Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २२ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक

दुर्गमका महिला अकालमै गुमाउछन् ज्यान

दुर्गमका महिला अकालमै गुमाउछन् ज्यान

मेनुका ढुंगाना (अछाम)

सदरमुकामबाट झण्डै ६५ किलोमिटर टाढाको दुर्गम दलित बस्ति । जहाँ अझै पनि विषेश अवस्था बाहेक स्वास्थ्य संस्था जादैनन् । पहिलो प्रथामिकता धामि झाँक्रि र घरेलु जडिबुटिलाई दिन्छन् । कुनै पनि बिरामी गम्भिर अवस्थामा नपुग्दासम्म स्वास्थ्य संस्दा लिदैनन् । अन्धविश्वासका कारण तुर्माखाँद गाउँपालिका –४ ल्वारागोदेकी ३८ वर्षीया नामसरा विकले बेलैमा उपचार नपाउँदा सोमबार राति मृत्यू भयो । ५ दिन अगाडी देखि पेट दुख्ने र हल्का रगत बगिरहेको थियो । गर्भवती भएको ८ महिना मात्रै भएकाले परिवारले नामसराको पिडा र चिच्याहटलाई सामान्य रुपमा लिए । अझै पनि घरमै सुत्केरी हुने परम्परा रहेकाले उनलाई स्वास्थ्य चौकी लैजानुपर्छ भन्ने बारे कसैले सोचेनन् । ‘भाउजुलाई स्वास्थ्य चौकी लिनुपर्छ भन्ने थाहै भएन । हामी त्यो दिन देवता मान्ने काममा व्यस्त थियौं’ नामसराका देवर गोप विकले भने ,‘ दाजु (मृतकका श्रीमान्) आफैं पनि पितर धामी हुन् । पहिले देवता मान्ने त्यसपछि स्वास्थ्य चौकी लैजाने कुरा भएको हो । घरमा हुँदा झारफुक गर्यौं , जडिबुटि पनि खुवायौं ।’ उनका अनुसार छैटौं सन्तान जन्म दिने क्रममा नामसराको ज्यान गयो ।  अहिले उनका ३ छोरा ,२ छोरी छन् ।
‘सन्तान नभएर पनि होइन ,छोराकै लागि हो भनौं भने पनि ३ छोरा छन् ’ गोपले भने ,‘एक दम्पत्तिले जति सन्तान जन्माउछन् , ति सबैलाई भगवानको वर्दानको रुपमा लिने चलन छ । गाउँमा सबै महिलाको अवस्था भाउजुको जस्तै हो ।’

उनका अनुसार परिवारका सबै सदस्य देउता पुज्न व्यस्त भएको समयमा नामसरा बेहोस् भएर ढलेकी थिइन् । त्यसपछि मात्रै उनलाई करिब १ घण्टा टाढा रहेको तुर्माखा“द स्वास्थ्य चौकीमा  सोमबार दिउसो १२ बजे पुर्याइएको थियो । ‘स्वास्थ्य चौकी पुयाइउनु भन्दा १५ मिनेट अघि धेरै रगत बग्यो । त्यहाँ  प्राथामिक उपचार भयो । भाउजुको अवस्था गम्भिर भइसकेको रहेछ ’ उनले भने ,‘यस्तो अवस्थाका गर्भवती र सुत्केरी महिलालाई सरकारले हेलीकप्टरबाट उद्धार गर्छ भन्ने हामीलाई थाहा थिएन । यसभन्दा पहिले हामीले कुनै जानकारी पाएका थिएनौं । कसलाई भनेपछि हेलीकप्टरले लैजान्छ भनेर हामीलाई जानकारी दिने मान्छे पनि कोहि भएन ।’ स्वास्थ्यकर्मीले जिल्ला अस्पताल रेफर गरेपछि गाडी खोज्न धेरै समय लागेको गोपले बताए । 

