Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बृहत् सेवा अनि सस्तो शुल्क सहित पठाओ र टुटल, जस्तै ‘एटेन्ड एप’ आजदेखि सञ्चालनमा

बृहत् सेवा अनि सस्तो शुल्क सहित पठाओ र टुटल, जस्तै ‘एटेन्ड एप’ आजदेखि सञ्चालनमा

टुटल र पठाओजस्तै सेवा दिने नयाँ एप्लिकेसन सञ्चालनमा आएको छ । एटेन्ड प्रा.लि.ले आइतबारदेखि देशभरको कार्यक्षेत्र र बृहत् प्रकारको सेवासहित आइतबार सो एप्लिकेसनको सुरुवात गरेको हो । सो कम्पनीले ल्याएको एप्लिकेसनमा मोटरसाइकल, ट्याक्सी, कार, जीप, स्वास्थ्य सेवा, एम्बुलेन्स तथा अन्य विभिन्न प्याकेजका सेवाहरु राखिएका छन् । यो एप्लिकेसनले सबै प्रकारका सेवालाई एउटै प्लेटफर्मबाट प्राप्त गर्नसक्ने विश्वास गरेको अध्यक्ष भीमकान्त भण्डारीले जानकारी दिए ।

२०७२ सालको नाकाबन्दीताका इन्धन अभावको समयमा फैलिएको ‘लिफ्टिङ कल्चर’लाई व्यवसायिकता दिन विभिन्न प्रकारका एप्लिकेसनको सञ्चालनमा आएको थियो । त्यो बेलाको राष्ट्रिय संकटबाट सिर्जित अवस्थालाई ती एप्लिकेसनहरुले सदुपयोग गरेका थिए । अहिले कोभिड–१९ को विश्वव्यापी संकट व्याप्त छ ।

योबेला भीडभाड कम गर्ने र आवागमनलाई सुरक्षित र भरपर्दो बनाउनुपर्ने चुनौती थपिएको समयमा स्वास्थ्य सेवादेखि सबै प्रकारका यात्रा र ढुवानीसम्बन्धी सेवाहरुलाई एकीकृत गर्दै सो एप सञ्चालनमा ल्याइएको हो । यो एप्लिकेसनले कोभिड–१९ बाट सिर्जित विषम अबस्थाले माग गरेका सबै समस्यामा सहजीकरण गर्ने विश्वास आफूहरुले लिएको अध्यक्ष भण्डारीको भनाई छ ।

यस्तो छ विशेषता

सो कम्पनीले ‘एटेन्ड’ अन्तर्गत दुईवटा एप्लिकेसन बजारमा ल्याएको छ, ‘एटेन्ड एप’ र ‘एटेन्ड ड्राइभर’ । एन्ड्रोइड तथा आईओएस फिचर भएका मोबाइल मा गएर यो एप्लिकेसनलाई डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । 

पहिलो एप्लिकेसन प्रयोगकर्ताको लागि हो । दोस्रो चाहिँ ड्राइभर वा यसअन्तर्गत सेवा दिने व्यक्ति तथा संस्थाको लागि हो । आफ्नो आवश्यकता अनुसार व्यक्तिले जुनसुकै वा दुईवटै एप्लिकेसन डाउनलोड गर्न सक्नेछन् । आवश्यकता अनुसार आफ्नो विवरण भरेपछि सबै सो प्लेटफर्ममा उपलब्ध भएका सबै सेवाहरु प्राप्त गर्नसक्ने व्यवस्था छ ।

‘एटेन्ड’ आफैंमा बृहत् क्षमता र लक्ष्य लिएर आएको छ । यसले काठमाडौं उपत्यका वा शहरी इलाकालाई मात्रै समेटेको छैन, इन्टरनेट सेवा भएका देशका जुनसुकै स्थानमा समेत सेवा दिनसक्ने अध्यक्ष भण्डारीको भनाई छ । ‘तपाइँ झापाबाट इटहरी जान पनि बुकिङ गर्न सक्नुहुन्छ, काठमाडौं आउन पनि बुकिङ गर्न सक्नुहुन्छ, यसको कुनै कार्यक्षेत्र र सीमा छैन ।’

