Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

फेरि थपियो मेलम्चीमा चार महिनाको भाका

फेरि थपियो मेलम्चीमा चार महिनाको भाका

काठमाडौंवासीलाई मृगतृष्णा जस्तै बनेको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने नयाँ मिति सार्वजनिक भएको छ । सरकारले अब कुनै पनि प्राविधिक समस्या नआए चार महिनाभित्र उपत्यकाका धारामा मेलम्चीको पानी झर्ने दाबी गरेको छ ।

चालू आर्थिक वर्ष २०७७-७८ को बजेट बक्तव्यमा असारमै सम्पन्न भइ मेलम्चीको पानी उपभोक्ताको धारामा आउने घोषणा गरिए पनि अझै चार महिना लाग्ने खानेपानी तथा सरसफाई मन्त्रालयले जनाएको छ । पछिल्लोपटक गत जेठ १५ गतेको संघीय बजेट वक्तव्यमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले असार मसान्तभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिने र नयाँ आर्थिक वर्षको सुरुवातमा काठमाडौं उपत्यकामा नै मेलम्ची पानी वितरण गरिने प्रतिबद्धता जनाएका थिए । सरकारले पटकपटक सम्पन्न हुने भनेर घोषणा गरिएको र पूरा हुन नसकेको सो आयोजनाको काम फेरि चार महिना मात्रै लाग्ने बताएपनि अझै निश्चित भने छैन ।

प्राविधिक त्रुटीका कारण मेलम्ची आयोजना लम्बिएको र यसको त्रुटी सच्याएर सम्पन्न गर्न अब चार महिना लाग्ने मन्त्रालयले दाबी गरेको छ । खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले फेरि कुनै पनि प्राविधिक समस्या नआए ४ महिनाभित्रै मेलम्ची आउने जानकारी दिए । “आगामी १ महिनामा पानी हाल्न सक्ने हुन्छौ, यदी पानी पठाउन सफल भयौ भने र प्राविधिक समस्या पनि आउन सक्छ, प्राविधि समस्या नआए अब ४ महिनामा नै मेलम्ची आउने छ,” उनले भने, अहिले बिग्रेको गेट हालिरहेका छौं, एउटा गेट भत्के पनि पनि अन्य गेटको पनि प्याटर्न बिग्रेको छ, हाललाई अस्थायी ड्याम छ, त्यहीँबाट पानी पठाउने छौं । वैशाखबाट भने स्थायी ठ्यामबाटै पठाउने छौं ।”
मेलम्ची खानेपानी आयोजनाबाट प्राविधिक मापदण्ड अनुसार प्रतिसेकेण्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिने बताएको छ । सुरुङको सुरक्षा तथा सञ्चालनका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्डअनुसार पानी प्रवाह गरिने छ । आयोजनाका अनुसार सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी बितरणको प्रक्रिया सुरु गरिने छ ।

मेलम्ची आयोजना सम्पन्नको अन्तिम तयारीमा हुँदा आयोजनाको गेटमा गत असार ३० मा परीक्षण गर्दा सुरुङको गेट फुस्किदा दुर्घटना समेत भएको थियो । उक्त दुर्घटनामा एक इन्जिनियरको मृत्यु भएको थियो भने दुई घाइते भएका थिए । घटनाको बिषयमा अध्ययन गर्न बनेको प्राविधिक टालीले मेलम्ची खानेपानी आयोजनामा गम्भीर प्राविधिक त्रुटि भेटिएको जनाएको थियो । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा बनेको समितिले भित्र राख्नुपर्ने गेट बाहिरपट्टीबाट राखिएका कारण पानीको प्रेसर थाम्न नसकेर दुर्घटना भएको निष्कर्ष निकालेको छ ।

मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने जिम्मेवारी लिएको इटालिएन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्ध भए पनि सीएमसीले गेट निर्माणको लागि ठेक्का दिएको अर्को इन्डियन ठेकेदार कम्पनी सीआईएलले नै भत्किएको गेट सुधार गरिरहेको छ । पटकपटक मेलम्चीको खानेपानी उपत्यकाका धारामा आउन समयअवधि तोकिए पनि समयमा नै सम्पन्न हुन सकिरहेको छैन ।

प्रतिक्रिया