Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कोरोनाका कारण विभिन्न पिडामा रहेका नागरिकको उद्दार र राहतमा सक्रिय हुदैँ कुँवर

कोरोनाका कारण विभिन्न पिडामा रहेका नागरिकको उद्दार र राहतमा सक्रिय हुदैँ कुँवर

धनगढी : राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा सुदुरपश्चिम प्रदेश ईन्चार्ज  एकेन्द्र कुँवरले कोरोनाका कारण विभिन्न पिडामा रहेका यस क्षेत्रका नागरिकमा उद्दार र राहतमा आफु सक्रिय भएर लागिरहेको बताए।

सुदुरपश्चिम प्रदेशको प्रबेशद्धार अत्तरियामा रहेको सामुदायिकरेडियो प्रदेश सेभेनको लोकप्रिय कार्यक्रम प्रदेश बहसमा पत्रकार शेर बहादुर शाह संग कुराकानी गर्दे राष्ट्रिय खेलकुद परिषद्का सदस्य कुँवरले  कोरोना पिडामा रहेको व्यक्तिहरूको प्राथमिकताका आधारमा राहात वितरणसँगै अलपत्र परिरहेका व्यक्तिलाई उद्दार समेत गरिरहेको बताए ।

काठमाण्डौसहित सुदुरपश्चिममा समेत उद्दार र राहतमा जुटेको भन्दै कुँवरले  विभिन्न भागका आफै पुगेर सहभागी बताए । कोरोनाको कारणले नेपालको खेलकुदमा ठूलो क्षेति गरेको बताउदै कुँवरले कोरोना संकट साम्य भए लगतै खेलकुदका गतीबिधीहरु सुरु हुने जानकारी दिए ।

सामाजिक व्यक्तित्व कुँवरले अधिकाँस खेलाडी सुदूरपश्चिमका व्यक्तिहरू भएपनि यसै क्षेत्रमा खेलकुद सम्भावना अनुसारको विकास भइरहेको बताए । सुदुरपश्चिम खेलकुदको ठुलो महत्व रहेको बताउदै सुदुरपश्चिमलाई खेलकुदमा अझै अगाडी बढाउन नसकिएको उनले बताए ।

उनले खेलकुद क्षेत्रमा अधिकांस खेलाडी समेत सुदुरपश्चिमकै रहेको बताउदै पछिल्लो सुदुरपश्चिममा खेलुदको बिषयमा धेरै कार्यहरु भइरहेको बताए । सरकारद्वारा प्रस्तुत  यस पटकको बजेटमा कृषि, स्वास्थ्य लगायतमा बढि बजेट रहेकोले खेलकुद क्षेत्रमा बजेट निकै कम भएको समेत कुँवरको भनाइ छ ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न खेल क्षेत्रसँगै अरूलाई समेत सुरक्षित रूपमा अघि बढ्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य कुँवरले आग्रह गरे ।

प्रतिक्रिया