Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

मोनोरेल हैन काठमाण्डौमा धुवाँ धुलोदेखि सडकमा सकसको दुरावस्था : कहाँ पुग्यो विद्यासुन्दरको प्रतिवद्धता ?

मोनोरेल हैन काठमाण्डौमा धुवाँ धुलोदेखि सडकमा सकसको दुरावस्था : कहाँ पुग्यो विद्यासुन्दरको प्रतिवद्धता ?

संघीय राजधानी काठमाण्डौ सहर अस्तव्यस्त छ । धुवाँ धुलोदेखि सडकमा सकस यहाँको दुरावस्था हो । महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न विद्यासुन्दर शाक्यले केबलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडीहरु सञ्चालनमा ल्याउने योजना अघि सारेका थिए । तर अहिले उनै शाक्यले मोनोरेल बिर्सिसकेका छन् ।

२०७४ साल वैशाखमा स्थानीय तहको चुनावका बेला विद्यासुन्दर शाक्यले काठमाण्डौ सहरलाई व्यवस्थित बनाउन केबलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडीहरु सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । उनले यस्तो प्रतिवद्धता मतदाताका अघि सुनाएका थिए । त्यसबेला शाक्यले चर्चामा ल्याएको मोनोरेल सबैको मुखमा झुण्डिएको थियो ।

तर अहिले सायद उनै शाक्यले मोनोरेल बिर्सिसके होलान् । आफूले काठमाण्डौ महानगरपालिकाको मेयरमा चुनाव जिते ३ वर्षभित्र महानगरको चक्रपथभित्र मोनो रेल सञ्चालन गर्ने दावी गरेका थिए । तर उनले चुनाव जितेको ३ वर्ष नाघेर पनि ७ महिना पुगिसकेको छ । मोनोरेलको त कुरै छोडौँ, सडकका साना खाल्डा पनि पुरिएका छैनन्, धुवाँ धुलोको अन्त्यसमेत भएको छैन भन्दै सर्वसाधारण रुष्ट छन् ।

काठमाडौँ महानगरपालिकाले मोनोरेलको सम्भाव्यता अध्ययन सम्बन्धमा २०७५ माघमा द्विपक्षीय सम्झौता भएको थियो । एक वर्ष भित्र डिपीआर तयार पारीसक्ने गरी समझदारी गरिएको काम अहिलेसम्म अघि बढेको छैन । अहिले काठमाण्डौ महानगरकै प्रतिनिधीहरु मोनोरेल संचालन दशौँ वर्षसम्म पनि सम्भव नहुने बताउन थालेका छन् । महानगरपालिकाको १० औ बर्षको बजेटले पनि नपुग्ने हुनाले यसलाई अगाडी बढाउन नसक्ने काठमाण्डौ महानगरपालिकाअन्तरगत सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेको भनाई छ ।

मोनोरेलका लागि काठमाण्डौ र ललितपुर महानगरपालिकाले सहकार्य गर्ने भनिएको थियो । तर ललितपुर महानगरपालिकाले पनि तत्काल सम्भव नभएको जवाफ दिएको छ । काठमाण्डौ महानगरपालिकाले चासो नदिएकाले पनि योजना अघि बढ्न नसकेको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन बताउँछन् ।

मोनोरेल संचालनसम्बन्धमा के भइरहेको छ भनेर प्रतिक्रिया लिन खोज्दा काठमाण्डौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीलगायत कोही पनि जनप्रतिनिधी काठमाण्डौमै भेटिएनन् । जनतालाई झुक्याउने, सपना बाँढ्ने तर काम नगर्ने प्रवृत्ति संघीय सरकारदेखि स्थानीय सरकारसम्मै कायम छ ।

प्रतिक्रिया