Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

डीभीबारे अमेरिकी दूतावास कन्सुलर प्रमुखलाई ६ प्रश्न

डीभीबारे अमेरिकी दूतावास कन्सुलर प्रमुखलाई ६ प्रश्न

माइकल म्युसी सन् १९८८ मा पहिलो पटक अमेरिकी पिस कोरसँग नेपाल आएका थिए । जुम्लाको नाराकोटस्थित श्री भैरव माध्यमिक विद्यालयमा एक वर्ष गणित, विज्ञान र अङ्ग्रेजी भाषा पढाए । जुम्ला सदरमुकाम कर्णालीका चार जिल्लाका शिक्षकलाई गणित र विज्ञान पढाउने तालिम पनि दिए ।

२००२ मा अमेरिकी विदेश सेवामा प्रवेश गरेका उनले इजिप्ट, बहराइन, थाइल्याण्ड, इराक, जर्मनीमा काम गरिसकेका छन् । हाल काठमाडौंस्थित अमेरिकी दूतावासमा कन्सुलर मामिला प्रमुखका रुपमा कार्यरत छन् । उनै म्युसीसँग २१ असोजबाट सुरु भएको २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको आवेदन दर्ताबारे अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश : 

कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट अमेरिका पनि नराम्ररी प्रभावित बनेको छ । यले डाइभर्सिटी भिसा (डिभी) को कुनै नियम परिवर्तन भएको छ कि छैन ? यसवर्ष कम मानिसलाई मात्र डीभी प्रदान गरिने हो ?

डीभी कार्यक्रम अमेरिकी कानुनमा आधारित कार्यक्रम हो । प्रत्येक वर्ष ५५ हजार मानिसले डीभी पाउँछन् । यसवर्ष पनि डीभी पाउनेको संख्या त्यति नै राखिएको छ । डिभी चिÝामा दर्ताका लागि कुनै शुल्क बुझाउनु पर्दैन । इलेक्ट्रोनिक डीभी -ई-डिभी) इन्ट्री फारम आधिकारिक ई-डीभी वेबसाइटमा पाउन सकिन्छ ।

डीभी कार्यक्रम अमेरिकाको आर्थिक वर्षसँग जोडिएको छ । अमेरिकी आर्थिक वर्ष अक्टोबर १ देखि सुरु हुन्छ र सेप्टेम्बर ३० मा सकिन्छ । प्रत्येक आर्थिक वर्षमा डीभीको दुई वर्षका कार्यक्रमहरू प्रक्रियामा हुन्छन् । यो आर्थिक वर्षमा २०२१ सालको डीभी कार्यक्रमका लागि छनोट भएका धेरैले अन्तर्वार्ताको अवसर पाउनेछन् । अहिले तत्कालका लागि भने राष्ट्रपतिले नयाँ डीभीबाट अमेरिका आउन रोक लगाउने घोषणा गरेका छन् । यो घोषणा डिसेम्बर ३१ सम्म लागू हुनेछ ।

यस्तै ७ अक्टोबरदेखि २०२२ का लागि डीभी कार्यक्रमको रजिष्ट्रेसन सुरु भएको छ । छनोटमा परेकाहरूलाई मे ८ देखि सूचना आउन सुरु हुनेछ र, डीभी भर्ने प्रक्रिया यस वर्ष पनि अघिल्लो वर्षको जस्तै हुनेछ ।

अघिल्लो वर्ष डिभी परेका धेरै नेपालीले अमेरिका जान पाएनन् भन्ने सुन्नमा आएको छ । के यो सत्य हो ?

अमेरिकाको श्रम बजारको संरक्षणका लागि अमेरिकी राष्ट्रपतीय घोषणासँगै केही आप्रवासीको प्रवेशमा रोक लगाइएको छ, जसमा डिभी बाहक पनि पर्छन् । त्यसैले नयाँ आवेदकको अन्तर्वार्ता अस्थायी रूपमा रोकिएको थियो । भिसा अन्तर्वार्ताको लागि उपलब्ध समय घटेकाले अन्तर्वार्ताको संख्या पनि घट्यो र भिसा पाउनेको संख्यामा पनि कमी आयो ।

डिभी पर्न आवश्यक योग्यताका आम मापदण्ड के छन् ?

