Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

संसारका धेरै देशमा फरक ढंगले मनाइन्छ दिपावली, कहाँ कसरी मनाइन्छ ?

संसारका धेरै देशमा फरक ढंगले मनाइन्छ दिपावली, कहाँ कसरी मनाइन्छ ?

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सोमबारदेखि सुरु भएको छ ।

चन्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । 

तिहारको महत्वपूर्ण दिन दिपावली पनि हो । तर, दिपावली पर्व नेपालमा मात्रै नभएर विश्वभरी मनाइन्छ । कहाँ कसरी मनाइन्छ दिपावली ? यहाँ हामी केही चर्चा गर्नेछौं ।

दिपावली केवल हिन्दूहरुको बीचमा मात्र सीमित छैन । तर, कतिपय देशमा यसो अर्थ र महत्व अलि फरक छ । श्रीलंका, म्यानमार, थाइल्याण्ड, मलेसिया, सिंगापुर, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्याण्ड, फिजी, मरिसस, केन्या, ताञ्जानिया, दक्षिण अफ्रिका, युयाना, सुरीनाम, त्रिनिदाद र टौब्यागो, नेदरल्याण्ड, क्यानडा, बेलायत र अमेरिकामा पनि दिपावली भव्यताका साथ मनाइन्छ । कतिपय देशमा भने दिपावली जस्तै आगोको पर्व मनाइन्छ । हरेक ठाउँमा यसको नाम फरक छ, यसलाई मनाउने परम्परा र मान्यता पनि फरक छ ।

नेपालभन्दा बाहिर बहुसंख्यकले दिपावली मनाइने देश छिमेकी राष्ट्र भारत हो । त्यहाँ हिन्दू जनसंख्या उल्लेख्य रहेको छ । दिवालीको रुपमा दिपावलीलाई भारतमा भव्यरुपमा मनाइन्छ । 

नेपालभन्दा बाहिर भारतपछि सबैभन्दा बढी दिपावली मनाइने देश बेलायतको जंगलले घेरिएको शहर लेस्टर हो । त्यहाँ बस्ने हिन्दू, जैन र सिख समुदायले धूमधामरुपले दिपावली मनाउँछन् । अन्य धर्म मनाउनेहरुले पनि दिपावली मनाउने चलन त्यहाँ छ । आफन्तलाई मिठाई बाँढ्ने र सडकमा निस्किएर पटाका पड्काउने चलन त्यहाँ छ ।

बेलायतमा १६०५ देखि एउटा यस्तो पर्व मनाइन्छ, जसको अलग्गै महत्व छ । आधा रातमा म्यारी शहरलाई प्रकाशले प्रज्वलित बनाइन्छ । यस्तो आगोको पर्व हरेक वर्ष ५ नोभेम्बरमा मनाइन्छ ।

दीपावलीजस्तै जापानमा ओनियो फेयर फेस्टिभल धुमधामका साथ मनाइन्छ । जनवरीमा मनाइने ओनियो फेस्टिभल जापानको सबैभन्दा पुरानो चाडपर्व हो । फुकुओकामा दिपावलीजस्तै प्रकाशको पर्व धुमधामसँग मनाइन्छ । यसक्रममा संकटलाई नष्ट गर्न मसाल जलाइन्छ । त्यहाँ आगोको बत्तीलाई मन्दिरबाट बाहिर निकालेर अर्को स्थानसम्म लगिन्छ । जापानमा सेतो लुगा लगाएर मसाल घुमाउने गरिन्छ ।

त्यसैगरी अमेरिकाको अल्टूना शहरमा हरेक वर्ष ३१ अक्टोबरदेखि १ नोभेम्बरसम्म ‘स्यामहेन’ पर्व शानदाररुपमा मनाइद्द५ । भूतको सम्मानमा आयोजित यस पर्वको क्रममा आगो बालिन्छ । मनोरञ्जनका लागि फरक फरक ढंका कार्यक्रम हुने हुनाले अन्य मानिसहरु पनि सहभागी भएर कार्यक्रमबाट मनोरञ्जन लिने गर्दछन् ।

थाइल्याण्डमा पनि दिपावलीलाई लाम क्रियोंघको नामबाट मनाइन्छ । केराको पातबाट बनेको बत्ती र धूप बालेर राति उज्यालो बनाइन्छ । यसमा पैसा पिन राखिन्छ । बलिरहेको बत्तीलाई नदीमा बगाउने गरिन्छ ।

त्यसैगरी सिंगापुरमा पनि दिपावली पर्वको लागि रंगोलीको परम्परागत चित्र बनाइन्छ । जुन असाध्यै सुन्दर देखिन्छ । सिंगापुरको दिपावलीको तस्बिर देखेरै अनुमान गर्न सकिन्छ कि त्यहाँ दिपावलीलाई महत्व दिइन्छ ।

प्रतिक्रिया