बिरामी महिलाको अवस्थाबारे आफूलाई ढिलो जानकारी आएको वडा नम्बर ४ का अध्यक्ष कवीराम बयकले बताए । ‘देउता मानिसकेपछि स्वास्थ्य चौकी लैजाने परिवारको मानसिकता रहेछ । मैले त्यहि साँझ ४ बजे खबर पाएर जिल्ला अस्पताल पठाउनलाई एम्बुलेन्स खोजेँ  । एम्बुलेन्सको कन्डिसन पनि ठिक थिएन । विस्तारै भएपनि जिल्ला अस्पताल लैजाउ भनेर बिग्रेकै एम्बुलेन्समा जिल्ला अस्पताल पठाएका हौं ।’ बाटोमा एम्बुलेन्स बिग्रेका कारण अर्को गाडी खोज्दासम्म अबेर भएको र ढिलो अस्पताल पुर्याइएको उनले स्विकारे । ‘महिलाले बच्चा पाउने कुरा सामान्य हो भन्ने सोचाइ छ । महिलाको ज्यान भन्दा ठूलो देवतालाई मानेका कारण उनको अकालमा मृत्यू भयो ।’ उनले भने ।

जिल्ला अस्पतालमा डाक्टर अतुल भारद्ववाजका अनुसार ती महिलालाई तुर्माखाँद बाट मंगलसेन पुर्‍याउन नै ६ घन्टा लाग्यो । ‘त्यतिन्जेलसम्म रगत अत्यधिक बगिसकेको थियो । साँझ करिब ११ बजेतिर जिल्ला अस्पताल पुर्‍याईएको थियो’ डाक्टर भारद्ववाजले भने,’अस्पताल पुग्दा उनको अवस्था गम्भीर थियो ।  हामीले नर्मल डेलिभरी नै गरेका हौं । बच्चा पेटमै मरिसकेको रहेछ ।’  राती १२ बजे उनले बच्चा जन्माएको र त्यसको केही समयपछि उच्च  रक्तस्रावका कारण मृत्यु भएको उनले बताए । ’सुत्केरी भैसकेपछि हामी ब्लड दिने तयारीमा थियौं । अनेक प्रयास गर्दा पनि महिलालाई बचाउन सकिएन ’ उनले भने ,’शिशु जन्मेको केही समयपछि उनको मृत्यु भयो ।’ राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रम अन्तरगत लकडाउनपछि मात्रै ७ जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार भएको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए ।‘गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गर्नु पर्ने भएमा स्वास्थ्य चौकी वा स्थानीय तहबाट आधिकारिक खबर आउनु पर्छ । यो केसमा मलाई समयमा खबर नै आएन । जिल्ला अस्पताल पुर्याएपछि मात्रै  जानकारी आयो ।’ उनले भने ।

अछामको भाटाकाटियाकी गर्भवती महिलालाई स्वास्थ्य चौकी लैजादै । तस्बिर :- मेनुका ढुंगाना

परिवारको बिच्ल्ली

नामसरका ५ सन्तान मध्ये जेठी छोरी हरिकला हनु् । उनको उमेर १४ वर्ष भयो । ५ सन्तान मध्ये ११ वषर््ािया माइलि छोरी नौरता मात्रै स्कुल जान्छिन् । घरको काम र भाइबहिनीको हेरालो लाग्नु पर्ने भएकाले हरिकला स्कुल गइनन् ।‘बुवा कहिले बम्बै जानुहुन्छ । कहिले घरमा आउनु हुन्छ । आमालाई घरमा सघाउने म मात्रै हुन्थे । अब सबै भाइबहिनीको जिम्मेवारी मैले नै लिनुपर्छ ’ हरिकलाले भनिन् ,‘ वर्षेनि गर्भखेर जाने र सन्तान जन्माउनाले आमाको अवस्था निकै गाह्रो भइसकेको थियो ।’ उनले भनिन् । ११ वर्षकी बहिनी नौरता , ९ वर्षको भाइ गोकर्ण , ५ वर्षको अर्को भाइ महेन्द्र र २ वर्षको कान्छो भाइ कृष्णलाई आफैंले सम्हालि रहेको उनले बताइन् । ‘देवी देउता , धामी झाँक्रिको पछिनलागेर अस्पताल लिएको भए मेरी आमाको ज्यान जान्थेन होला ।’ उनले भावुक हुँदै भनिन् ।

अहिले पनि ग्रामिण धेरै महिलाले घरमै सुत्केरी हुनु पर्ने बाध्यता छ । सुरक्षित सुत्केरी गराउन संघिय सरकार र स्थानीय सरकारले आकर्षक सुविधा उपलब्ध गराए पनि त्यसले सबैलाई समेट्न सकेको छैन ।

सरकारी प्रयास असफल

कार्यालय अछामको गत वर्षको तथ्यांक अनुसार घरमै सुत्केरी हुने महिलाको संख्या २५ प्रतिसत रहेको छ । ६५ वटा बर्थिङ सेन्टर भए पनि अधिकांश ग्रामिण महिला सुविधा लिनबाट बञ्चित छन् । जिल्लाभरका स्वास्थ्य संस्थाले संकलन गरेको तथ्यांकले सुरक्षित सुत्केरी गराउनेमा बढी शहर बजारका महिला रहेको देखाएको छ । अधिकांश ग्रामीण भेगका महिलाले घरमै बच्चा जन्माउने गरेका छन् ।

स्वास्थ्य कार्यालयको तथ्यांक हेर्दा सबै गर्भवतीलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने सरकारी प्रयास असफल भएको छ । सरकारले सुत्केरीका निम्ति उपलब्ध गराउँदै आएको यातायात खर्चभन्दा स्वास्थ्य संस्थामा लैजाँदा लाग्ने खर्च अधिक हुने भएकाले घरैमा बच्चा जन्माउनेको संख्या बढी देखिएको हो । भौगोलिक असुविधा र यातायात समस्याका कारण पनि जिल्लाको दुर्गम गाउँका गर्भवतीलाई प्रसूति गराउन स्वास्थ्य संस्था लैजान कठिनाइ हुने गरेको यहाँका स्थानीयको भनाइ छ ।  भौगलिक विकटता र ठुलो जिल्ला भएकाले अछाममा १०० जति बर्थिङ सेन्टर आवश्यक पर्छन् । स्थानीय तहले बर्थिङ सेन्टरको लागि पहल नगरेसम्म समस्या यथावत रहन्छ । 

परिवारको असहयोग

यहाँका विपन्न र दलित समुदायका महिलालाई गर्भवती भएपछि भारी सामान उठाउनु हुँदैन, अस्पताल गएर समयसमयमा चिकित्सकलाई जाँच गराउनुपर्छ भन्ने ज्ञान भए पनि उनीहरूलाई परिवारबाटै सहयोग नहुने पीडित बताउँछन् । गर्भवती महिलाले गर्भवती भएपछि के गर्न हुने के नहुने धेरै कुरा थाहा पाउन थाले पनि यो कुरा व्यवहारमा भने लागू नभएको बयालाकी एक गर्भवती महिलाले बताइन् । ‘मलाई सबैकुरा थाहा छ, र पनि मैले घरैमा चारवटा बच्चा जन्माएँ,’ नाम उल्लेख नगर्ने सर्तमा उनले भनिन् ‘घरका सदस्यले अग्रसरता नलिएपछि आफ्नो मात्र जानकारीले खासै काम नलाग्ने रहेछ ।’ उनले भनिन् । सरकारले घोषणा गरेको सुरक्षित मातृत्व कार्यक्रम अछाममा प्रभावकारी भएको छैन । गर्भवती भएका बेला, सुत्केरी हुँदा र सुत्केरी पश्चात ६ हप्ताभित्र गरिने ‘विशेष सेवा’ नै सुरक्षित मातृत्व सेवा हो । तर यही सेवा नपाएका कारण आमा र बच्चाले ज्यान गुमाउने क्रम रोकिएको छैन ।

 

प्रतिक्रिया