Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

स्वर्गिय आउजीका परिवारलाई आर्थिक सहयोग गर्दै दारी ग्याङ अछामले गर्यो सामाजिक कार्यको सुरुवात

स्वर्गिय आउजीका परिवारलाई आर्थिक सहयोग गर्दै दारी ग्याङ अछामले गर्यो सामाजिक कार्यको सुरुवात

अछाम ।

नेपालका बिभिन्न ३४ जिल्ला भन्दा बढीमा गठित दारी ग्याङ सामाजिक कार्यमा क्रियाशिल हुदैँ आएको छ । समाजसेवाको भावनाले गाँउठाँउमा अप्ठेरोमा परेकालाई सहयोग, रक्तदान, बृक्षारोपण, सरसफाई, विभिन्न क्याम्प लगायतका कार्यमा दारी ग्याङ सक्रिय रहेको छ ।

यहि अवसरमा केही महिना अघि मात्र अछाम जिल्लामा पनि गठन भएको दारी ग्याङले आफ्नो सामाजिक क्षेत्रको कार्यलाई अगाडी बढाएको छ । ग्याङ अछामले आ’त्म’दाह गरि स्वर्गिय भएका सिदार्थ आउजीका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

ग्याङका संयोजक उमेश कुवँरको नेतृत्वमा गएको एक टोलीले आउजीका परिवारलाई राहत स्वरुप २४ हजार २० रुपयाँ आर्थिक सहयोग गरेको हो । लकडाउनले गर्दा अन्य काम गर्न नपाएको भन्दै संयोजक कुवँरले अब ग्याङले सक्रियता बढाउने उल्लेख गरे ।

सोही कार्य अनुरुप शनिबार आउजीका परिवालाई आर्थिक सहयोग गरिएको संयोजक कुवँरले बताए । दारी ग्याङ अछामले आगामी दिनमा पनि समाजमा यस्तै रचनात्मक र सकरात्मक प्रभाव पर्ने खालका काम गर्दै जाने संयोजक कुवँरको भनाई छ ।

छोटो समयमै दारी ग्याङ अछामले जिल्लामा राम्रो र सकरात्मक कामको सुरुवात गरेको आर्थिक सहयोग हस्तान्त्ररण कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले प्रतिक्रिया दिए । सकरात्मक कामका लागि महासंघ अछाम जहिले पनि साथमा रहने अध्यक्ष खत्रीको भनाई थियो ।

आर्थिक सहयोग हस्तानत्ररण कार्यक्रममा ग्याङका पदाधिकारी लगायतको सहभागिता रहेको सदस्य दिलिप साँउदले जानकारी दिए । सुदुरआज

प्रतिक्रिया