Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सत्ता संकट समस्याको समाधान गर्न के संकटकाल नै लाउछन त ?

सत्ता संकट समस्याको समाधान गर्न के संकटकाल नै लाउछन त ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आएको एकपछि अर्को सत्ता संकट चतुर्याईका साथ टार्न सफल हुँदै आएका छन् । उनले विगतमा दुईपटक सत्ताबाट हटाउने आफ्नै दल नेपाल कम्युनिस्ट पार्टीभित्रबाट आएको चुनौतीलाई चतुर्याइका साथ असफल पारिदिए । यसपटकको प्रयासलाई पनि उनले विफल पार्न विभिन्न रणनीति चाल्न थालेका छन् ।

ओलीले कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् । पार्टीभित्र कुनैपनि बेला आफूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय हुनसक्ने बुझेरै विभिन्न विकल्प तयार गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी कमिटी सदस्य भीम रावलले आइतबार गृह क्षेत्र पुगेर ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय हुनसक्ने बताइसकेका छन् । ओली यो सम्भावनाबारे जानकार भएरै विकल्प तयार गरेका हुन् ।

यसपटक ओलीले सत्ता ढाल्न खोजिए नेपाली काँग्रेसको साथ लिन खोजेका छन् । त्यसका लागि काँग्रेस सभापति शेरबहादुर देउवासँग राजनीतिक लेनदेनको कुरा गरिसकेका छन् । देउवालाई संवैधानिक नियुक्तिमा लेनदेन मिलाएर साथ लिने ओलीको रणनीति देखिदैछ । शनिबार देउवासँग तीन घन्टा बालुवाटारमा बैठक बसेर ओलीले पार्टीभित्रका विरोधीलाई रक्षात्मक बनाइदिएका छन् ।

संसद बिघटन गरी मध्यावधिको घोषणाको तयारी पनि ओलीको छ । उनले त्यसका लागि निकटस्थसँग परामर्श गरिसकेका छन् । तर, विश्वासपात्रहरुले त्यस्तो कदम नचाल्न सुझाव दिएको बुझिएको छ । सत्ता छाड्ने वाध्यकारी अवस्था आउन लागेमा ओली संसद बिघटनको कठोर कदम चाल्न समेत तयार हुने देखिएको छ ।

मध्यावधि चुनाव गर्न एक वर्ष लागिहाल्ने र त्यो अवधिसम्म सरकार तीन वर्ष पूरा भइसक्नेछ । प्रचण्डलाई सत्ताको साँचो बुझाउनुभन्दा कठोर कदम चाल्ने ओलीको तयारी छ ।

संकटकाल घोषणा पनि ओलीको विकल्पमा परेको छ । देशमा कोरोना भाइरसको महामारी बढिरहँदा संकटकाल घोषणा संविधान अनुसार गर्न मिल्छ । त्यस्तो अवस्थामा ओलीको सत्ता संकट टर्नसक्छ । यी विकल्पमा जानु नपर्ने हो भने ओलीलाई प्रचण्डलगायत नेकपाका विरोधी नेताहरुले प्रधानमन्त्रीमा नहटाउने गरी कुनै सहमति खोज्नुपर्ने हुनसक्छ ।

यसअघि पनि ओलीले दुईपटक सत्ता संकट टार्न बामदेव गौतमको साथ लिएका थिए । गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेर तरंग ल्याइदिए । उनले आफूमाथिको घेराबन्दी तोडेका थिए । दोस्रोपटक गौतमलाई सांसद बनाएर उपप्रधानमन्त्री बनाउने प्रस्ताव पनि सारेका थिए ।

बामदेवले छ बुँदे सहमति प्रस्ताव ल्याएर ओलीविरुद्धको मोर्चालाई कमजोर पारिदिए । तर, उनलाई सरकारमा लाने सहमति कार्यान्वयन भएन । अहिले ओली वामदेवलाई सरकारमा लगेर भएपनि घेराबन्दी तोड्ने प्रयासमा छन् । तर, गौतम यसपटक सम्झौता नगर्ने पक्षमा पुगेका छन् । यसकारण ओलीले पार्टीबाहिर गएर या कठोर कदम चालेर सत्ता संकट टार्न खोजेका छन् ।

प्रतिक्रिया