Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपालको फ्रि वाइफाइ चलाउन आउँछन् भारतीय, भारतीय गाउँलाई मोबाइलमा नेपाली नेटवर्ककै भर

नेपालको फ्रि वाइफाइ चलाउन आउँछन् भारतीय, भारतीय गाउँलाई मोबाइलमा नेपाली नेटवर्ककै भर

दार्चुला (छाङरु) : 

छाङरुमा इन्टरनेट चल्न थालेको दुई वर्ष भयो। भायनेटले दुई वर्षअघि कौवाभन्दा माथिको डाँडामा टावर राख्यो जसलाई स्थानीयले ज्याख्ती टावर भन्छन्। सरकारसँगको सम्झौताअनुसार भायानेटले यहाँको स्वास्थ्य चौकीलाई केन्द्रित गरेर नि:शुल्क इन्टरनेट सेवा दिइरहेको छ।

स्थानीयहरु इन्टरनेट चलाउन महाकाली किनारको स्वास्थ्य चौकीको परिसरमा भेला हुन्छन्। नेपालीमात्र होइन, महाकाली पारिका भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरु पनि नेपाली नेटमा झुम्मिन्छन्। छाङरुका सुरक्षाकर्मी र स्थानीयका अनुसार नि:शुल्क नेपाली इन्टरनेट चलाउन भारतीय सुरक्षाकर्मीदेखि स्थानीयसम्म आउँछन्।

छाङरुमा नाम्पा हिमालतिरको डाँडामा सीडीएमएको टावर राखेको त धेरै वर्ष भइसकेको छ। यसपालि नेपाल टेलिकम दार्चुलाका प्रमुख केबी गुरुङ कात्तिक अन्तिम साता सीडीएमएको टावर मर्मतका लागि आएका थिए। गुरुडका अनुसार हिउँदमा पनि सशस्त्र प्रहरी गुल्मलाई सञ्चारका लागि ल्याण्ड लाइन सेवा हुनेगरी टावर मर्मत गरिएको छ।

कञ्चनपुरको ब्रह्मदेव, सदरमुकाम खलंगादेखि महाकाली किनारै किनार छाङरुसम्म टेलिकमका साना ठूला टावर छन्। यस क्षेत्रमा यात्रा गर्दा भारतका मुख्यमन्त्रीदेखि सुरक्षाकर्मी र नागरिकसम्मले नेपाली सीमकार्ड प्रयोग गर्छन्। कञ्चनपुरदेखि दार्चुलासम्म सीमा जोडिएको छ उत्तराखण्ड राज्यको। यसपालि त झन् टेलिकमले फोरजी इन्टरनेट चल्नेगरी ठूलो टावर ठड्याउँदैछ।

भारतीयहरुले नै स्वीकार्दै आएको कुरा के हो भने भारतभन्दा नेपाल दुरसञ्चारमा धेरै अगाडि छ। भारतीय सीमावर्ती गाउँमा नेपालको नेटवर्कले सहजै काम गर्छ। दार्चुलाका पत्रकार विक्रम गिरीका अनुसार हरीश रावत मुख्यमन्त्री हुँदा मोबाइटको टावरका लागि भारतको धारचुला र अन्य सीमावर्ती गाउँमा २०६८/०६९ ताका आन्दोलन नै भएको थियो। नेपालजस्तो गरिब देशमा टावर छ। सीम राम्रोसँग चल्छ। हामी धनी र ठूलो देश भएर पनि टावर छैन भन्दै सीम टावरका लागि बेला बेला उत्तराखण्डमा आन्दोलन गिरीले सुनाए।

हरीश रावत मुख्यमन्त्री हुँदा त्यहाँका मिडियाले नेपाली मोबाइल नेटवर्क प्रयोग गरेर धारचुला लगायतका क्षेत्र गएको विषयलाई व्यङ्ग्यात्मक रुपमा उठाउँदै आएको थियो। ग्रामीण भेगमा भारतीय सञ्चारले काम नगर्दा उत्तराखण्डको चम्पावत र पिथौरागढ जिल्लाका करिब दर्जन ग्राम पञ्चायतका स्थानीयले पनि नेपाली सीम प्रयोग गर्ने गरेको भारतीय मिडाले खुलासा गर्दै आएका छन्। साथै भारतमा काम गर्न जाने नेपालीले पनि आफ्नै देशको सीमकार्डले काम चलाउँदै आएका छन्।

