Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

मोनोरेल हैन काठमाण्डौमा धुवाँ धुलोदेखि सडकमा सकसको दुरावस्था : कहाँ पुग्यो विद्यासुन्दरको प्रतिवद्धता ?

मोनोरेल हैन काठमाण्डौमा धुवाँ धुलोदेखि सडकमा सकसको दुरावस्था : कहाँ पुग्यो विद्यासुन्दरको प्रतिवद्धता ?

संघीय राजधानी काठमाण्डौ सहर अस्तव्यस्त छ । धुवाँ धुलोदेखि सडकमा सकस यहाँको दुरावस्था हो । महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न विद्यासुन्दर शाक्यले केबलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडीहरु सञ्चालनमा ल्याउने योजना अघि सारेका थिए । तर अहिले उनै शाक्यले मोनोरेल बिर्सिसकेका छन् ।

२०७४ साल वैशाखमा स्थानीय तहको चुनावका बेला विद्यासुन्दर शाक्यले काठमाण्डौ सहरलाई व्यवस्थित बनाउन केबलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडीहरु सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । उनले यस्तो प्रतिवद्धता मतदाताका अघि सुनाएका थिए । त्यसबेला शाक्यले चर्चामा ल्याएको मोनोरेल सबैको मुखमा झुण्डिएको थियो ।

तर अहिले सायद उनै शाक्यले मोनोरेल बिर्सिसके होलान् । आफूले काठमाण्डौ महानगरपालिकाको मेयरमा चुनाव जिते ३ वर्षभित्र महानगरको चक्रपथभित्र मोनो रेल सञ्चालन गर्ने दावी गरेका थिए । तर उनले चुनाव जितेको ३ वर्ष नाघेर पनि ७ महिना पुगिसकेको छ । मोनोरेलको त कुरै छोडौँ, सडकका साना खाल्डा पनि पुरिएका छैनन्, धुवाँ धुलोको अन्त्यसमेत भएको छैन भन्दै सर्वसाधारण रुष्ट छन् ।

काठमाडौँ महानगरपालिकाले मोनोरेलको सम्भाव्यता अध्ययन सम्बन्धमा २०७५ माघमा द्विपक्षीय सम्झौता भएको थियो । एक वर्ष भित्र डिपीआर तयार पारीसक्ने गरी समझदारी गरिएको काम अहिलेसम्म अघि बढेको छैन । अहिले काठमाण्डौ महानगरकै प्रतिनिधीहरु मोनोरेल संचालन दशौँ वर्षसम्म पनि सम्भव नहुने बताउन थालेका छन् । महानगरपालिकाको १० औ बर्षको बजेटले पनि नपुग्ने हुनाले यसलाई अगाडी बढाउन नसक्ने काठमाण्डौ महानगरपालिकाअन्तरगत सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेको भनाई छ ।

मोनोरेलका लागि काठमाण्डौ र ललितपुर महानगरपालिकाले सहकार्य गर्ने भनिएको थियो । तर ललितपुर महानगरपालिकाले पनि तत्काल सम्भव नभएको जवाफ दिएको छ । काठमाण्डौ महानगरपालिकाले चासो नदिएकाले पनि योजना अघि बढ्न नसकेको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन बताउँछन् ।

मोनोरेल संचालनसम्बन्धमा के भइरहेको छ भनेर प्रतिक्रिया लिन खोज्दा काठमाण्डौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीलगायत कोही पनि जनप्रतिनिधी काठमाण्डौमै भेटिएनन् । जनतालाई झुक्याउने, सपना बाँढ्ने तर काम नगर्ने प्रवृत्ति संघीय सरकारदेखि स्थानीय सरकारसम्मै कायम छ ।

प्रतिक्रिया