Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मालिकलाई देखाउन ससुराले बुहारी कुटे, श्रीमानले भिडियो बनाए

मालिकलाई देखाउन ससुराले बुहारी कुटे, श्रीमानले भिडियो बनाए

अछाम : जिल्लाको मंगलसेन नगरपालिका –३ लाछिमना घर भइ हाल भारतको पुनामा बस्दै आएका एक ससुराले आफ्नी बुहारीलाई मरणासन्न हुनेगरी कुटेका छन्। बुहारीलाई कुटेको भिडियो अहिले भाइरल भएको छ। 

ससुरा कालु भुलले बुहारी भरु बिकलाई कुटपिट गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको हो। बुहारीले काम गर्ने घरकी मालिकनीको लिपिस्ष्टिक र घडी चोरेको भन्दै सुसुराले बुहारीलाई  कुटेका बताईएको छ। 

उक्त कुटपिट गरेको भिडियो बुहारी (भरु) कै श्रीमान दिनेशले खिचेका हुन। काम गर्ने घरमा मालिकनीको लिपिष्टिक र घडी चोरेको भन्दै मालिकनीको प्यारो बन्न कुटेको भिडियो देखाउनलाई खिचिएको बताइएको छ। 

भरुले एक वर्ष पहिले दिनेशसँग भागी विवाह गरेकी थिइन्। १६ वर्षीया भरुको माइती मंगलसेन नगरपालिका ७ जनालीबण्डीमा पर्छ। सामाजिक सन्जालमा कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटनाको विरोध गर्दै कानुन अनुसार कार्वाहीको माग गरिएको छ। 

घटनाबारे नेपाल प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। सामाजिक संजालमा महिला उपर ससुराद्वारा भएको कुटपिटको भिडियो क्लिप प्राप्त हुनासाथ जिप्रका अछाम मार्फत छानबिन अगाडि बढाइएको नेपाल प्रहरीले जनाएको छ। 

उक्त घटनामा संलग्न परिवारका सदस्यहरु हाल भारतमा बसोबास गरिरहेको र घटना पनि अछाममा नभई भारतको महाराष्ट्रमा भएको खुल्न आएको प्रहरीको भनाई छ।

प्रतिक्रिया