ताजा अपडेट
फेसबुक लाईभ गर्दै दाङकी एक युवतीले गरिन् आत्महत्या !
दाङको तुलसीपुरमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी करिब २२ वर्षीया युवती एसिला गौतमले बिहीबार बिहान घरकै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
युवतीले राति साढे १ बजेतिर आत्महत्या गर्न लागेको सूचना पाएपछि तुलसीपुरबाट इन्सपेक्टर झलकप्रसाद शर्माको कमाण्डमा प्रहरी टोली रानीजरुवा प्रस्थान गरेको थियो । तर, घर पत्ता लगाउन नसक्दा बिहीबार बिहान ३ः३० बजेमात्र प्रहरीको टोली युवतीको घरमा पुगेको थियो । कोठाभित्र युवती सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले अनलाइनखबरसँग भने, ‘तुलसीपुरको टोली साइरन बजाउँदै गयो, साइरनको आवाज सुनेर आत्महत्या गर्न लागेको व्यक्ति रोकिन्छ कि भनेर । तर, ठ्याक्कै ठाउँ पत्ता लगाउन ढिलो भयो ।’ डीएसपी खड्काले ती युवतीले आत्महत्या गर्नुको कारण नखुलेको र अनुसन्धान जारी रहेको बताए ।
ती युवतीले फेसबुकमा लाइभ गरेर घाँटीमा पासो लगाउँदा फेसबुकमा कमेन्ट गर्नेहरुले त्यसो नगर्न सुझाव दिएको देखिन्छ । तर, रातिको समय भएकाले युवतीले आत्महत्या गर्न लागेको कुरा घर परिवार र छिमेकीले थाहा पनि नपाएको प्रहरीको भनाइ छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया