Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

पठनपाठन सुरु भएपनि कोरोनाको त्रास कायमै

पठनपाठन सुरु भएपनि कोरोनाको त्रास कायमै

मंसिर ७ गतेदेखि कैलालीसहित सुदूरपश्चिमभरका विद्यालयमा पठनपाठन सुरु गरिएको छ। तर कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको भन्दै शिक्षकहरुले चिन्ता व्यक्त गरेका छन्।  विद्यालयमा विद्यार्थी र शिक्षकहरुले अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गरे पनि विद्यार्थीबीच भौतिक दुरी कायम गर्न चुनौती थपिएकोले कोरोनाको जोखिम बढेको हो।

स्वास्थ्यकर्मीले कोरोना भाइरस फैलिन नदिन केटाकेटीहरुलाई अनिवार्य रुपमा एक आपसमा भौतिक दूरी कायम गराउन तर्फ जोड दिदै आएका छन्। तर विद्यालयमा एक कक्षामा २० जना विद्यार्थी बसाउनु पर्दा त्यसलाई भौतिक दूरी कायम गर्न समस्या भइरहेको सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर  चन्दले बताए। कोरोना कहरपछि झन्डै ८ महिना बन्द रहेका विद्यालय खुलेपछि विद्यार्थीहरु रमाउदै पढ्न लेख्न, र आपसमा खेल्न व्यस्त हुन थालेका छन्।  

विद्यालयमा सक्रमण नहोस् भनेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको जनता राष्ट्रिय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गणेशप्रसाद जोशीले बताए।  धनगढी उप–महानगरपालिका–३ को त्रिभुवन माध्यमिक विद्यालय पनि खुलेको छ। विद्यालयले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेको जानकारी दिएको छ।

विद्यालयका सहायक प्रधानाध्यापक खेमराज बोगटीले अनिवार्य मास्क लगाउने, एक बेन्चमा दुई जना मात्रै बस्ने र कक्षा कोठा हरेक दिन स्यानिटाइज गर्ने गरेको  बताए।धनगढीको हसनपुरमा रहेको ऐश्वर्य विद्या निकेतन माध्यमिक विद्यालयमा भने बिहानी सत्रका विद्यार्थीको विदा भैसकेको थियो भने दिवा सत्रका विद्यार्थी आउने क्रम जारी थियो।सबै विद्यार्थी मास्क लगाएर आउने गरेको, संक्रमणको जोखिमबाट बच्न र बचाउन विद्यालयले आवस्यक सबै सतर्कता अपनाएको द्यिालयका प्राचार्य प्रेमनिधि ओझाको भनाइ छ।

कोरोनाको कारण लामो समय विद्यालय बन्द गर्नु पर्दा शैक्षिक क्षति भएको बारे सर्वत्र चिन्ता गरिएको थियो।तर विद्यालय सुचारु भएपछि कोरोना आगलागी झै फैलिने पो हो कि भन्ने चिन्ता बढेको छ। तसर्थ कोरोनाबाट बच्न र बचाउन विद्यालय र कलेजमा आवश्यक सावधानी अपनाउनु जरुरी छ। 

प्रतिक्रिया