Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०२ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

डोटीका पत्रकार तेजु खड्का मृत्यु प्रकरण छानबिन गर्न प्रेस युनियनको माग

डोटीका पत्रकार तेजु खड्का मृत्यु प्रकरण छानबिन गर्न प्रेस युनियनको माग

डोटीका पत्रकार तेजबहादुर खड्का (तेजु) मृत भेटिएको घटनाबारे सत्यतथ्य छानबिन माग गर्दै नेपाल प्रेस युनियनले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको छ।

अछाम लगायत सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रेस युनियन अध्यक्षले मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार खड्का मृत्यु घटनाको सत्यतथ्य छानबिन र मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन्। शुक्रबार दिउँसो गएको पत्रकारको टोलीले परिवारको सदस्य गुमेको शोकमा रहेका पत्रकार खड्काका परिवारलाई राहत प्रदान गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेका छन्‌।

ध्यानाकर्षण पत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले घटनाको छानबिनका लागि सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिने बताए‌। पत्रकार खड्का बेपत्ता हुनासाथ प्रदेश सरकारले खोजी कार्यका लागि पहल गरेको स्मरण गर्दै भट्टले भने, ‘हामीले पत्रकार खड्का बेपत्ता हुनासाथ खोजीकार्य थालेका थियौँ, अहिले कंकाल खड्काको नै भएको पुष्टि भएको छ, के-कति कारणले उनको मृत्यु भएको हो, त्यसको छानबिनका लागि प्रहरी प्रशासनलाई निर्देशन दिन्छु।’ पत्रकार खड्काको परिवारलाई उचित राहत व्यवस्था गर्न प्रदेश सरकारले पहल गर्ने उनले बताए।

 

प्रतिक्रिया