Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १९ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न

पाठेघरको शल्यक्रिया भन्दै आन्द्रा काटेको आरोप, शव नबुझिकन फर्किए आफन्त

पाठेघरको शल्यक्रिया भन्दै आन्द्रा काटेको आरोप, शव नबुझिकन फर्किए आफन्त

विराटनगरको नोबेल शिक्षण अस्पतालमा शल्यक्रियाका क्रममा मृत्यु भएकी एक महिलाको शव बुझ्न आफन्त र परिवारका सदस्यले अस्वीकार गरेका छन् । पाठेघरको ट्यूमरको सोमबार शल्यक्रिया गरिएकी सोलुखुम्बु नोचासल्यान–४ की ३५ वर्षीय तारादेवी भट्राईको मृत्यु भएको जानकारी अस्पतालले मंगलबार बिहान आफन्तलाई दिएको थियो । चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्य कारबाहीको माग राख्दै शव जिम्मा नलिइकन गएका छन् । उनीहरुले अस्पताल अगाडि नाराबाजी र प्रदर्शन पनि गरे । 

तारादेवीका श्रीमान ओम भट्टराईले सोमबार शल्यक्रिया गर्ने समय तय भएपछि पीसीआर परीक्षण गर्दै आइतबार श्रीमतीलाई अस्पताल भर्ना गरिएको बताए । उनका अनुसार सोमबार बिहान ९ बजेतिर शल्यक्रियाका लागि अप्रेशन थिएटरमा लगिएको थियो । 

'करिब एक घण्टापछि शल्यक्रिया सफल भयोभन्दै बिरामीलाई आइसीयूमा राख्न लगियो,' ओमले भने, 'शल्यक्रियापछि बाहिर निकाल्दा श्रीमतीको अवस्था सामान्य थियो ।' पाठेघरको शल्यक्रिया गर्दा आन्द्राको ट्यूमर देखिएकाले पाठेघर र ट्यूमरनै फालेको कुरा चिकित्सकले बताएपछि आफूले धन्यवाद दिएको उनले सम्झिए ।

आइसीयूमा रहेकी श्रीमतीको रगत नरोकिएकाले पुनः अर्को पटक पनि शल्यक्रिया गर्नुपर्ने भन्दै चिकित्सकले बेलुका अप्रेशन थिएटरतिर लिएर गएको उनको भनाइ छ । करिब आधा घण्टापछि आत्तिएको अवस्थामा रहेका चिकित्सकले भेन्टिलेटरमा लैजानुपर्ने भयो भन्दै अचेत अवस्थामा अक्सिजनसहित अप्रेशन थिएटरबाट बाहिर निकालेको उनले बताए । 

'सुरुमा हामीलाई बिरामीको अवस्था राम्रै छ भनियो,' ओमले भने, 'एक्कासि बिहान मृत्यु भयोभन्ने खबर आयो ।' ट्यूमर निकाल्ने वहानामा चिकित्सकले बिरामीको आन्द्रा काटिदिएको आफन्तको आरोप छ । 'पाठेघरको शल्यक्रिया भनेर लगिए पनि हामीलाई जानकारी नदिइकन श्रीमतीको आन्द्रा काटिएको पाइयो,' ओमको दाबी थियो, 'अस्पताल र चिकित्सकको लापरबाहीले श्रीमती गुमाउनु पर्‍यो ।'

विराटनगरको नोबेल शिक्षण अस्पताल । 

मृत्युपछि उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गर्दै शव जिम्मा नलिएको उनले सुनाए । कारबाही नभएसम्म र शल्यक्रियामा भएका गल्तीको स्पष्ट जानकारी दिएर अस्पतालले कमजोरी स्वीकार नगरेसम्म शव नबुझ्ने ओमले बताए । यसैबीच मृत्युको विषयमा मंगलबार दिउँसो छलफल गर्ने भने पनि अस्पताल प्रशासनले वास्ता नगरेको आफन्तको गुनासो छ । 

शल्यक्रियामा सहभागी स्त्रीरोग विशेषज्ञ प्रा डा. गेहनाथ बरालका अनुसार मृतक महिलाको पाठेघरमा तेस्रो चरण (स्टेज थ्री) को क्यान्सर भइसकेको थियो । पाठेघरको साइडबाट फैलिएको क्यान्सर पिसाब थैली र आन्द्रासम्म पुगेका कारण शल्यक्रिया गरिए पनि बिरामीलाई बचाउन नसकिएको उनको भनाइ छ । 'सिटी स्क्यान गर्दा पाठेघरमा ट्यूमर थियो । पछि परीक्षणका क्रममा क्यान्सर देखियो,' प्रा. डा बरालले भने, 'त्यसपछि क्यान्सरकै हिसाबमा शल्यक्रिया गर्दै ट्यूमर फ्यालियो । तर ट्यूमरभित्र तीन लिटर रगत जमेको पाइएपछि हामीनै आश्चर्यमा पर्‍यौं ।’ 

फुट्न सुरु भएर ट्यूमरबाट अलिअलि रसाएर रगत पेटसम्मै आइपुगेको उनको भनाइ छ । 'शल्यक्रियाका लागि समयमा नल्याइएकाले बिरामीलाई बचाउन सकिएन,' उनले भने, 'अझ् दुई/चार दिन ढिलो भएको भए अस्पताल पनि आइपुग्ने अवस्था थिएन ।'

प्रा.डा. बरालले शल्यक्रियापछि ट्यूमरमा जम्मा भएको धेरै रगत एकै पटक बाहिर निस्कँदा बिरामीको अवस्था गम्भीर बनेको बताए । ‘बिरामीलाई बचाउनका लागि धेरै मेहनत गर्दै सात पिन्टसम्म रगत चढाइयो, 'उनले भने, 'तरपछि शरीरका अंगहरुले काम नै गर्नै छाडे ।'

पछि मुटुको चाल कम हुँदै गएर बिरामीको मृत्यु भएको उनको भनाइ छ । 'ट्यूमर पाठेघरको साइड हुँदै पिसाब थैली र आन्द्रासँग पनि जोडिएका कारण त्यहाँबाट छुट्याउने काम चैं गरिएको हो,' बरालले भने, 'तर शल्यक्रिया गर्दा आन्द्रानै काटिएको कुरा चाहिँ सही हैन ।' उनले अस्पतालमा साताको दुईवटा क्यान्सरको शल्यक्रिया गर्ने गरिएको बताउँदै कुनैकुनै शल्यक्रियामा जटिलता आउनु स्वभाविक रहेको सुनाए । 

प्रतिक्रिया