Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

मन्त्री ज्ञवालीका नीजिसचिवलाई व्यवस्थापन गर्न सहसचिव दरबन्दी थप, पहुँच भए यसरी उल्टिन्छ मन्त्रिपरिषदकै निर्णय,

मन्त्री ज्ञवालीका नीजिसचिवलाई व्यवस्थापन गर्न  सहसचिव दरबन्दी थप, पहुँच भए यसरी उल्टिन्छ मन्त्रिपरिषदकै निर्णय,

पहुँच भएमा के हुँदैन ? त्यसमा पनि दुई तिहाई बहुमतको सरकारकै खास मान्छे भए के हुँदैन ? यसको उदाहरण हेर्न अन्तै जानु पर्दैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका नीजि सचिव तेजबहादुर क्षेत्रीलाई व्यवस्थापन गर्न सरकारले गरेको निर्णयलाई हेरे पुग्छ । ज्ञवालीकै कारण उनको नीजि सचिव क्षेत्रीलाई व्यवस्थापन गर्न राष्ट्रपति कार्यालयमा एक सहसचिव सरहको दरबन्दी थप गर्ने निर्णय भएको छ ।

ज्ञवालीका नीजि सचिव क्षेत्रीलाई व्यवस्थापन गर्ने यो निर्णय यसअघी सरकार आफैंले गरेको निर्णयको उल्लंघन हो । गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यकीय काममा बाहेक ओएनएम (संगठन तथा व्यवस्थापन ) परिमार्जन नगर्ने निर्णय गरेको थियो । तर परराष्ट्र मन्त्रालयले अत्यावश्यकीय काम देखाइ राष्ट्रपति कार्यालयमा एक सहसचिव दरबन्दी थप गर्ने निर्णय गरेको छ । उक्त प्रस्ताव केही समय अघि परराष्ट्रले संघीय मन्त्रालयमा पठाएको थियो । संघीयको प्रस्तावमा मन्त्रिपरिषद्को ३ दिन अघि बसेको बैठकले परराष्ट्रमा एक सहसचिव दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

थप गरिएको दरबन्दीमा परराष्ट्रमन्त्री ज्ञवालीका नीजि सचिव क्षेत्री जाने भएका छन् । उनी उपसचिवबाट सहसचिवमा बढुवा भइ राष्ट्रपति कार्यालय जाने भएका हुन् । कोरोना महामारी बढेको बेला, राष्ट्रपति कार्यालयमा एक सहसचिव सरहको दरबन्दी तत्काल थप गर्न के आवश्यक थियो ? स्वयं परराष्ट्र मन्त्रालयका कर्मचारीहरू आश्चर्यमा परेका छन् । राष्ट्रपति कार्यालयमा थपिएको उक्त दरबन्दी परराष्ट्र सेवाको हो । जब कि, राष्ट्रपति कार्यालयमा अहिले पनि परराष्ट्र सेवाको एक उपसचिव दरबन्दी कायमै छ । उपसचिव दरबन्दी हुँदाहुँदै सहसचिव दरबन्दी थप गरिएको छ । स्रोतका अनुसार एक सहसचिव दरबन्दी थप गर्न राज्यको कम्तीमा १५ लाख खर्च वार्षिक व्ययभार बढ्छ । 

संघीय मामिला मन्त्रालयका एक उपसचिवले परराष्ट्रको आग्रहमा र संघीयको प्रस्तावमा राष्ट्रपति कार्यालयमा एक सहसचिव सरहको दरबन्दी थप गरिएको स्विकार गरे । स्रोतका अनुसार यसअघि, परराष्ट्रले उच्च तहका ३८ वटा दरबन्दी थप गर्न संघीयमा प्रस्ताव गरेको थियो । परराष्ट्रको प्रस्ताव संघीयले नमाने पछि परराष्ट्रमन्त्री ज्ञवालीको व्यक्तिगत आग्रहमा राष्ट्रपति कार्यालयमा एक सहसचिव सरहको दरबन्दी थप गरिएको हो । राष्ट्रपति कार्यालयमा हाल ६८ दरवन्दी कायम गरिएको छ । यसलाई परिमार्जन गरी ६९ पुर्‍याइएको हो।

यद्यपि अहिले पनि अत्यावश्यकीय काम देखाउदै केही सरकारी कार्यालयहरुले दरबन्दी थप गर्न र केहीले दरवन्दी परिमार्जन गर्न संघीय मन्त्रालयमा प्रस्ताव गरेका छन् । तर संघीयले अत्यावश्यकीय काममा बाहेक अन्य अवस्थामा ओएनएम परिमार्जन गर्ने प्रस्ताव अघि नबढाउने मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताए । 

गत वैशाख १४गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यकीय काममा बाहेक दरबन्दी थप नगर्ने निर्णय गरेको थियो । उक्त निर्णय पछि पनि, खानेपानी मन्त्रालय, श्रम मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, सर्वोच्च अदालत तथा परराष्ट्र मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्बे परिमार्जन गर्न मन्त्रालयलाई प्रस्ताव गरेका थिए । यसैगरी  भौतिक मन्त्रालय तथा महालेखा परिक्षकको कार्यालयले दरबन्दी परिमार्जन गर्न मन्त्रालयमा प्रस्ताव गरेका छन् । तर संघीयले ती प्रस्ताव अघि बढाएको छैन । 

२०७५मा गरिएको ओएनएम सर्वेमा ४८ हजार २ सय संघमा, करिब २२ हजार प्रदेशमा तथा करिब ६८ हजार स्थानीय तहमा दरबन्दी कायम गरिएको छ । ओएनएम सर्वे पछि सरकारले १ लाख ३८ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । तर ओएनएम सर्वेको काम पूरा भए पछि पनि संघीय मन्त्रालयले ओएनएम परिमार्जनको नाममा विभिन्न सरकारी निकायहरुमा दरबन्दी थपघट गर्ने निर्णय गरीरहेको छ । वैशाख १४को निर्णय पछि भने परराष्ट्र र गृह बाहेक अन्य कार्यालयमा ओएनएम परिमार्जन नगरिएको मन्त्रालले जनाएको छ । 

प्रतिक्रिया