Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २६ पुष २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

यतिबेला आँपको मौसम छ, यस्ता छन् आँपखानुका फाईदाहरु ।

यतिबेला आँपको मौसम छ, यस्ता छन् आँपखानुका फाईदाहरु ।

बजारमा आँप छ्याप्छ्याप्ति देखिन थालेका छन्। आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ। एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ। एउटा पाकेको १०० ग्राम आँपमा ५० देखि ८० क्यालोरी उर्जा तथा ४५०० आइयु भिटामिन ए पाइन्छ। यसका अलावा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ। सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ। यसका फाइदा निम्न छन् :

१. क्यान्सरबाट बचाउछ : आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ।

२. दृष्टिशक्ति बढाउछ : यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ।

३. फाइबर र भिटामिन सिको भण्डार : आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ।

४. शरीरमा अल्कालाइनलाई सन्तुलित पार्छ : यसले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ।

५. पाचन प्रक्रिया राम्रो बनाउछ  : मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ। फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ।

६. रोगप्रतिरोधी : आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ।

७. एन्टिअक्सिडेन्टयुक्त : आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ। यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउछ।

८. प्रजनन क्षमतामा वृद्धि गर्छ : आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ।

९. खनिजयुक्त : आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ। यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन्।

१० यौन क्षमता बढाउछ : आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ। यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ। आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउछ। होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ।

११. छालामा चमक ल्याउछ : आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ। आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ।

१२. ब्ल्याकहेड (काला रौं) को उपचार : आँपले शरीरमा अंगमा भएका काला रौंका अंश हटाउन पनि मद्दत गर्छ। यसका लागि एक चम्चा आँपको गुदी, आधा चम्चा दुध या मह मिसाएर मिश्रण तयार पार्नुपर्छ। यसलाई गोलो तरिकाले संबन्धित ठाउँमा लगाउनुपर्छ। यसले मरेको छाला तथा नउम्रिएका रौं हटाई अनुहारमा चमक ल्याउछ।

१३. एन्टि एजिङ फाइदा : यसले क्यान्सर गराउन सक्ने धुलोका खतरनाक कणबाट छालालाई जोगाउछ। यसमा भएका भिटाभिन सिले डण्डीफोर आउन दिदैंन। यसलाई प्रत्यक्ष लगाउने हो भने प्राकृतिक मोस्चराइजरको काम गर्छ। यस्तै, यसलाई फेसवासको रूपमा पनि प्रयोग गर्न सकिन्छ। एकचम्चा आँपको गुदी र बदामको पाउडरमा एक टेबलचम्चा दुध मिसाएर पेष्ट बनाउनुस् र अनुहारमा लगाउनुस्। २० मिनेटपछि  धोएपछि यसले अनुहारमा चमक ल्याउछ।

१४. कपालका लागि पनि लाभदायी : भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ। यसले कन्डिसनरको पनि काम गर्छ। यसमा हुने भिटामिन एले चाँया हटाउछ र कपालमा चमक ल्याउछ।

अरु पनि छन् आँपका फाइदा

–    यदि बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको चूर्ण पानीमा मिलाएर दिनहु दुई तीनपटक खान दिने हो भने पेटको किरा पनि मर्छ।
–    सुख्खा खोकी छ भने एक पाकेको आँप लिनुहोस्, आगोमा सेकाउनुस्, सेलाइसकेपछि बिस्तारै चुस्नुहोस्, खोकी निको हुनेछ।
–    मधुमेहमा आँपको पातलाई छाँयामा सुकाएर चूर्ण बनाउनुस्, यसलाई ५–५ ग्रामको मात्रामा बिहान बेलुकी पानीमा राखेर १०–१५ दिन लगातार सेवन गर्ने हो भने लाभ मिल्छ।
–    कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुट्कारा मिल्छ।
–    कान दुखेकोमा आँपको पातको रस निकाल्नुस्, हल्का तातो पार्नुस् र कानमा थोपा राख्नुस्, पीडाबाट लाभ मिल्छ।
–    गिजाबाट रगत निस्कने समस्यामा आँपको बिया निकालेर पिस्नुस् र यसलाई मन्जनको रुप्मा प्रयोग गर्ने हो भने पायरियासहित दाँतको सबै रोगबाट लाभ मिल्छ।
–    लू तथा गर्मीमा काँचो आँपलाई रस पिउनाले लू तथा गर्मीबाट हुने बेचैनी ठीक हुन्छ।
–    आँप खाएपछि तातो दूध  पिउनुस्, तर, पानी भने सेवन नगर्नुस्।
–    एक कप आँपको रसमा ५० ग्राम मह मिसाएर बिहान बेलुकी सेवन गर्नाले क्षयरोगमा लाभ मिल्छ।
–    यसमा रहेको पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रणमा रहन्छ।
–    यसले तौल बढाउछ, गर्भावस्थामा दैनिक एक आँप खानाले राम्रो हुन्छ।
–    २०० ग्राम आँपको रस, १० ग्राम अदुवाको रस र २५० ग्राम दूध  मिसाएर पिउनाले शारीरिक र मानसिक निर्बलता नष्ट हुन्छ र स्मरणशक्ति बढ्छ। (स्वास्थखबर)

प्रतिक्रिया