Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कमनिस्ट चरित्र भर्सेस पहेँलो–हेली बिम्ब

कमनिस्ट चरित्र भर्सेस पहेँलो–हेली बिम्ब

कन्टिर–बाबू कहिलेकाहीँ बडो अलमलमा पर्छन् । के लेख्ने के नलेख्ने ? कुन विषयमा बोल्ने, कुनमा चुपचाप बस्ने । 

कन्टिर–बाबूले यति त बुझेका छन् कि सार्वजनिक महत्त्वका कुनै पनि व्यक्तिको सार्वजनिक प्रभाव पर्ने गतिविधिका बारेमा प्रतिक्रिया व्यक्त गर्नुलाई अनुचित मान्न सकिँदैन । तर कन्टिर–बाबूलाई यदाकदा समस्या कहाँनिर उत्पन्न भएजस्तो लाग्छ भने सार्वजनिक र व्यक्तिगत महत्त्वको सीमा कहाँ सुरु र कहाँ अन्त हुन्छ ? यसको उत्तर खोज्न कन्टिर–बाबूलाई बडो सकस हुन्छ ।

धेरैले हाम्रा धनशेरको पहेँली–हेली ससुराली यात्राप्रति टिप्पणी गरेका छन् । सङ्खुवासभाको मकालु गाउँपालिकास्थित ससुरालीको यात्रा धनशेरले सपत्नी हेलिकोप्टर चढेर गरे ।

कन्टिर–बाबूको प्रश्न छ– अरे यार ससुराली भनेका हाम्रा सर्वोच्च जट्टाधारीकै पालादेखि जान मन लाग्ने ठाउँ हो । सबै जान्छन्, उनी पनि गए त उनले के बिराए ? यसमा यत्रो हल्लीखली किन ? उनको व्यक्तिगत इच्छा, आकाङ्क्षा र रहरको कुनै भ्यालु छैन ?

यता धनशेरको ससुराली यात्राबारे सार्वजनिक चर्चा गर्ने, उडाउनेहरूको तर्क छ– उनी ससुराली किन गए भन्ने हाम्रो प्रश्न होइन । हामीले सार्वजनिक टिप्पणी गर्नुपर्ने कारण यति हो कि उनले कमनिस्ट चरित्र देखाएनन् । अझ भनौँ उनले कहिले लाखौँ रुपियाँको भोज गरेर, कहिले हेलिकोप्टरमा मोज गरेर कमनिस्ट चरित्रको धज्जी उडाउनुसम्म उडाए ।

बात यतिमात्र हो कि अरू पनि छ ? भन्ने कन्टिर–बाबूको जिज्ञासामा टिप्पणीकारहरू उल्टै प्रतिप्रश्न गर्छन्– उनको हेलिकोप्टर–यात्राको खर्च कहाँबाट र कसरी जुट्यो ?

जबाफमा कन्टिर–बाबू भन्छन्– अरे यार, यसमा यति माथापच्ची किन ? होला नि त उनीसँग यो खर्चको स्रोत । चिनजानका साथीभाइ । उनले भनिहाल्लान् नि यो खर्चको स्रोत के हो ? यो बेला उनले आफैंले न भने चुनावका बेला जनताले प्रश्न त सोध्छन् नै ।

यसमा पत्रकारहरूको चाल देखेर पनि कन्टिर–बाबू छक्क पर्छन् । धनशेरजीको हेली चढ्ने स्रोत के हो ? त्यस्तो हैसियत कसरी बन्यो ? खोजेर केही लेख्नु–ओर्नु छैन । खाली हेली चढ्यो भन्यो, भइहाल्यो ?

रह्यो कमनिस्ट चरित्रको कुरो, यसमा पनि हाय–तौबा गर्नुपर्ने कुनै कारण छ जस्तो कन्टिर–बाबूलाई लाग्दैन । कन्टिर–बाबूलाई यिनको ढोँगको पराकाष्ठाबारे कुनै सन्देह छैन । नेपालका अहिलेका कुनचाहिँ नाम चलेका कमनिष्ट नेताको चरित्र असली कमनिष्टजस्तो छ र हामीले धनशेरजी नक्कली कमनिस्ट भए भनेर भन्ने ?

कन्टिर–बाबू त भन्छन्– एक–सुता पनि टेन्सन नलिनुहोला धनशेरजी । भन्नेले भनिरहन्छन्, विरोध गर्नेले गरिरहन्छन् । भगवान् शिवलाई त ससुराली प्रिय थियो भन्छन्, हाम्रो धनशेरजीलाई पनि भयो त के बिग्रियो ?

लगे रहो धनशेर भाइ !

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया

ट्रेन्डिङ