Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सत्ता संकट समस्याको समाधान गर्न के संकटकाल नै लाउछन त ?

सत्ता संकट समस्याको समाधान गर्न के संकटकाल नै लाउछन त ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आएको एकपछि अर्को सत्ता संकट चतुर्याईका साथ टार्न सफल हुँदै आएका छन् । उनले विगतमा दुईपटक सत्ताबाट हटाउने आफ्नै दल नेपाल कम्युनिस्ट पार्टीभित्रबाट आएको चुनौतीलाई चतुर्याइका साथ असफल पारिदिए । यसपटकको प्रयासलाई पनि उनले विफल पार्न विभिन्न रणनीति चाल्न थालेका छन् ।

ओलीले कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् । पार्टीभित्र कुनैपनि बेला आफूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय हुनसक्ने बुझेरै विभिन्न विकल्प तयार गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी कमिटी सदस्य भीम रावलले आइतबार गृह क्षेत्र पुगेर ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय हुनसक्ने बताइसकेका छन् । ओली यो सम्भावनाबारे जानकार भएरै विकल्प तयार गरेका हुन् ।

यसपटक ओलीले सत्ता ढाल्न खोजिए नेपाली काँग्रेसको साथ लिन खोजेका छन् । त्यसका लागि काँग्रेस सभापति शेरबहादुर देउवासँग राजनीतिक लेनदेनको कुरा गरिसकेका छन् । देउवालाई संवैधानिक नियुक्तिमा लेनदेन मिलाएर साथ लिने ओलीको रणनीति देखिदैछ । शनिबार देउवासँग तीन घन्टा बालुवाटारमा बैठक बसेर ओलीले पार्टीभित्रका विरोधीलाई रक्षात्मक बनाइदिएका छन् ।

संसद बिघटन गरी मध्यावधिको घोषणाको तयारी पनि ओलीको छ । उनले त्यसका लागि निकटस्थसँग परामर्श गरिसकेका छन् । तर, विश्वासपात्रहरुले त्यस्तो कदम नचाल्न सुझाव दिएको बुझिएको छ । सत्ता छाड्ने वाध्यकारी अवस्था आउन लागेमा ओली संसद बिघटनको कठोर कदम चाल्न समेत तयार हुने देखिएको छ ।

मध्यावधि चुनाव गर्न एक वर्ष लागिहाल्ने र त्यो अवधिसम्म सरकार तीन वर्ष पूरा भइसक्नेछ । प्रचण्डलाई सत्ताको साँचो बुझाउनुभन्दा कठोर कदम चाल्ने ओलीको तयारी छ ।

संकटकाल घोषणा पनि ओलीको विकल्पमा परेको छ । देशमा कोरोना भाइरसको महामारी बढिरहँदा संकटकाल घोषणा संविधान अनुसार गर्न मिल्छ । त्यस्तो अवस्थामा ओलीको सत्ता संकट टर्नसक्छ । यी विकल्पमा जानु नपर्ने हो भने ओलीलाई प्रचण्डलगायत नेकपाका विरोधी नेताहरुले प्रधानमन्त्रीमा नहटाउने गरी कुनै सहमति खोज्नुपर्ने हुनसक्छ ।

यसअघि पनि ओलीले दुईपटक सत्ता संकट टार्न बामदेव गौतमको साथ लिएका थिए । गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेर तरंग ल्याइदिए । उनले आफूमाथिको घेराबन्दी तोडेका थिए । दोस्रोपटक गौतमलाई सांसद बनाएर उपप्रधानमन्त्री बनाउने प्रस्ताव पनि सारेका थिए ।

बामदेवले छ बुँदे सहमति प्रस्ताव ल्याएर ओलीविरुद्धको मोर्चालाई कमजोर पारिदिए । तर, उनलाई सरकारमा लाने सहमति कार्यान्वयन भएन । अहिले ओली वामदेवलाई सरकारमा लगेर भएपनि घेराबन्दी तोड्ने प्रयासमा छन् । तर, गौतम यसपटक सम्झौता नगर्ने पक्षमा पुगेका छन् । यसकारण ओलीले पार्टीबाहिर गएर या कठोर कदम चालेर सत्ता संकट टार्न खोजेका छन् ।

प्रतिक्रिया