Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

आयो मेरो कारोबार भन्ने उधारो कारोबारको झन्झटलाई हल गर्ने गज्जबको एप

आयो मेरो कारोबार भन्ने उधारो कारोबारको झन्झटलाई हल गर्ने गज्जबको एप

साना तथा मध्यम आकारका पसल, व्यवसाय सञ्चालन गर्ने मानिसहरुका लागि बाँकी (उधाराे) को लेनदेन ठूलै चुनौती हो । दैनिक सयौं, हजारौं ग्राहकहरुसँग कारोबार गर्ने पसलेहरुका लागि कागजको ढड्डामा कारोबारको विवरण व्यवस्थापन गर्नु निकै झन्झटिलो काम हो ।

ढड्डा हराए वा मुसाले काटेमा हजारौंकाे हिसाब खेर जान्छन् । पुरानो हिसाब मेटाउन कोही आएमा हिसाब खोज्न नै धेरै समय लाग्छ ।

मोरङका समिर फुँयालका बुवाका लागि पनि मुख्य समस्या यही हो । सानो कस्मेटिक पसल सञ्चालन गरिरहेका उनका बुवाको व्यवसायलाई पनि यसले गाँजेको थियो । यसैले प्रविधिको बारेमा जान्ने बुझ्ने समिरलाई उनका बुवाले एकदिन ख्याल ठट्टामा नै आफ्नो समस्या हल गर्न ‘एप बना न छोरा’ भनेर अनुरोध गरेका थिए । 

बुवाको समस्यामै समिर घोत्लेर अनुसन्धान गर्न थाले । यसबीच उनले निर्देश पोखरेल, कुनाल शाह जस्ता कुशल साथी भाइको टिम पनि पाए ।

कक्षा १२ को परीक्षाको अत्तोपत्तो थिएन । लकडाउनका कारण खाली समय घरमा बसिँरहँदा उनले आफूजस्तै अन्य टेक स्याभ्भी साथीहरुलाई पनि जम्मा गरेर बाइटकेयर नामको सफ्टवेयर कम्पनीको स्थापना गरे । 

सोही कम्पनीको साथमा करिब ५ महिनाको मेहेनत र अनुसन्धानपछि अहिले मोफसलका यी किशोरहरुले समिरको बुवा र धेरै साना पसल व्यापारीहरुको ठूलो समस्याको अचुक औषधी तयार गरेका छन् । 

आफ्नो कक्षा १२ को परिक्षा सकिएको भोलीपल्टै यी युवाहरुले मेरो कारोबार- नेपाली डिजिटल खाता  नामको नेपाली एप सार्वजनिक गरेका छन् । 

‘पसलको हिसाब किताबलाई रेकर्डका लागि राख्न हामीले नेपाली डिजिटल खाता बनाएका हौं,’ समिर भन्छन्, ‘साना तथा मध्यम पसलहरुलाई लक्षित गरी बनाएको यो एपमा अब पसलेहरुले आफ्नो सबै कारोबार, बाँकी लगायतका हिसाब सुरक्षित र विश्वासिलो तरिकाले राख्न सक्छन् ।’

ठूला व्यवसाय तथा कम्पनीहरुले त कम्प्युटरमा ठूला ठूला महङ्गा महङ्गा सफ्टवेयरहरु राखेर प्रयोग गरिरहेका हुन्छन् । तर बाँकीको कारोबारले सबैभन्दा धेरै पीडित साना पसलमा हिसाब राख्ने व्यवस्थित प्रणाली नै हुँदैन । कसैले बाँकी तिर्न आयो भनेर पनि खोज्न घण्टौं लाग्छ । यही प्रक्रियालाई बाइटकेयर कम्पनीका यी ठिटाहरुले डिजिटाइज गर्न एप बनाएका हुन् । 

यसमा ग्राहकको नाम, फोन नम्बर, कारोबार विववरण तथा पैसा सबै कुरा राख्न मिल्छ । कसैले १० दिनमा पैसा दिन्छु भनेको छ भने त्यसको पनि रिमाइण्डर राख्न मिल्ने समिर बताउँछन् । यसले किराना तथा साना पसलको कारोकारलाई नै पेपरलेस बनाउन सक्ने उनी अपेक्षा गर्छन् ।

कारोबारको डेटा ब्याकअपमा रहने र कस्टमरसँगको पुरानोभन्दा पुरानो हिसाबलाई समेत ट्रयाक गर्न सकिने हुँदा यसले व्यवसायीको सिङ्गो टर्नओभरको हिसाबमा समेत विश्वासिलो आधार दिने छ । 

यस एपलाई नेपाली भाषामा चलाउन सकिन्छ । यो अफलाइन र अनलाइन दुवै मोडमा उपलब्ध छ । ‘अफलाइन डेटा लाेड गरेपछि अनलाइन जाँदा डेटा सिङ्क हुन्छ,’ समिर भन्छन् । 

मोफसलमा नयाँ नयाँ सुरु भएको सफ्टवेयर कम्पनीको यो पहिलो प्रोडक्ट हो । यसैले व्यवसायीहरुले सुलभ मूल्यमा आफ्नो सेवा प्रयोग गर्न सकुन् र कम्पनीको पनि जीविका चलाेस् भनेर यसलाई सब्सक्रिप्सन मोडलमा लग्न लागेको कम्पनीकै डिजिटल मार्केटिङ हेरिरहेका अर्का सहसंस्थापक कुनाल शाह बताउँछन् । 

‘प्रयोगकर्ताहरुले ३० दिनसम्म नि:शुल्क ट्रायल पाउन सक्छन् । नर्मल प्रयोगकर्ताहरुले पनि प्रयोग गर्न सक्छन् । तर ३० दिन पुरा भएपछि सब्सक्रिप्सनबेसमा लाइसेन्स किन्नुपर्छ ।’ कुनाल भन्छन् । 

अहिले यो एपमा ६ महिना र एक वर्षको प्याकेज छ ।  ६ महिनाको लागि दुई हजार र एक वर्षका लागि ३५ सय छ रुपैयाँको प्याकेज छ, जुसको मूल्य व्यापारीहरुले पाएको सेवा अनुसार एकदमै उचित भएको उनी बताउँछन् ।  

एप प्रयोग गर्न नाजन्नेहरुका लागि उनीहरुले युट्युबमा ट्युटाेरियल भिडियो समेत राखेका छन् । 

आफूहरुले तयार गरेको यो प्रोडक्टलाई अब मोरङको गोठगाउँबाट विस्तार गर्दै यसबाट धेरै व्यापारीहरुलाई लाभान्वित गराउने उनीहरुको योजना छ ।

यसलाई विभिन्न ठाउँमा प्रोमोट गर्ने र एप वितरणको प्रक्रियामा सहयोग गर्ने विश्वासिलो च्यानल पार्टनरसँग सहकार्य गर्ने याेजना उनीहरूकाे छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

हेर्नुस भिडियो 

 

प्रतिक्रिया