Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

यातायात व्यवसायीले बैंकमा बुझाए गाडीको चाबी

यातायात व्यवसायीले बैंकमा बुझाए गाडीको चाबी

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि ताकेता गरेको भन्दै गाडीका चाबी बैंकलाई बुझाउन शुरु गरेको छ।

कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा यातायात व्यवसाय लामो समय ठप्प रहेको अवस्थामा समेत बैंकहरुले ऋणको मासिक किस्ता भुक्तानीका लागि दबाब दिन थालेपछि व्यवसायीले पोखरामा गाडीको चाबीनै बैंकलाई बुझाउने अभियान शुरु गरेका हुन्।

प्रालिले आज एनएमबी बैंकमा ३०, मुक्तिनाथमा २५, गरिमामा १७ तथा प्राइम बैंकमा १८ गरी ९० गाडीको चाबी बुझाएका छन्।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घबाट नेपाल सरकार तथा राष्ट्र बैंकसमक्ष हालको विषम् अवस्थामा किस्ता तिर्ने समय न्यूनतम छ महिना थप गर्न आग्रह गरे पनि सुनुवाई नभएपछि बाध्य भएर गाडीको चाबी बुझाउन शुरु गरिएको प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए।

“हामीले बैंकलाई किस्ता तिर्दनौँ भनेका छैनौँ, तर गाडी ठप्प भएर कमाइ नभएको अहिलेको अवस्थामा समेत बैंकहरुबाट व्यवसायीलाई निरन्तर ताकेता हुन थालेपछि बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ”, अध्यक्ष केसीले भने, “अहिलेको अवस्थामा किस्ता भुक्तानी गर्ने समय छ महिना पछि सार्न माग गरे पनि कहीँकतैबाट पनि सम्बोधन भएन।”

प्रालिले मातहतका एक हजार ४०० गाडीकै चाबी बुझाइने जनाएको छ । बैँक तथा वित्तिय संस्थाबाट ७० प्रतिशत र व्यवसायीको ३० प्रतिशत लगानीमा यातायात व्यवसाय सञ्चालन हुँदै आएको बताइन्छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साईले सरकार र राष्ट्रबैंकले आफूहरुको माग नसुनेका कारण आन्दोलनस्वरुप चाबी बुझाउन बाध्य भएको बताए। 

देशभर तीन लाख यात्रु बाहक तथा ६० हजार मालबाहक सवारी साधन अहिले ठप्प हुँदा १२ लाखले प्रत्यक्ष तथा ४० लाखले अप्रत्यक्ष रोजगारीबाट वञ्चित हुनुपरेको उनले जानकारी दिए। 

एनएमबी बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले आफ्नोे बैंकले यातायात व्यवसायीलाई किस्ता तिर्न ताकेता नगरेको बताउँदै व्यवसायीको मागका बारेमा राष्ट्र बैंकले ल्याउन लागेको आगामी वर्षको मौद्रिक नीतिबाट सम्बोधन हुने विश्वास व्यक्त गरे। 

प्रालिले पोखरालाई केन्द्र मानि देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत रात्रि तथा दिवा सेवामा यातायात सञ्चालन गर्दै आएको छ। सेतोपाटी बाट

प्रतिक्रिया