Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

कोरोनालाई ‘सामान्य रुघाखोकी हो हाच्छिउँ साच्छिउँ ले उडाईदिनु पर्छ' भन्ने प्रधानमन्त्री अहिले किन मौन छन् ?

कोरोनालाई ‘सामान्य रुघाखोकी हो हाच्छिउँ साच्छिउँ ले उडाईदिनु पर्छ' भन्ने प्रधानमन्त्री अहिले किन मौन छन् ?

नेपालमा कोरोना संक्रमण निकै न्यून रहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै भने ‘म निवासबाटै शासन चलाइरहेको छु। तपाईँहरू घरभित्रै बस्नुस्।’

दोस्रो संक्रमित पहिचान हुने बित्तिकै कुनै विकल्प बिना सरकारले लकडाउन लागू गरेको थियो। जनता घरभित्र थुनिएका थिए। केही समयअघिमात्रै शल्यक्रिया गरेर बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री नागरिकलाई विश्वस्त बनाउने प्रयासमा देखिए। तर सरकार बालुवाटारभित्रै सीमित हुँदा जनता घरबाहिर निस्किए।

सडकमा नागरिकहरूको ताँती देखिन्थ्यो। सरसामान बोकेर काठमाडौँबाट हिँड्दै आफ्नो गाउँ जानेको लर्को थियो। मिडियामा नागरिकहरूले बिचल्ली भोगेको तस्बिर आउँदा प्रधानमन्त्री अनलाइनमा तस्बिर प्रकाशित भएको समय हेर्दै बसे। तर जनताको समस्या बुझ्न सडकमा निस्किएनन्। उल्टै हिँड्दै फर्किएकाहरूको तस्बिरलाई मिडिया ‘स्टन्ट’को संज्ञा दिन भ्याए।

कामविहीन हुँदा हजारौँ भोकै रहेको बेला ओलीले लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्न र अघि बढ्न आह्वान गरे। कति सफल भए। समय साक्षी छ।

समयसँगै कोरोनाले जालो फैलायो। संक्रमितहरुको संख्या बढ्दै गयो। कोरोनाका कारण मृत्यु हुनेहरू समेत बढे। तर प्रधानमन्त्रीले कोरोनाले कसैको मृत्यु नभएको दाबी गर्न भ्याए। सँगै कोरोनालाई सामान्य रुघाखोकीको संज्ञा दिएर ‘हाच्छिउँ साच्छिउँ’ गर्दा कोरोना नै हराउने गलत ज्ञान बाँडे। तातोपानी खाएर कोरोना उडाउनुपर्छ भने। तातोपानी र आयुर्वेदिक औषधिले कति हदसम्म काम गरेको छ पनि। तर कोरोना सामान्य रुघाखोकी मात्रै भने होइन।

प्रधानमन्त्रीले ‘अफवाह’ फैलाएर बोलिरहँदा कोरोना संक्रमितको संख्यामा बिस्तारै वृद्धि भइरहेको थियो। तर सरकारका लागि कोरोना नियन्त्रणमा नै थियो।

तर अहिले परिस्थिति बद्लिएको छ। ‘जिरो एक्टिभ केस’ हुँदा डराएका नागरिक अहिले ३१ हजारभन्दा बढी एक्टिभ संक्रमित हुँदा अटेर गर्दैछन्। १ जान संक्रमित हुँदा लकडाउन गरियो। अहिले १ लाख संक्रमित कट्दा सबै खुल्ला छ। नागरिकको घरभित्र सीमित भाइरस बालुवाटार प्रवेश गरिसकेको छ। सिंहदरबार पसेको छ। ओली क्याबिनेटका दुई मन्त्रीमा संक्रमण देखिएको छ। पर्यटनमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरिराजमणि पोखरेलमा संक्रमण पुष्टि भइसकेको छ।

पहिलो संक्रमित निको भएर फर्किसकेपछि ‘जिरो एक्टिभ केस’ रहेको समयमा सीमा बन्द गर्नुपर्ने, स्वास्थ्य सेवालाई थप सशक्त बनाउनुपर्ने माग उठिरहेको बेला मन्त्री भट्टराईले नेपाल ‘कोरोना फ्रि राष्ट्र’ भनेर विश्वभर प्रचार गर्नुपर्ने बताएका थिए। अहिले उनै मन्त्रीलाई संक्रमण हुँदा नागरिकले प्रश्न त सोध्ने नै भए।

