ताजा अपडेट
अस्मिता र शेरको बद्लिदैन मन
गायिका अस्मिता अधिकारी र गायक शेर कैनीको स्वरमा रहेको बद्लिदैन मन बोलको गीतको म्युजिक भिडियो बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । हिमाँशु रायमाझी ‘गोधुली’को प्रेमील शब्द सृजनामा तयार भएको उक्त गीतमा संगीकार भीम विसीको संगीत भरेका छन् भने पुष्कर सुनुवारको संगीत संयोजन रहेको छ ।
सिन्धुलीका विभिन्न सुन्दर एवम् रमणीय स्थानमाहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोका सुन्दर दृश्यहरु सन्तोष महराको ड्रोन सहयोगमा प्रकाश खड्काले क्यामेरामा कैद गरेका हुन् भने उक्त दृश्यहरु मनोज परियारले मिक्सिङ गरेका हुन् र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । युवा–युवतीबीचको प्रेमलाई र आकर्षण रुपमा प्रस्तुत गरिएको म्यूजिक भिडियोलाई नृत्य निर्देशक विक्रम चौहानले निर्देशन गरेका हुन् । डान्सिङ रियालिटी शो 'बूगिवूगी' बिजेता कविता नेपाली र तुल्सी सिंहको अभिनय रहेको उक्त भिडियोको निर्माण योगेन्द्र कार्कीले गरेका हुन् ।
उक्त गीतको म्युजिक भिडियो तल लिन्कमा पनि उपलब्ध रहेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया