Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

एकै दिन दुई छुट्टा छुट्टै रिपोर्ट, कुन पत्याउने ?

एकै दिन दुई छुट्टा छुट्टै रिपोर्ट, कुन पत्याउने ?

मोरङको बूढीगंगा गाउँपालिका–४ हात्तीमुढाका ४३ वर्षीय उपेन्द्रकुमार रायलाई कात्तिक २ गते ज्वरो र टाउको दुख्ने समस्या भयो। कोरोना भाइरसको लक्षण मिलेपछि उनले कात्तिक ४ गते विराटनगरस्थित कोसी अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्न दिए।  

तीन दिनपछि रिपोर्ट पोजेटिभ आयो। संक्रमण पुष्टि भएपछि राय होम आइसोलेसनमा बसे। ११ दिनपछि रिपोर्ट नेगेटिभ आउने आसमा कात्तिक १७ गते विराटनगरको विराट मेडिकल कलेजको ल्याबमा उनले स्वाब दिए। तर, भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि राय फेरि ७ दिन आइसोलेसन बसे।  कात्तिक २५ गते उनले पुनः विराटमा नै स्वाब दिए। ५ घण्टापछि रिपोर्ट त आयो तर, पुनः पोजेटिभ। 

स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि रिपोर्ट शंका लागेपछि रायले विराटनगर–४ बरगाँछीमा सञ्चालित बी सियोर ल्याबमा पुन स्वाब दिए। सो ल्याबमा भने रिपोर्ट नेगेटिभ आयो। उनी भन्छन् ‘ल्याब सबै सरकारद्वारा मान्यता प्रप्त भन्छन्, चेक पनि गर्छन्, तर एकै दिन आएको रिपोर्ट फरक–फरक छ,’ कुनलाई आधार मान्ने ?’ तीन पटकसम्म पोजेटिभ रिपोर्ट आएका रायलाई अहिले कुनै स्वास्थ्य समस्या छैन। 

पहिलो पटक कोसीमा स्वास्थ्य परीक्षण गराएको पनि एक महिना हुन लाग्यो। तर, एकै दिन पोजेटिभ र नेगेटिभ रिपोर्ट आउँदा अहिलेसम्म मन सन्तोष भने नभएको राय बताउँछन्। 

‘कोरोना जस्तो कुरा, परिवारसँगै बस्नुपर्ने, हिँड्नुपर्ने, एउटा रिपोर्टले नहिँड भन्ने देखाउँछ, अर्कोले कोरोना छैन भन्ने देखाउँछ’, उनले प्रश्न गर्दै भने ‘अब मैले गर्ने के हो ?’ दुई थरी रिपोर्टले आफूलाई मानसिक तनाव बढाएको रायको गुनासो छ। अझै उनी सामाजिक दूरी कायम गरेर काम गरिरहेका छन्। 

पछिल्लो समय सरकारले निजी क्षेत्रलाई पनि कोरोना परीक्षणका लागि अनुमति दिन थालेपछि विराटनगरमा पीसीआर परीक्षण गर्ने निजी ल्याबको संख्या धेरै छ। तर, ल्याबपिच्छे फरक रिपोर्ट आउँदा जोखिम बढेको सरोकारवाला बताउँछन्। ‘सही रिपोर्ट दिनेभन्दा, प्रतिस्पर्धामा ल्याब खोल्ने क्रम बढेको छ, यसले संक्रमण नियन्त्रणभन्दा पनि जोखिम बढेको छ,’ मानवअधिकारकर्मी घनश्याम गामनागे भन्छन् ‘ल्याब र त्यसमा काम गर्नेको दक्षता नहेरी सरकारले अनुमति दिँदा जोखिम बढेको हो।’

स्वाब संकलन गरेको समय, प्रक्रिया र परीक्षण गर्ने किटको आधारमा कहिलेकाहीँ फरक–फरक रिपोर्ट आउने माइक्रोबायोलोजिस्ट विवेक तिम्सिना बताउँछन्। ‘सही तरिकाले स्वाब लिए एकै रिपोर्ट आउँछ, नमुनाको क्वालिटी फरक पर्दा यो समस्या देखिने गरेको छ,’ उनले भने ‘स्वाबको क्वालिटीमा ध्यान दिए यो समस्या हुँदैन।’ घाँटी र नाकबाट लिने स्वाबको नमुनाको क्वालिटी पहिले टेस्ट गर्न आवश्यक रहेको उनको भनाइ छ। 

प्रतिक्रिया