Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २१ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक

खोप ल्याउन अध्यादेश

खोप ल्याउन अध्यादेश

नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावतमा तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ कोरोना सङ्क्रमित भेटिएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समिति तातिएको छ । नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण तथा रोकथाममा लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरालाई बढाउनुका साथै भीडभाड बढी हुने र सम्पर्कमा आउने व्यक्तिलाई प्राथमिकताका साथ परीक्षण गर्ने भएको हो । 

कोरोना लक्षणसहित सिकिस्त बिरामीलाई सुविधायुक्त अस्पतालसम्म पुर्याउनका लागि कर्णाली प्रदेश सरकारलाई हेलिकप्टरको व्यवस्थाका लागि आग्रह गरिने भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए । जिल्लामा रहेका दुईवटा भेन्टिलेटरले अपुग हुने भएकाले थप दुईवटा प्रदेश सरकारसँग माग गरिने भएको छ । यस्तै सिमकोट गाउँपालिकाले क्वारेन्टिन व्यवस्था गर्ने, जिल्लास्तरको आइसोलेसन र १० शय्या क्षमताको क्वारेन्टिनको व्यवस्था सिमकोटस्थित रानीवनमा रहेको साविक चिता अस्पतालको घरलाई भाडामा लिएर जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रअन्तर्गत रहने गरी स्वास्थ्य सेवा कार्यालयले व्यवस्था गर्ने निर्णय गरिएको छ । प्रत्येक गाउँपालिकामा पाँच शय्या क्षमताको आइसोलेसन र १५ शय्या क्षमताको क्वारेन्टिनको व्यवस्था गरिने भएको छ । 

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या भयावह हुने अवस्था सिर्जना भएको खण्डमा जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीबाट अपुग भएमा थप स्वास्थ्य जनशक्तिका लागि  प्रदेश सरकारसँग माग गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए । जिल्लाका सातवटै स्थानीय तहमा कोरोना सङ्क्रमणबाट मृत्यु भएको खण्डमा अन्त्येष्टिको व्यवस्था सम्बन्धित पालिकालाई गर्ने जिम्मेवारी दिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।

नेपालगञ्ज र सुर्खेतबाट आएका यात्रुको ज्वरो मापन गर्नका लागि सिमकोट विमानस्थलमा राखिएको हेल्थ डेस्कलाई थप व्यवस्थित गरेर आगामी दिनमा सञ्चालन गरिने भएको छ । नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग भएर सिमकोट पुगेका यात्रुले कोरोना सङ्क्रमण नभएको नक्कली रिर्पोट ल्याएको पाइएमा कोरोना सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।

विश्व बजारमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने सम्भावनालाई ध्यान दिँदै छिटो खोप ल्याउन पूर्वतयारीका लागि अध्यादेश ल्याइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोनालगायत संक्रामक रोगविरुद्ध खोप एवं औषधि आकस्मिक रूपमा प्रयोग गर्नुपरेको अवस्थामा सम्बोधन गर्ने ऐन नभएकाले अध्यादेश जारी गरिएको बताए। ‘कुनै संक्रामक रोगविरुद्ध निर्मित खोप वा औषधि आकस्मिक रूपमा प्रयोग गर्नुपर्ने हुन्छ’, प्रवक्ता प्रा. डा. गौतमले भने, ‘त्यस्तो परेको अवस्थामा सहजै उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले अध्यादेश ल्याउनुपरेको हो।’

औषधि ऐन २०३५ मा औषधि दर्तासम्बन्धी व्यवस्था छ। औषधि व्यवस्था विभागमा दर्ता भएको औषधि मात्र बिक्रीवितरण गर्न पाउने कानुनी व्यवस्था छ। त्यस्तै, ऐनको दफा ३१ मा कसैले कुनै नयाँ औषधिको क्लिनिकल परीक्षण गर्न चाहे त्यसका लागि विभागबाट तोकिएबमोजिम अनुमतिपत्र लिनुपर्ने हुन्छ। अध्यादेशले यो व्यवस्थालाई खुकुलो बनाएको जनाइएको छ।

अमेरिकालगायत विभिन्न मुलुकका कम्पनीले कोरोना भाइरसविरुद्ध खोपको परीक्षणमा सफलता हासिल गरेको बताउँदै आएका छन्। कोभिडविरुद्धको खोपको परीक्षण सफल हुनासाथ खरिदका लागि सरकारले अर्थ, स्वास्थ्य र परराष्ट्रसचिव सम्मिलित ३ सदस्यीय कार्यदल गठनसमेत गरिसकेको छ।

स्वास्थ्य प्रवक्ता प्रा. डा. गौतमले भने कुन खोप ल्याउने भनेर कुनै निर्णय भइनसकेको बताए। ‘अहिले कोरोनाविरुद्धका खोप बन्दै गरेका हुन्। ती खोप सहज उपलब्धका साथै सुलभ र प्रभावकारी हुनुपर्‍यो’, उनले भने, ‘धेरै वर्षसम्म रोगविरुद्ध  काम गर्न सक्ने हुनुपर्छ।’

खोप भण्डारण चुनौतीपूर्ण

कोरोना भाइरसविरुद्धको खोप निर्माणमा दर्जनौं कम्पनी प्रतिस्पर्धामा रहे पनि नेपालमा खोप भण्डारणका लागि भौतिक संरचना (कोल्ड चेन) समस्या देखिएको छ।

अहिले चर्चामा रहेका खोपमध्ये अमेरिकी कम्पनी मोडेर्नाको खोप भण्डारण गर्न सहज हुने देखिएको छ। यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिर रूपमा भण्डारण गर्न सकिने जनाइएको छ। सामान्य फ्रिजमा पनि एक महिनासम्म राख्न सकिन्छ। फाइजर र बायोएनटेकको खोपलाई भने माइनस ७० डिग्री सेल्सियसको चिसो तापक्रममा भण्डारण गर्नुपर्ने कम्पनीले जनाएको छ। यो खोपले ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक गौतमले २ देखि ८ डिग्रि सेल्सियसमा भण्डारण गर्न सकिने भौतिक संरचनाको व्यवस्था रहेको बताए। मोडर्नाद्वारा निर्मित खोप २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म राख्न सकिने जनाइएको छ। मोडेर्नाको खोपले ९४.५ प्रतिशत सुरक्षा दिएको कम्पनीले जनाएको छ।

डा. गौतमले २० डिग्रीसम्मको तापक्रममा पनि भण्डारण गर्न सकिने भएकाले मोडर्नाको खोप उपयुक्त हुन सक्ने बताए। उनले भने, ‘माइनस ७० डिग्री सेल्सियसमा खोप भण्डारण गर्न सकिने अवस्था छैन। भण्डारणका लागि नयाँ संरचना बनाउनुपर्ने हुन्छ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले कोरोनाविरुद्ध खोप निर्माण भइरहेकाले खोप ल्याउनेबारे कुनै निर्णय भइसकेको छैन। उनले भने, ‘खोप निर्माण भइरहेकाले कुन खोप प्रयोग हुन्छ । नेपालमा कुन खोप पहिले आउँछ भन्ने अहिले यकिन भइसकेको छैन।’

प्रतिक्रिया