमा राजस्व आएको छ ।  

आर्थिक वर्ष २०७३–०७४ मा नबिल बैंकले १ अर्ब ६८ करोड ६२ लाख रुपैयाँ राज्यलाई करबापत बुझाएको छ । त्यसैगरी, २०७४–०७५ मा १ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ राजस्व बुझाएको छ ।  आर्थिक वर्ष २०७५–०७६ मा १ अर्ब ९४ करोड ६२ लाख रुपैयाँ बुझाएको तथ्यांकबाट देखिएको छ । त्यसैगरी, गत आर्थिक वर्षमा १ अर्ब ६८ करोड २२ लाख रुपैयाँ राजस्व सरकारलाई बुझाएको छ । 

नबिलले बैंक स्थापना भएदेखि राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको कुल पुँजीको १ दशलमव ५ ‘टाइम्स’ बढी अर्थात १५० प्रतिशत हो । नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांशसमेत वितरण गरिसकेको छ । 
त्यसैगरी, नबिल इन्भेष्टमेन्टमा पनि चौधरी ग्रुप आवद्ध छ । सो कम्पनीले पनि चार वर्षको अवधिमा ९ करोड ९६ लाख रुपैयाँ राजस्व बुझाएको छ । त्यसैगरी, यूनाइटेड फाइनान्सले २२ करोड ७८ लाख रुपैयाँ राजस्व बुझाएको छ । 

युनाइटेड इन्स्योरेन्सले पनि चार वर्षको अवधिमा २१ करोड ८७ लाख रुपैयाँ राजस्व राज्यकोषमा बुझाएको छ । हिमाल हाइड्रोले पनि १६ करोड ३६ लाख रुपैयाँ बुझाएको छ । समिट र भिभान्ता होटलले क्रमश ७ करोड ९६ लाख ३ करोड ८० लाख रुपैयाँ राजस्व बुझाएको तथ्यांकबाट देखिएको छ । 

चौधरी ग्रुपका अनुसार आर्थिक वर्ष २०७३–७४ मा कुल सरकारी राजस्वमा चौधरी ग्रुप र त्यससँग आवद्ध कम्पनीले १ दशमलव ५९ प्रतिशत योगदान पु¥याएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७४–०७५ मा १ दशमलव ६४ प्रतिशत चौधरी ग्रुप एक्लैको योगदान थियो । गत आर्थिक २०७३–०७४ को तुलनामा २०७४–०७५ मा राजस्वको योगदान बढेको तथ्यांकबाट देखिएको छ । 

आर्थिक वर्ष २०७५–०७६ मा पनि ग्रुप र त्यससँग आवद्ध कम्पनीको राजस्वमा योगदान १ दशलमव ६८ प्रतिशत रहेको छ । तथ्यांकलाई हेर्दा हरेक वर्ष चौधरी ग्रुप र कम्पनीले बुझाउने राजस्वको योगदानको प्रतिशत बढ्दै गएको देखिएको छ । तर, आर्थिक वर्ष २०७६–०७७ मा भने समग्र अर्थतन्त्रमै नकारात्मक प्रभाव परेपछि चौधरी ग्रुपले बुझाउने राजस्वको योगदानमा पनि कमी आएको छ । गत आर्थिक वर्षमा कुल सरकारी राजस्वमा चौधरी ग्रुप र त्यसअन्तर्गतका कम्पनीको योगदान १ दशमवल ४८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया