Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

जस्ले सुदूरपश्चिमका लागि बोलन्या थली बनाए

जस्ले सुदूरपश्चिमका लागि बोलन्या थली बनाए

२०५९ सालमा पहिलो पटक उनले पश्चिम सेती जलविद्युत आयोजना निर्माण हुने हल्ला सुने। पश्चिम सेतीसंगै सुदूरपश्चिमको समृद्धि पनि जोडिएको छ भन्ने चर्चा थियो सो समयमा। त्यसपछिको १८ बर्षसम्म भएका निर्वाचनमा हरेक नेताहरुले पश्चिम सेतीलाई नै मूल एजेण्डा बनाएको सम्झना छ उनीसंग।

तर बर्षाैदेखि पश्चिम सेतीलाई गायत्री मन्त्र जस्तै बनाएको भने उनलाई मन परेको थिएन्, छैन् पनि। उनी भन्छन्, ‘न कसैले पश्चिम सेती परियोजनाको नाम लिन छोडेको छ न कसैले बनाउँन चाँसो दिएको छ। त्यसैले पश्चिम सेतीका लागि निर्णायक लडाईको अगुवाई गर्ने प्रयास गर्दैछु।’ पश्चिम सेतीका लागि अग्रमोर्चाका लडाकु बन्न खोज्ने युवा हुन्, डडेल्धुराको गन्यापधुराका यादव जोशी।

उनी राजनीतिक परिवारका सदस्य हुन्। उनका दाई डाक्टर तारा जोशी पूर्व एमाले र अहिलको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हुन्। त्यसैले पनि यादव पछिल्लो पटक भएको निर्वाचनमा नेकपाका कट्टर समर्थक पनि थिए। राजनीतिक परिवारका सदस्य उनी अहिले एकाएक यु टर्न भएका छन्। त्यस्को कारण हो, बर्षाैदेखि गायत्री मन्त्र जस्तै बनेको पश्चिम सेती जलविद्युत आयोजना। पश्चिम सेतीको सपना साकार बनाउने सोचका साथ उनले पार्टीको राजनीतिबाट टाढा रहने योजना बनाए। 

पश्चिम सेती जलविद्युत आयोजना निर्माणको योजना अगाडि बढाउनका लागि नै श्रीगणेश भयो बोलन्या थलीको। बोलन्या थली नै किन भन्ने प्रश्नमा संयोजक जोशी भन्छन्, ‘यो सुदूरपश्चिमको टिपिकल शब्द हो। सुदूरपश्चिमका विषयमा बोल्नका लागि हामीले थली बनाएका हौँ।’

बोलन्या थली स्थापना भएपछि उनी राजनीतिबाट टाढिन खोजे। सर्वसाधारणसंगै सबै दलका नेताहरुको समर्थन जुटाउने अभियानमा लागे उनी। जोशी भन्छन्, ‘राज्यले सुदूरपश्चिमलाई सधै हेप्यो। यहाँको विकास निर्माणका योजना कहिले प्राथमिकतामा परेनन्। अब आफ्नो ठाउँ बनाउनका लागि आम नागरिक नै जागरुक बन्नुपर्छ भन्ने हो।’

पश्चिम सेती जलविद्युत आयोजना निर्माण नहुनुमा राष्ट्रिय राजनीतिमा सुदूरपश्चिमबाट दख्खल राख्ने नेताहरुलाई दोषी ठान्छन् उनी। ‘पश्चिम सेती हरेक निर्वाचनमा मुख्य एजेण्डा भयो तर पश्चिम सेती निर्माण गर्नका लागि यस क्षेत्रका नेताहरुले नै चाँसो दिएनन्। त्यसैले योजना ओझेलमा छ।’ उनले भने। 

बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ। बोलन्या थलीले सरकारको खोजीको लागि भन्दै डोटीमा दिउँसै टुक्की बालेर प्रदर्शन पनि गरिएको छ। पश्चिम सेती निर्माणमा ढिलाइ भइरहेको भन्दै सेती पुलमाथि सात सय ५० टुक्की बालेर सरकारको सांकेतिक विरोध गरिएको थियो। ‘दिउँसै ७५० टुक्की बालेर सरकारको खोजी गरेका हौं,’ उनले भने, ‘२८ वर्षसम्म नभेटिएको सरकार अब भेटिन्छ कि भन्ने मेरो आशा छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेशबाट एक लाख पत्र संकलन गरेर बुझाउने तयारी पनि छ। पश्चिम सेतीका बारेमा रचनात्मक विरोध स्वरूप आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको ७५० पैसासहित पत्र बुझाउने तयारी भएको संयोजक  जोशी बताउँछन्। “हामीले पश्चिम सेती बनाउन निरन्तर दबाब दिँदै आएका छौं”, उनले भने, “यो पनि दबाबको एउटा चरण हो।”

उनले अगाडि थपे, “हिजो आशा म¥यो आज जवानी मर्दैछ, भोली सपना मर्ने छ। आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ? आजको रोगलाई त जितौला भोलिको भोकलाई के गरौला ? रिभर्स माइग्रेशनको व्यवस्थापन गरौँ, पश्चिम सेती लागु गरौँ लगायत नारा उल्लेख गर्दै बोलन्या थली अहिले दबावमूलक आन्दोलनमा छ।” 

पश्चिम सेती बनेर पहाड बाट “डेमोग्राफिक डिक्लाईन” रोकिने र पहाडमा आर्थिक सामाजिक  रुपान्तरण हुने भन्ने बिश्वास छ उनलाई। बोलन्या थलीले २८ लाख पश्चिमेलीको भावनात्मक समर्थन जुटाउन डिजिटल क्रान्ती गर्ने र पश्चिम सेती ड्रीम्स पार्क बनाउने तयारी गरिरहेको छ।

बोलन्या थली अहिले पश्चिम सेती निर्माणका लागि दबाव दिने आन्दोलनमा मात्रै छैन्। उस्ले लकडाउनमा दैलोमा दवाई, आश्रय अड्डा लगायतका कार्यक्रम सञ्चालन गरेको थियो भने सुदूरपश्चिमका विविध विषयमा बहसका कार्यक्रम आयोजना गर्दै आएको छ। एउटै मुद्धामा केन्द्रित नभएर बिचलन किन ? भन्ने प्रश्नमा जोशी भन्छन्, ‘पोखरी फोहर छ भने हेरेर मात्रै सफा हुँदैन्। पोखरीमा घुसेरै सफा गर्नुपर्छ। पश्चिम सेती मात्रै निर्माण भएर हुँदैन्। संगै यहाँको विकृती हटाउन आवश्यक छ। संस्कृती जोगाउन आवश्यक छ।’

बोलन्या थलीका नौँ वटै जिल्लामा विस्तार गरिएको छ। जहाँ सयौँ युवाहरु आवद्ध भएका छन्। उनीहरुले गाउँठाउँका सवाल समाधानका लागि पहल गर्नेछन् भने राज्यलाई जवाफदेही बनाउन भूमीका खेल्नेछन्। बोलन्या थली सञ्चालन कसरी हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘बोलन्या थलीले पश्चिम सेती निर्माणका लागि दवावमूलक कार्यक्रम सञ्चालन गर्न र अन्य गतिविधि सञ्चालन गर्नका लागि अहिले देशविदेशबाट सहयोग भईरहेको छ। समृद्ध सुदूरपश्चिमका लागि भएका कार्यक्रममा सहयोग गर्ने सुदूरपश्चिमवासीको कमी छैन्।’

कतिपयले बोलन्या थली राजनीतिक रुपमा प्रयोग हुने र जोशीको गन्तव्य पनि राजनीति नै हो कि भन्ने आशंका पनि जनाएका छन्। त्यस्मा जोशी भन्छन्, “हामी अहिले पश्चिम सेतीसहितका मुद्धाका लागि लडिरहेका छौ। यस्मा कुनै पनि किसिमको राजनीति हुँदैन्। हामी सरकारका प्रतिपक्षी भएर काम गर्छाै। तर एउटा कुरा सत्य हो, राजनीतिबाट धेरै टाढा पनि हुन सकिदैन्।”

प्रतिक्रिया