ताजा अपडेट
चौलानी डिपार्टमेन्टलको "मंगलबजार", होलसेल भन्दा पनि सस्तो
धनगढी । चौलानी ग्रुप अफ कम्पनिजले सञ्चालनमा ल्याएको चौलानी डिपार्टमेन्टल स्टोरले मंगलबजार सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुको सहजताका लागी सबैभन्दा सस्तो मुल्यमा दैनिक उपभोग्य बस्तु तथा सेवा दिने उदेश्यले उक्त योजना ल्याइएको जनाएएको छ ।
साताको मंगलबारका दिन सबैभन्दा सस्तो सेवा उपलब्ध गराउने हुदाँ उक्त्त योजनाको नाम "मंगलबजार" राखिएको स्टोरले जनाएको छ ।
आजदेखी प्रत्येक मंगलबार चौलानी डिपार्टमेन्टल स्टोरले होलसेल भन्दापनि सस्तो दरमा सामाग्री उपलब्ध गराउने छ । स्टोरमा उपलब्ध सबै सामाग्री सबैभन्दा सस्तोमा उपलब्ध गराइने स्टोरमा संचालक तिलक साउँदले बताउनुभयो । उहाले भन्नुभयो, "हामी मंगलबारको दिन कमाउने भन्दा पनि उपभोक्ताले सरल र सस्तोमा गुणस्तरिय सेवा पाउन भन्ने उदेश्यले काम गरिरहेका छौ त्यसकारण यो योजनाले निम्न वर्गका परिवार तथा सेवाग्राहीले पनि हाम्रो सेवा लिन सक्नेछन् भन्ने विश्वास लिएका छौ ।"
यो योजना चौलानी डिपार्टमेन्टलको चौराहा शाखामा समेत रहेको उनले बताए ।
चौलानी ग्रुप अफ कम्पनिजले डिपार्टमेन्टल स्टोरसँगै, निको रेस्टुरेन्ट , चौलानी पुस्तक भण्डार, स्विमिङ पुल र रेडमड कफी सप सञ्चालन गरिरहेको छ।
साथै चौलानी डिपार्टमेन्टल स्टोर परिसरमै साउना स्टिम, जुम्बासहितको फिटनेस सेन्टर पनि सञ्चालनमा रहेको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव
-
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
प्रतिक्रिया