Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

एकै दिन दुई छुट्टा छुट्टै रिपोर्ट, कुन पत्याउने ?

एकै दिन दुई छुट्टा छुट्टै रिपोर्ट, कुन पत्याउने ?

मोरङको बूढीगंगा गाउँपालिका–४ हात्तीमुढाका ४३ वर्षीय उपेन्द्रकुमार रायलाई कात्तिक २ गते ज्वरो र टाउको दुख्ने समस्या भयो। कोरोना भाइरसको लक्षण मिलेपछि उनले कात्तिक ४ गते विराटनगरस्थित कोसी अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्न दिए।  

तीन दिनपछि रिपोर्ट पोजेटिभ आयो। संक्रमण पुष्टि भएपछि राय होम आइसोलेसनमा बसे। ११ दिनपछि रिपोर्ट नेगेटिभ आउने आसमा कात्तिक १७ गते विराटनगरको विराट मेडिकल कलेजको ल्याबमा उनले स्वाब दिए। तर, भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि राय फेरि ७ दिन आइसोलेसन बसे।  कात्तिक २५ गते उनले पुनः विराटमा नै स्वाब दिए। ५ घण्टापछि रिपोर्ट त आयो तर, पुनः पोजेटिभ। 

स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि रिपोर्ट शंका लागेपछि रायले विराटनगर–४ बरगाँछीमा सञ्चालित बी सियोर ल्याबमा पुन स्वाब दिए। सो ल्याबमा भने रिपोर्ट नेगेटिभ आयो। उनी भन्छन् ‘ल्याब सबै सरकारद्वारा मान्यता प्रप्त भन्छन्, चेक पनि गर्छन्, तर एकै दिन आएको रिपोर्ट फरक–फरक छ,’ कुनलाई आधार मान्ने ?’ तीन पटकसम्म पोजेटिभ रिपोर्ट आएका रायलाई अहिले कुनै स्वास्थ्य समस्या छैन। 

पहिलो पटक कोसीमा स्वास्थ्य परीक्षण गराएको पनि एक महिना हुन लाग्यो। तर, एकै दिन पोजेटिभ र नेगेटिभ रिपोर्ट आउँदा अहिलेसम्म मन सन्तोष भने नभएको राय बताउँछन्। 

‘कोरोना जस्तो कुरा, परिवारसँगै बस्नुपर्ने, हिँड्नुपर्ने, एउटा रिपोर्टले नहिँड भन्ने देखाउँछ, अर्कोले कोरोना छैन भन्ने देखाउँछ’, उनले प्रश्न गर्दै भने ‘अब मैले गर्ने के हो ?’ दुई थरी रिपोर्टले आफूलाई मानसिक तनाव बढाएको रायको गुनासो छ। अझै उनी सामाजिक दूरी कायम गरेर काम गरिरहेका छन्। 

पछिल्लो समय सरकारले निजी क्षेत्रलाई पनि कोरोना परीक्षणका लागि अनुमति दिन थालेपछि विराटनगरमा पीसीआर परीक्षण गर्ने निजी ल्याबको संख्या धेरै छ। तर, ल्याबपिच्छे फरक रिपोर्ट आउँदा जोखिम बढेको सरोकारवाला बताउँछन्। ‘सही रिपोर्ट दिनेभन्दा, प्रतिस्पर्धामा ल्याब खोल्ने क्रम बढेको छ, यसले संक्रमण नियन्त्रणभन्दा पनि जोखिम बढेको छ,’ मानवअधिकारकर्मी घनश्याम गामनागे भन्छन् ‘ल्याब र त्यसमा काम गर्नेको दक्षता नहेरी सरकारले अनुमति दिँदा जोखिम बढेको हो।’

स्वाब संकलन गरेको समय, प्रक्रिया र परीक्षण गर्ने किटको आधारमा कहिलेकाहीँ फरक–फरक रिपोर्ट आउने माइक्रोबायोलोजिस्ट विवेक तिम्सिना बताउँछन्। ‘सही तरिकाले स्वाब लिए एकै रिपोर्ट आउँछ, नमुनाको क्वालिटी फरक पर्दा यो समस्या देखिने गरेको छ,’ उनले भने ‘स्वाबको क्वालिटीमा ध्यान दिए यो समस्या हुँदैन।’ घाँटी र नाकबाट लिने स्वाबको नमुनाको क्वालिटी पहिले टेस्ट गर्न आवश्यक रहेको उनको भनाइ छ। 

प्रतिक्रिया