Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बन्द भएको एउटा सरकारी स्कुललाई कोरोनाले पुनर्जीवन दियो

बन्द भएको एउटा सरकारी स्कुललाई कोरोनाले पुनर्जीवन दियो

बन्द भएको दुई वर्षमा गोरखामा एउटा सरकारी विद्यालयले पुनर्जीवन पाएको छ। दुई/तीन जना विद्यार्थी र एक शिक्षक मात्रै बाँकी भएपछि छिमेकी सहिद स्मृति माविमा गाभिएको बुंकोटको मकैपुर आधारभूत विद्यालयमा अहिले २५ जना विद्यार्थी छन्।

यो विद्यालय पुन: सञ्चालनमा आएको एक सातामात्रै भएको छ। ‘आज पनि एक जना विद्यार्थी भर्ना भए,’ विद्यालयकी शिक्षिका जानुका भट्टराईले  भनिन्, ‘विद्यार्थी संख्या बढ्दै गइरहेको छ।’

यो विद्यालय पुन: सञ्चालनमा ल्याउन अभिभावकले जोडबल गरेका थिए। उनीहरूलाई साथ दिए, सहिद लखन गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले। 

अहिले विद्यालयमा तीन वटा कक्षा सञ्चालनमा छ- बालकक्षा, कक्षा १ र २। बालकक्षामा नयाँ विद्यार्थी भर्ना भएका छन्। कक्षा १ र २ मा भने अरू विद्यालय छाडेर आएकाहरू पनि छन्।

'बोर्डिङ पढेका विद्यार्थी पनि विद्यालयमा भर्ना हुन आएका छन्। चार जना वर्ल्ड क्यापिटल बोर्डिङबाट आए,’ शिक्षिका भट्टराईले भनिन्, ‘न्यु होराइजन बोर्डिङ, सहिद स्मृति विद्यालयबाट पनि हाम्रोमा विद्यार्थी भर्ना भएका छन्।’

उनकाअनुसार विद्यालयको बालकक्षामा आठ, कक्षा १ मा १२ र कक्षा २ मा १२ र कक्षा ३ मा ५ जना विद्यार्थी छन्।

उनीहरूलाई तीन वटा कक्षामा राखेर पठनपाठन सुरू गरिएको छ। गाउँपालिकाले पनि यो विद्यालय सञ्चालनमा सहयोग गरेको छ। अहिले छिमेकी विद्यालय सहिद स्मृतिबाट एउटा शिक्षक दरबन्दी उक्त विद्यालयलाई व्यवस्था गरिएअनुसार भट्टराई शिक्षक छिन्। 

भट्टराईका अनुसार विद्यालय भवन भए पनि डेस्क, बेन्चलगायत पूर्वाधार छैन। विद्यार्थीलाई पठनपाठनलाई आवश्यक शैक्षिक सामग्री पनि अभाव छ।

‘वडाध्यक्ष र गाउँपालिकाले सबै व्यवस्थापन मिलाउने भन्नुभएको छ,’ उनले भनिन्, ‘विद्यार्थीलाई किताब उपलब्ध भइरहेको छ। वितरण गर्न बाँकी छ।’

विद्यार्थी बढ्दै गएपछि वडा कार्यालयका तर्फबाट दुई जना स्वंयसेवक शिक्षक राखिएको विद्यालयले जनाएको छ।

स्थानीय युवाहरू महेश रानाभाट र रत्नबहादुर श्रेष्ठलाई स्वंयसेवक शिक्षक राखिएको हो। यस विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने औपचारिक निर्णय गाउँपालिकाले दिइसकेको छैन।

‘स्थानीय बासिन्दाको मागअनुसार बन्द भएको सरकारी विद्यालय फेरि सञ्चालनमा ल्याएको हो,’ वडाध्यक्ष श्रेष्ठले सेतोपाटीसँग भने, ‘बन्द विद्यालय सञ्चालनमा आएपछि नजिकै छोराछोरी पढाउन पाउँदा अभिभावक खुसी छन्।’

विद्यालय सञ्चालनमा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरलगायतले पनि सहयोग गरेका छन्। निजी स्रोतमा रहने गरी शिक्षक र कार्यालय सहयोगी राख्न गाउँपालिकाले सहयोग गर्ने तयारी गरेको हो। यो विद्यालय पुन: सञ्चालनमा आएमा करिब १५ जना विद्यार्थी भर्ना हुने अपेक्षा थियो।

कोरोना भाइरस महामारीपछि गाउँ फर्केका अभिभावकले गाउँमै छोराछोरी पढाउन खोजेकोले विद्यार्थी बढ्दै गएका हुन्। २०३० सालमा खुलेको यो विद्यालय २०७५ सालमा बन्द भएको थियो।

वडाध्यक्ष श्रेष्ठका अनुसार हिजोआज विद्यार्थीका लागि आवश्यक पर्ने सामग्री जुटाउने काम भइरहेको छ।

‘सुरेन्द्र कुँवर, जीवन खड्का, शिवहरि तिमिल्सिनालगायतले विद्यार्थीका लागि कापी, कलमलगायत स्टेशनरी सामग्री उपलब्ध गराउनुभएको छ,’ उनले भने, ‘थप सहयोग जुटाउँदैछौं।’

प्रतिक्रिया