छनोट प्रक्रिया केन्टकी कन्सुलर सेन्टर (केसीसी) ले गर्ने पूर्ण रूपमा अनियोजित (र्‍यान्डम) छनोटको प्रक्रिया हो । मानिसहरूले डिभी वेबसाइटमा प्राप्त निर्देशनअनुसार डीभी भर्न सक्छन् । यसमा परिवारका सबै सदस्यको नाम राख्ने, जीवनी र पासपोर्टको जानकारी राख्ने, व्यक्तिगत इमेल राख्ने र परिवारका प्रत्येक सदस्यको फोटो समावेश गर्नुपर्छ ।

छनोटमा परेर अन्तर्वार्ताको समय तालिका पाएपश्चात् भिसाका लागि योग्य ठहरिनु यस प्रक्रियाको दोस्रो चरण हो । सामान्य मापदण्डहरू यस्ता छन् :-

१. छनोटमा परेका आवेदकको शैक्षिक योग्यता कम्तिमा प्लस टू पास हुनुपर्छ ।

२. छनोट भएका आवेदकको स्वच्छ प्रहरी रिपोर्ट हुनुपर्छ ।

३) आवेदकको स्वास्थ्य राम्रो हुनुपर्छ ।

४) आवेदकसँग आफू र आफ्नो परिवारका लागि जीविकोपार्जन गर्नसक्ने विश्वसनीय भविष्यको योजना हुनुपर्नेछ ।

राम्रो शैक्षिक योग्यता र क्षमता भएका मानिसलाई डिभी पर्ने सम्भावना बढी हुन्छ ?

छनोट प्रक्रिया कम्प्युटरद्वारा पूर्ण रूपमा र्‍यान्डम हुन्छ । यो प्रक्रिया शिक्षा र अनुभवमा कदापि निर्भर हुँदैन । यद्यपि छनोट भइसकेपछि भने प्लस टु पास गरेका र अन्तर्वार्ता दिएका मानिसकोे डीभी पर्ने सम्भावना बढी हुन्छ ।

डीभीका लागि छानिएका नेपालीले अमेरिकी नागरिकले जस्तै अवसर पाउँछन् त ?

डीभी परेका मानिसहरू अमेरिकाको जुनसुकै ठाउँमा आफ्नो चाहना अनुसार बस्न पाउँछन्, उनीहरूलाई क्षमताअनुसार चाहेको ठाउँमा काम गर्ने अवसर मिल्छ । उनीहरू आफ्नो इच्छा अनुसारको ठाउँमा पढ्न पनि पाउँछन् । साथै उनीहरूले चाहेमा अमेरिकामा व्यवसाय सञ्चालन गर्न पनि पाउँछन् । त्यसैले उनीहरू कहाँ र कसरी आफ्नो नयाँ जीवन बाँच्ने भन्ने कुरामा स्वतन्त्र हुन्छन् ।

कन्सुलर मामिला प्रमुखको रूपमा अमेरिका जान चाहने नेपालीहरूलाई के सुझाव दिन चाहनुहुन्छ ?

यसअघि नै प्लस टू लेभलको शिक्षा प्राप्त गरेका व्यक्तिलाई डीभीले अमेरिका जाने अवसर प्रदान गर्नसक्छ । तर, अहिलेसम्म प्लस टु पास नभएका व्यक्तिले भने आफ्नो प्लस टुको प्रमाणपत्र नआउँदासम्म डीभी भर्नुहुँदैन । साथै अमेरिकामा आफ्नो नयाँ जीवनको सुरुवात गर्छु भनेर निर्णय गर्नुभन्दा पहिला बलियो योजना बनाउनु निकै महत्वपूर्णर् हुन्छ, किनकि यो त्यति सजिलो छैन ।

अर्को मुलुकमा गएर नयाँ जीवनको सुरुवात गर्नु निकै कठिन हुन्छ र धेरै चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ । त्यसैले डीभी भर्नुभन्दा पहिला सोचविचार गर्नु राम्रो हुन्छ । छनोट भइसकेपछि पनि अन्तर्वार्ताको प्रक्रिया सुरु गर्ने कि नगर्ने भन्नेबारे पनि राम्रोसँग सोच्नुहोस् । अनलाइनखबर

प्रतिक्रिया