कोरोना संक्रमण अहिले समुदाय स्तरमा फैलिसकेको छ। कसलाई कहाँबाट कोरोना सर्छ थाहा छैन। अझै अहिले त लक्षणसहितको संक्रमण बढ्दै गएको छ जसले अवस्था थप भयावह बनाउँदैछ। त्यसमाथि न आइसोलेसन र अस्पतालको पर्याप्त सुविधा। संक्रमित घरभित्रै थुनिएका छन्। सरकारलाई संक्रमित कसरी बसिरहेका छन् थाहा छैन। केही गाह्रो भएर अस्पताल लग्यो बेड छैन। अति नै गाह्रो भयो- आइसियु छैन। भेन्टिलेटरमा हालेर उपचार गर्नुपर्‍यो, भेन्टिलेटर छैन। बेड, आइसियु र भेन्टिलेटर खोज्दाखोज्दै अहिले संक्रमितहरुको मृत्यु भइरहेको छ।

अस्पतालको स्रोत बढाउनुको साटो सरकार भने नागरिकलाई ‘बेहोस भए वा हुन लागे’ मात्रै अस्पताल आउन आग्रह गर्दैछ।

देशभर अहिले १ लाख ७ हजार ७५५ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ३१ हजार ३१५ जना एक्टिभ छन्। अधिकांश संक्रमित काठमाडौँमा छन्। काठमाडौँमा मात्रै ३३ हजार ७०६ जनामा संक्रमण देखिएको छ। ललितपुरमा ४ हजार ६४८ र भक्तपुरमा ३ हजार ४३४ जनामा संक्रमण पुष्टि भइसकेको छ। उपत्यकामा ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदा १० हजारभन्दा बढी सक्रिय संक्रमित छन्। अधिकांश होम आइसोलेसनमा छन्।

देश कोरोनाले लडेको छ। जनता भाइरससँग भिडिरहेका छन्। परीक्षण गराउन लाइन बस्न जनता बाध्य छन्। २ हजार तिरेर परीक्षण गराउन विवश छन्। यता प्रधानमन्त्रीका सल्लाहकार भने लक्षण नभएको भन्दै एक सातामा नै बिना कुनै झन्झट परीक्षण गराउँछन् र आफूलाई संक्रमणमुक्त घोषणा गर्छन्।

यता नागरिक अस्पताल देख्न नपाउँदै मृत्युवरण गर्न बाध्य छन्। तर, अझै सरकारले बुझेको छैन, अब सतर्कताले मात्रै केही हुनेवाला छैन। अब त ठोस् तयारी चाहिन्छ।

संक्रमित राख्न आइसोलेसन, अस्पतालमा पर्याप्त बेड, आइसियु, भेन्टिलेटर। यी सबै तयार हुनुपर्छ। अहिले सजिलै संक्रमण रोकिने अवस्था छैन।

तर, कोरोनालाई ‘सामान्य रुघाखोकी’ भन्दै संक्रमणबाट मृत्यु नै भएको होइन भन्ने प्रधानमन्त्री ओली अहिले मौन छन्। देशभर ६३६ जनाको कोभिडबाट मृत्यु भइसक्दा ओली बालुवाटारमा नै छन्। के उनी अहिले पनि प्रधानमन्त्री मृत्यु कोरोनाका कारण भएको होइन भन्ने ठान्छन्? के अस्पतालमा बेड नपाउँदा मृत्युवरण गर्न पुगेकाहरूको जिम्मेवारी सरकारले लिन्छ?

कोरोनाका त्रासबीच नागरिक सडकमा छन्। आवश्यकता र वाध्याताले भीडमा जेलिएका छन्। ठिक विपरीत संक्रमण नियन्त्रणका लागि चुस्त योजनाका साथ सडकमा निस्कनुपर्ने प्रधानमन्त्री बालुवाटारमा सीमित छन्। मन्त्रीहरु संक्रमण पुष्टि भएर धमाधम आइसोलेसनमा पुगिरहेका छन्।   

पीसीआरको संख्या बढाउनुपर्नेमा घट्दै गएको छ। संक्रमित पहिचान नहुँदा समुदायमाथि थप त्रास फैलिँदैछ। सरकारसँग अहिलेसम्मको प्रगतिको बारेमा सोध्यो भने ‘प्रयोगशाला १ बाट बढाएर सातै प्रदेशमा पुर्‍याएको’ भन्नेबाहेक ठोस् उत्तर छैन। जनता अटेर पनि गर्दैछन् सँगै ‘अब त अति भयो’ पनि भन्दैछन्।

‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो छ’ भन्दै आश्वासन दिन त सजिलो छ। निवास भित्रबाटै शासन चलाइरहेको छु भन्न त सजिलो छ। तर सडकको यथार्थ तीतो छ।

प्रतिक्रिया