Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०९ फागुन २०८२
प्रचलनमा:
ताजा अपडेट
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

सामाजिक अभियन्ता कुँवरद्वार आमाको श्राद्वमा मजदुर महिलालाई खाद्यान्न सहयोग

सामाजिक अभियन्ता कुँवरद्वार आमाको श्राद्वमा मजदुर महिलालाई खाद्यान्न सहयोग

धिरज कुँवर

साँफेबगर नगरपालिका ३ सिद्देस्वर घर भइ अहिले जापानमा बस्ने सामाजिक अभियन्ता लोकेन्द्र जंग कुवँरले आमा स्वर्गीय धनशोभा देवी कुँवरको वार्षिक पुण्य तिथि श्राद्वको अवसरमा तीन जना दाउरा बेचेर घर खर्च चलाउने महिलालाई खाद्यान्न सहयोग गर्नुभएको छ । शनिबार उहाँका दाजु रुपबहादुर कुँवरले ती महिलालाई सामान हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल जनसम्पर्क समिती कान्तो जापान का सचिव र सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको संस्थापक केन्द्रिय सदस्य समेत रहेका कुँवरले भारी बोकेर गुजारा गर्दै आएका महिलालाई सहयोग गरेको बताउनुभयो । उहाँका अनुसार साँफेबगरका तीन जना मजदुर महिलालाई चामल , तेल, नुन, चियापत्ती चिनी सहयोग गरिएको हो । 'आमाको श्राद्वको मौकामा आफ्नो सन्तानको पालपोषणको लागि मजदुरी गर्ने आमाहरुलाई केही सहयोग गर्न सकेकोमा मन हलुका भएको छ ' उहाँले भन्नुभयो ,'स्वर्गीय आमाको सम्झनाम अझै केहि सामाजिक कार्य गर्ने सोचिरहेको छु ।' आमाबुवा मरेको तिथिमा गरिने एकोदृष्ट श्रादमा दिएको अन्न तथा जल बर्ष भरि नै पित्रृहरुले प्राप्त गर्दछन भन्ने शाष्त्रिय मान्यता रहेको उहाँ बताउनुहुन्छ श्राद्वको समयमा आफ्ना आफ्ना पित्रृहरु घरको अगाडि आएर बस्छन् भन्ने मान्यता रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया