Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०३ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

नामको मात्रै सीमा सिल, आउजाउ खुल्लै ! वारिपारि न हेल्थडेस्क छन् न त रेकर्ड राख्ने व्यवस्था

नामको मात्रै सीमा सिल, आउजाउ खुल्लै ! वारिपारि न हेल्थडेस्क छन् न त रेकर्ड राख्ने व्यवस्था

सानो झोला बोकेका सुबोधलाई नाकामा दुवैतर्फका सुरक्षाकर्मीले हैरान पार्लान् भन्ने पीर थियो तर त्यस्तो केही भएन । दशगजा पारि उभिएका एसएसबीले सोधपुछसम्म गरेनन् । वारिका सशस्त्र प्रहरीले त प्रमोदको मोटरसाइकल जान दिन ब्यारिकेड नै हटाए ।

सुबोध र प्रमोद दुवै छक्क परे । सीमानाका छिर्न ठूलै संघर्ष गर्नुपर्ला भन्ने उनीहरूलाई लागेको थियो । बहिनीसित टीका थापेर मंगलबार बिहान सुबोध फेरि दरभंगा फर्किए । आउँदाजस्तै ज्वाइँ प्रमोदले उनलाई मोटरसाइकलमा जटहीसम्म पिकअप गरिदिए । पारि गएर उनले बस चढे । आउँदा सहज भए पनि फर्कंदा भने नाकामा केही असजिलो होला कि जस्तो लागेको थियो । ‘धेरै केरकार गर्‍यो भने फर्किनुपर्ला भन्ने सोचेर सीमासम्म आएँ,’ सुबोधले ज्वाइँ प्रमोदलाई सुनाएका थिए, ‘गाडी मात्र नचल्दो रहेछ । अरू सबै सहज नै देखियो ।’

शनिबार अपराह्न छोरासहित जटही नाका पुगेकी नगराइन–५ की रामसेविका देवीलाई पारिको बजार पिप्रोनसम्म पुग्नु थियो । भारतमा विवाह भएकी छोरी र ज्वाइँ उनलाई भेट्न पिप्रोन बजार आइपुगेका थिए । दुई किलोमिटरको दूरीमा रहेको नाकासम्म उनी पैदलै आइपुगिन् । दशगजानजिक पुगेर अलमलमा परिन् । जमुनिया नदीको पुल निर्माणाधीन थियो । रामसेविकाले सोचिन्– यही पुल नबनेर गाडी नचलेको होला । ‘पुल नै भाँचिएको छ अनि कसरी गाडी चल्छ,’ छोरालाई उनले सुनाउँदै थिइन्, ‘यहाँबाट पनि पैदलै पिप्रोन पुग्नुपर्ला ।’

कोरोना भाइरस संक्रमणको महामारी विश्वव्यापी फैलिएपछि नेपाल सरकारले गत चैत ८ मा भारतसँग जोडिएका सबै सीमानाका सिल गर्‍यो । भारतले पनि लकडाउन गर्‍यो । भारतसँग जोडिएको सीमानाकामा सशस्त्र प्रहरीको निगरानी र गस्ती बढाइयो । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टमा थप मद्दतका लागि फरवार्ड बेस नै दशगजामा स्थापना गरियो । नेपाल र भारत दुवै देशमा कोरोना भाइरसको संक्रमण उच्च रहे पनि यतिबेला लकडाउन हटाइएको छ । तर सीमा सिल खोलिएको छैन ।

पारिवारिक, व्यापारिक र सामाजिक सम्बन्धमा गाँसिएको दुवै देशका सीमाञ्चलका बासिन्दा भने लम्बिएको सीमाबन्दीले आजित छन् । यसको कारण हो, सवारीसाधन लिएर निर्धक्क वारिपारि गर्न नपाउनु । वारिपारि बिहेबारी चल्छ । सीमावर्ती क्षेत्रका बासिन्दाको पुरानो नातासम्बन्ध मात्रै होइन, धेरैजसो किनमेलका लागि पारिका बजारकै भर छ । सीमा सिलकै बेला तीनवटा ठूला पर्व दसैं, तिहार र छठको किनमेल गर्न भारतीय सीमावर्ती बजारमा नेपाली ग्राहकको भीड नै लाग्यो । महोत्तरीको सीमासँगै टाँसिएको भारतीय बजार मधवापुरमा यी तीनवटै पर्वमा किनमेल गर्न पुग्ने नेपाली ग्राहक नै अधिक थिए । नाकामा खटिएका दुवै देशका सुरक्षाकर्मी भने सीमा आउजाउ गर्नेलाई नदेखेझैं गरिदिन्छन् । प्रदेश २ को भारतसँग ४ सय ६० किलोमिटर सीमा जोडिएको छ । यो दूरीमा १ सय ९ वटा सानाठूला नाका छन् । नाकामा सशस्त्र प्रहरीको ६३ वटा बोर्डर आउट पोस्ट (बीओपी) छन् । औपचारिक रूपमा भन्सार नराखिएका कतिपय नाकामा वारिपारिका बस्ती दशगजाकै साँधमा छन् ।

सशस्त्र प्रहरीका प्रदेश २ का प्रमुख डीआईजी कृष्णभक्त ब्रह्मचार्यका अनुसार भारतसँग जोडिएको मुख्य नाकाबाट सरकारकै नीतिअनुसार मानिसको आउजाउ भइरहेको छ । ‘मुख्य नाकालाई खुकुलो पारिएको हो । अन्य बाटोबाट भने प्रवेश निषेध गरिएको छ,’ डीआईजी ब्रह्मचार्यले कान्तिपुरसँग भने, ‘बीओपी र फरवार्ड बेसबाट नाकाको निगरानी राखिएको छ । चोरबाटो आउजाउ भइरहेको छ भने त्यो रोकिन्छ ।’ नेपाल प्रहरी प्रदेश २ कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाईंका अनुसार भारतसँग जोडिएको सीमानाकामा नेपाल प्रहरीका ९८ वटा चौकी छन् ।

सीमाबाट खुलेआम आउजाउ भइरहे पनि लकडाउनका बेलाजस्तो सुरक्षा र स्वास्थ्य सतर्कता अपनाइएको भने छैन । लकडाउन र त्यसपछि स्थानीय प्रशासनले गरेका निषेधाज्ञाका समयमा नाकामै हेल्थ डेस्क राखेर पारिबाट आउनेको ज्वरो नाप्ने र उनीहरूको नाम र ठेगाना टिप्ने गरिन्थ्यो । अहिले भने नाकाबाट हेल्थ डेस्क हटेको छ । आउजाउ गर्नेको न अहिले तथ्यांक राखिएको छ न त स्वास्थ्य जाँच नै । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका प्रमुख श्रवण मिश्रका अनुसार प्रदेश २ का ६ स्थानमा रहेका प्रयोगशालाबाट मात्र अहिले कोरोना जाँचका लागि स्वाब संकलन भइरहेको छ । ‘लक्षण देखिएर जँचाउन आएकाको प्रयोगशालाको सेन्टरमै स्वाब संकलन गरिरहेका छौं,’ उनले भने ।

सीमा सिल औपचारिकता मात्र

सप्तरीसँग जोडिएका भारतीय नाकाहरूमा सीमा सिल औपचारिकतामा मात्र सीमित छ । सप्तरीमा रहेको मूल भन्सार तिलाठी नाका, छिन्नमस्ता गोविन्दपुर, बनैनिया नाका, रामनगर कोदरकटीलगायत नाकाबाट दैनिक धेरै जना ओहोरदोहोर गर्छन् । दैनिक उपभोग्य सामानको खरिद गर्न पनि पारिको बजारमा पुग्छन् । सीमा सिलमा औपचारिकता मात्र देखिए पनि तस्करी मौलाएको छ भने भन्सारको राजस्व असुली गिरावट छ । ‘अहिले बोर्डरमा साविकमा हुँदै आएको भारतीय सवारीसाधन भित्रिने कामबाहेक सबै खुल्ला छ,’ पातो नाकाका स्थानीय चन्द्रनारायण यादवले भने, ‘सीमा सिलको सरकारी निर्णय अहिले मजाकजस्तै बनेको छ ।’

सप्तरीका नाकाहरूबाट दैनिक रूपमा सयौं मानिस ओहोरदोहोर र मालसामान भित्रिरहँदा सप्तरीका प्रशासनका अधिकारीहरू भने बोर्डर पूर्णरूपमा सिल रहेको दाबी गर्छन् । ‘बोर्डर सिल नै छ, सीमा क्षेत्रका कोही मानिस ओहोरदोहोर गरेका होलान् तर मालसामान भित्रिने वा भारतको भित्री सहरबाट मानिस आएका छैनन्,’ सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने, ‘बोर्डर सिल पूर्णरूपमा पालना गराउन प्रहरी सक्रिय छ ।’

सीमामा वारि सशस्त्र र नेपाल प्रहरी छन्, पारि ठाउँठाउँमा एसएसबीको युनिटले पहरा दिइरहेको छ । तर वारिपारिका बस्ती हुँदै आउजाउ गर्नेहरूले सवारीसाधन ल्याउन–लैजानबाहेक हिँडेर आवागमन गर्न कुनै अवरोध छैन । ‘ओहोरदोहोर पूर्णरूपमै भइरहेको छ भने सीमा खोलेकै राम्रो,’ तिलाठीकोइलाडी–८ का सफिक मन्सुरीले भने, ‘अनावश्यक रूपमा दुःख दिनुभन्दा खोल्नु नै राम्रो ।’ विगतमा भन्सार शुल्क तिरेर निर्बाध नेपाल प्रवेश गर्ने भारतीय गाडीहरू अहिले पस्न पाएका छैनन् । भारतका विभिन्न सहरबाट आउनेहरू सीमा क्षेत्रमा भारततर्फ आफनो सवारीसाधन राखेर नेपाल पस्छन् । काम सकेर पुनः उतै फर्कने गरेका छन् ।  कान्तिपुर 

प्रतिक्रिया