छाङरुका स्थानीयका अनुसार भारतको कब्जामा रहेको कालापानी क्षेत्रमा कुटी, नाबी, गुन्जीमा पनि नेपाली सीमकार्ड नै प्रयोग हुन्छ। पिथौरागढको सदरमुकाममै पनि नेपाली सीमकार्डले नेटवर्क टिप्छ। पिथौरागढका डौडा, कनालछिना, पिपली, ओगला, अस्कोट, बगडीहाट, जौलविबी, दुधी, पैयाँपौडी, बलुवाकोट, धारचुला, राथी, खेला, स्याकुरी जैकोट, चौदाँस, गर्ब्याङ लगायत क्षेत्रका स्थानीयसँग नेपाली सीम छ।

अब नयाँ टावर बनेपछि नेपालका साथै भारतीयलाई अझ सहज हुने छाङरुवासी बताउँछन्। ‘अब जतिबेला पनि फोन गर्न पाइने भयो,’ भारतको गर्ब्याङ माइती भएकी चन्द्रा ऐतवालले भनिन्, ‘अब माइती गाउँतिर पनि सजिलै नेपाली सीम चल्छ।’ माइत जाँदा नेपालको सीम चलाएको अनुभव चन्द्रासँग छ। व्यास गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोक बोहराले फोरजी टावर जडान भएसँगै छाङरु, तिंकर र सीमावर्ती भारतीय गाउँका बासिन्दा लाभाम्वित हुने बताए। ‘अब टेलिफोनमात्र होइन फोरजी इन्टरनेट पनि चलाउन पाइने भयो। संघीय सरकारलाई धन्यवाद,’ उनले भने।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल टावर जडान मंसिरभित्रै सम्पन्न भए पनि सञ्चालन चाहिँ वैशाखबाट मात्र आउने बताए। यो हिउँद याममा भने छाङरुमा बस्ने सुरक्षाकर्मीले सीडीएमएबाटै काम चलाउनेछन्। 

टावरको ५० प्रतिशत काम सकियो

फोरजीको ठेक्का पाएको सीसीआईको भेण्डर कम्पनी कोन्ट इन्फ्राटेकले ३ हजार मिटरको उचाई रहेको छाङरुको महाकाली नदी किनारमा ३५ मिटर अग्लो टावरको ५० प्रतिशत काम सकिसकेको छ। सोलार फाउण्डेशनको काम सकिसकेको छ। ढलानको काम भइरहेको छ।

टावर हाल्नेबाहेक अरु सबै काम अबको सात दिनमा सकिने र थप ७ दिनमा टावर पनि जडान भएर काम सकिने ठेकेदार कम्पनी कोन्ट इन्फ्राटेकका म्यानेजर दिनेश सिंहले जानकारी दिए। ‘टावर जडानका लागि अर्को टोली छाङरु जान्छ। डिसेम्बर १५ सम्म समयसीमा छ। अरु ठाउँमा टावर मात्रै हाल्न तीन दिन लाग्ने भए पनि छाङरुमा चिसो र तीव्र बेगमा हावा चल्ने भएकाले ७ दिनजति लाग्छ। यस बीचमा हिउँ परे पनि घाम लागेको समयमा भए पनि काम गरेर समयमै सक्काउँछौं,’ उनले भने।

कम्पनीले कात्तिक अन्तिम साताबाट काम सुरु गरेको थियो। छाङरु जाने बाटो नहुँदा माउन्टेन हेलिकोप्टर भाडामा लिएर टावरका लागि आवश्यक सामान ढुवानी गरिएको थियो। कोन्ट इन्फ्राटेकका म्यानेजर सिंहका अनुसार ११ टन सामान ढुवानी गर्न ३५ लाखभन्दा बढी खर्च भएको छ। पहिलो पोष्ट

प्रतिक्रिया