ताजा अपडेट
विवाह गर्दै गायिका अञ्जु पन्त

गायिका अञ्जु पन्तले पुनः विवाह गर्ने भएकी छन्।
एक छोरीकी आमा गायिका पन्तले गीतकार थिर कोइरालासँग विवाह गर्ने भएकी हुन्। इलाम घर भएका कोइराला दुई दसकदेखि काठमाडौंमा छन्। दुवै जनाले आफूहरूबीच विवाह हुन लागेको स्वीकार गरेका छन्।
तर विवाहको मिति भने तय हुन बाँकी रहेको उनीहरूले सञ्चारमाध्यमसँग बताएका छन्। करिब ३ वर्षअघि चिनजान भएका उनीहरू एक वर्षदेखि ‘रिलेसनसिप’मा छन्।
गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन्। उनीहरूकी एक छोरी छन्- परितोषिका पन्त। उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन्। छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गर्ने लागेको बताइएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
-
साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार
-
बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो
प्रतिक्रिया