Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १९ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

विपीको लोकप्रिय कृति ‘आत्मवृतान्त’ जापानीज भाषामा प्रकाशित हुने

विपीको लोकप्रिय कृति ‘आत्मवृतान्त’ जापानीज भाषामा प्रकाशित हुने

विपी कोइरालाको लोकप्रिय कृति ‘आत्मवृतान्त’ जापानीज भाषामा प्रकाशित हुने भएको छ । विपी विचार राष्ट्रिय समाज, जापानले कोइरालाको कृति आत्मवृतान्तलाई जापानीज भाषामा अनुवाद गरी जापानमा प्रकाशित गर्ने भएको हो ।

विपी विचार राष्ट्रिय समाज जापानले विपीको आत्मावृत्तान्त जापानीज भाषामा अनुवाद गरी विश्वसामू विपीको विचारलाई अझ चिनाउने निर्णय गरेको थियो । 

सोही अनुरुप विपी विचार राष्ट्रिय समाज, नेपालको संस्थापक केन्द्रीय सदस्य श्री लोकेश ढकाललाई ‘आत्मवृतान्त प्रकाशन समन्वय समिति’ का संयोजक तोकी, कृति प्रकाशन र कपि राइट स्वीकृति लगायतको काममा नेपालको तर्फबाट आवश्यक सहयोग एवम् समन्वय गर्न गरि आवश्यक प्रक्रिया अगाडि बढाईएको थियो ।

सोही अनुरुप, ‘आत्मवृतान्त’ कृतिको प्रकाशनाधिकार (कपिराइट) रहेको संस्था जगदम्बा प्रकाशन, पाटनढोका ललितपुरले विपी विचार राष्ट्रिय समाज, नेपालको अनुरोधमा उक्त कृतिलाई जापानीज भाषामा अनुवाद गरी, जापानमा प्रकाशित गर्न एवं विक्री-वितरण गर्न नियमानुसार स्वीकृति प्रदान गरेको छ ।

विपी कोइरालाको कृतिहरूलाई भाषानुवाद गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार-प्रसार गर्ने उद्देश्यले समाजको जापान शाखाले, उक्त शाखाका संयोजक डा. सुदिप अधिकारीको संयोजकत्वमा डा. विश्वराज कंडेल, सल्जिता श्रेष्ठ सदस्य रहेको ‘विपीका कृति अन्तर्राष्ट्रियकरण तथा व्यवस्थापन समिति’ गठन गरीएको थियो। यो समितिमा सुभाष लोहनी (संयोजक, एशिया प्यासिफिक समिति) सल्लाहकार रहेका छन् ।

हाल चलिराखेको ठूलो देशले सानो देशलाई गर्ने हेपाहा प्रबृत्तिसंग विपीले कसरी संघर्ष गर्दै आफ्नो देशको सार्वभौमिकता, अखण्डतामाथि आँच पुर्‍याउन नदिई अघि बढ्नु भएको यथार्थ, विश्वलाई परिचित गराउने उद्देश्यसहित, विपी विचारको सान्दर्भिकतालाई अझ फैलाउने निर्णय भएको हो । त्यसै अनुरुप, विपी विचार राष्ट्रिय समाज जापानले विपीको कृतिहरूलाई भाषानुवाद गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने उद्देश्यले ‘विपीका कृति अन्तर्राष्ट्रियकरण तथा व्यवस्थापन समिति’ गठन गरिएको थियो।

प्रथम चरणमा उक्त कृतिलाई जापानीज भाषामा अनुवाद गर्नका लागि डा. सुदीप अधिकारी, चुवु विश्वविद्यालय, आइची जापानको संयोजकत्वमा, डा. विश्वराज कंडेल, नागोया गाईकोकु-गो विश्वविद्यालय, आइची जापान र ढुङ्गेमूर्ति तथा नेपाली सम्पदा अनुसन्धानकर्ता जापानी नागरिक ताकाओ ऊ रहेको तीन सदस्यीय “विपीको आत्मवृतान्त अनुवाद तथा व्यवस्थापन उपसमिति” गठन भएर काम अगाडि बढिरहेको छ ।

‘विपीका कृति अन्तर्राष्ट्रियकरण तथा व्यवस्थापन समिति’, जापानको कार्यसमिति वैठकले कृति प्रकाशन र कपि राइट स्वीकृति लगायतको काममा नेपालको तर्फबाट आवश्यक सहयोग एवम् समन्वय रहेको समाजको संस्थापक केन्द्रीय सदस्य लोकेश ढकाल तथा जापानीज भाषामा अनुवाद गर्न स्वीकृति प्रदान गरेको जगदम्बा प्रकाशन, ललितपुरलाई हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछौ, ‘विपीका कृति अन्तर्राष्ट्रियकरण तथा व्यवस्थापन समिति’को प्रेस विज्ञप्तिमा भनिएको छ ।

विपी विचारलाई पार्टीको घेरा भन्दामाथि राखी, यस प्रकाशन कार्यको लागि जापानका सम्पूर्ण साथीहरुमा विपीको मेल मिलापको सिद्दान्त अनुरुप सहयोग तथा सहकार्यको लागि आव्हान गर्दछौँ, ‘विपीका कृति अन्तर्राष्ट्रियकरण तथा व्यवस्थापन समिति’को प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