Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मालिकलाई देखाउन ससुराले बुहारी कुटे, श्रीमानले भिडियो बनाए

मालिकलाई देखाउन ससुराले बुहारी कुटे, श्रीमानले भिडियो बनाए

अछाम : जिल्लाको मंगलसेन नगरपालिका –३ लाछिमना घर भइ हाल भारतको पुनामा बस्दै आएका एक ससुराले आफ्नी बुहारीलाई मरणासन्न हुनेगरी कुटेका छन्। बुहारीलाई कुटेको भिडियो अहिले भाइरल भएको छ। 

ससुरा कालु भुलले बुहारी भरु बिकलाई कुटपिट गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको हो। बुहारीले काम गर्ने घरकी मालिकनीको लिपिस्ष्टिक र घडी चोरेको भन्दै सुसुराले बुहारीलाई  कुटेका बताईएको छ। 

उक्त कुटपिट गरेको भिडियो बुहारी (भरु) कै श्रीमान दिनेशले खिचेका हुन। काम गर्ने घरमा मालिकनीको लिपिष्टिक र घडी चोरेको भन्दै मालिकनीको प्यारो बन्न कुटेको भिडियो देखाउनलाई खिचिएको बताइएको छ। 

भरुले एक वर्ष पहिले दिनेशसँग भागी विवाह गरेकी थिइन्। १६ वर्षीया भरुको माइती मंगलसेन नगरपालिका ७ जनालीबण्डीमा पर्छ। सामाजिक सन्जालमा कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटनाको विरोध गर्दै कानुन अनुसार कार्वाहीको माग गरिएको छ। 

घटनाबारे नेपाल प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। सामाजिक संजालमा महिला उपर ससुराद्वारा भएको कुटपिटको भिडियो क्लिप प्राप्त हुनासाथ जिप्रका अछाम मार्फत छानबिन अगाडि बढाइएको नेपाल प्रहरीले जनाएको छ। 

उक्त घटनामा संलग्न परिवारका सदस्यहरु हाल भारतमा बसोबास गरिरहेको र घटना पनि अछाममा नभई भारतको महाराष्ट्रमा भएको खुल्न आएको प्रहरीको भनाई छ।

प्रतिक्रिया