यसले बृहत् कार्यक्षेत्र र सेवालाई समेटेको मात्रै होइन, अहिले सीमित रुपमा सञ्चालन हुँदै आएका सेवाहरुमा देखिएका विभिन्न समस्या समाधान गरेको छ । बजारमा सञ्चालन भएका अन्य एप्लिकेसनमा बुकिङका लागि कुनै फिचर छैन, ‘एटेन्ड’ले तत्कालैदेखि भविष्यका लागि बुकिङ गर्नसक्ने व्यवस्था गरिदिएको छ ।

त्यसो त, यो यात्रुको लागि मात्रै नभएर ढुवानी सेवाको लागि पनि उपयोगी हुने विश्वास गरिएको छ । कसैलाई कहिँ पुग्न पर्यो भने मात्रै होइन, कसैलाई केही चाहियो भने पनि यहीँ अर्डर गर्न सकिन्छ । दैनिक उपभोग्य सामान, औषधि, लत्ताकपडा, फर्निचर लगायतका उपभोग्य बस्तुहरु यसैबाट अर्डर गराउन सकिन्छ । भविष्यमा व्यवसायिक वा औद्योगिक कारोबारका लागि समेत साझा प्लेटफर्म बनाउने लक्ष्य यो कम्पनीले लिएको छ ।

त्यसो त, अत्यावश्यक सेवा मानिने एम्बुलेन्स, शवबाहन, पुलिस, दमकल जस्ता अत्यावश्यक सेवाको फिचर समेत यसमा राखिएको छ । कोही व्यक्ति इमर्जेन्सीमा पर्यो भने इमर्जेन्सी बटम थिच्नेबित्तिकै तत्कालै नजिकको प्रहरी तथा परिवारका सदस्यकहाँ टेलिफोन र एसएमएस जाने व्यवस्था समेत मिलाइएको छ । उता देशभर रहेका एम्बुलेन्स तथा शववाहन सेवालाई समेटेर छिटो सेवा उपलब्ध हुने व्यवस्था समेत गरिएको छ । एम्बुलेन्स तथा शवबाहन सेवाका लागि एप्लिकेसन प्रयोगको लागि कुनै शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ । सो कम्पनीले यसलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समेटेको छ ।

सम्भावित समस्या समाधानको प्रयास

अहिले सञ्चालनमा भएका एप्लिकेसनको समस्या सानो कार्यक्षेत्र र सीमित सेवा मात्रै होइन, अरु पनि विविध समस्याहरु छन् । उदाहरणका लागि अहिले पनि प्रयोगकर्ताहरुले अनलाइन माध्यमबाट भुक्तानी गर्नसक्ने व्यवस्था छैन । तर, यो एप्लिकेसन प्रयोग गरेर सबै बैंकका सबै प्रकारका कार्डबाट भुक्तानी गर्नसक्ने व्यवस्था गरिएको छ । यसमा भुक्तानी प्रणालीलाई सुरक्षित बनाउने आवश्यक फिचर समेत जोडिएको छ ।

अहिले देखिएको अर्को समस्या भनेको बीमाको हो । कुनै व्यक्तिलाई सेवा दिँदैगर्दा दुर्घटना भयो भने त्यो अवस्थामा त्यसको जिम्मेवार को हुने ? यो लामो समयदेखि देखिँदै आएको समस्या हो । तर, यो एप्लिकेसनमा रजिष्टर्ड हुने सबै ढुवानी साधनको तेस्रो पक्ष बीमा यही कम्पनीले गरिदिने महत्वाकांक्षी लक्ष्य समेत लिएको छ । सो कम्पनीका अध्यक्ष ढकाल भन्छन्, ‘मोटरसाइकल होस्, ट्याक्सी होस्, कार होस्, जीप होस् वा अरु जुनसुकै साधनको पनि तेस्रो पक्ष बीमाको जिम्मा हामी लिन्छौं ।’

र अन्त्यमा : सस्तो शुल्क

यो एप्लिकेसन प्रयोग गर्ने प्रयोगकर्ता वा सेवा प्रदायकको लागत बजारमा सञ्चालन भइरहेका अरु सेवाभन्दा निकै सस्तो छ । सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क गरिएका सेवाहरु बाहेक अरु सबै प्रकारका सेवामा हालका लागि १० प्रतिशत मात्रै कमिसन लिने व्यवस्था गरिएको छ । सेवाको प्रकृति अनुसार यसलाई अझै सापेक्ष बनाउँदै लैजाने समेत कम्पनीले जनाएको छ । रातोपाटी

प्रतिक्रिया