ताजा अपडेट
आजको कविता- " संग्रामी हातहरु "
यति खेर बर्ग शत्रुले
आफ्ना लुला हातहरु उठाएर
बिस्थापित हाम्रा मनहरुलाई,
अपनत्वको तुलोमा राखेर,
सौदावाजी गर्न मोलतोल गर्दैछन,
अब हामी जनताको ढाल बनौ,
र बर्ग शत्रुको अचानोमा
आगोका फूलहरु संग
पौठेजोरी खेलौ। ।
हाम्रा दर्बिला पाखुराहरु
तिम्रो पसिनाको काँचो गन्ध संगै,
जीवन भोग्न बिवश छन ।
भोक र युध्दको आगो ओकल्ने
आरनबाट काकाकूल मान्छेहरु
मुक्ति र न्यायको गीत गाउदै,
इस्पाती औजार बनेर उठ ।
उठ,भोकका बिरुध्दमा लडन,
दर्बिलो मुठ्ठीहरु इन्कलावको
नारा संगै ,आफ्नो गुमेको अधिकार खोस्न,
प्रताडित मान्छेहरु मोर्चामा लड ।
संसार वदल्ने राता मान्छेहरु
आज उत्तेलित छन,
अब लामबध्द भएर
परिवर्तनको आगमनमा जुट,
हेर, सूर्य पनि रातो भएर
उँदाउदो छ,
जीबनका चेतनाहरु रातो छ,
हामीले टेकेको माटोले पनि
पसिनाको मिठो गीत गाउँछ ।
मोरेका हाम्रा जाँगर मात्र होइन,
राता मान्छेहरु हुलका हुल बाँधेर,
उन्मुक्तिको उदघोष गर्दैछन,
जित हाम्रो अटल छ,
राता जीबनलाई संग्रामी सलाम ।
देवेन्द्रकिशोर ढुंगाना
भद्रपुर(झापा)
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया