Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हटाइएका कर्मचारीलाई बयालपाटा अस्पतालले पुनर्बहाली गर्ने

हटाइएका कर्मचारीलाई बयालपाटा अस्पतालले पुनर्बहाली गर्ने

गीता कुँवर अछाम :

बयालपाटा अस्पतालले हटाइएका कर्मचारीलाई पुर्नबहाली गर्ने भएको छ । आर्थिक अभावका कारण सबैलाई पुर्नबहाली गर्न नसकिने भएपछि अस्पतालले स्थानीयलाई मात्र पुर्नबहाली गर्ने भएको हो ।

न्याय हेल्थ नेपालले हटाइएकामध्ये स्थानीयलाई मात्र पुर्नबहाली गर्ने निर्णय गरेको अस्पतालका स्वास्थ सेवा निर्देशक विकास गौचनले जानकारी दिए । उनले भने, 'नागरिकताको आधारमा स्थानीयलाई पुर्नबहाली गर्ने तयारीमा छौं। अहिले नागरिकताको विषयमा छानबिन चलिरहेको छ ।'

नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वाँरले अस्पताल प्रशासनसँगको पटकपटकको बैठकमा कर्मचारी पुर्नबहाली गर्ने विषयमा सबै दल एकमत भएपछि पुर्नबहाली गर्ने सहमति भएको बताए ।

उनले भने, 'धेरै पटक बैठक बस्यो तर सहमति हुन सकेको थिएन। हाम्रो अडान हटाइएका ३४ जनालाई राख्नुपर्छ भन्ने थियो, सबै कर्मचारीलाई राख्न नसकिने भएपछि स्थानीयलाई मात्र पुर्नबहाली गर्ने एकमत भयौं।'

अस्पतालका लागि नगरपालिकाले आर्थिक वर्ष ०७०÷७८ का लागि ७० लाख बजेट बिनियोजन गरेको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवरले बताए । उनले अस्पताललाई मुख्य प्राथमिकतामा राखेका छौं,आर्थिक अभाव हो भने हामीले स्रोत जुटाउने काम गरेका छौं, आर्थिक कारण कसैको जागिर जानु हुँदैन,आर्थिक स्रोत जुटाउने काम निरन्तर रहने छ ।'

जागिबाट हटाइएका एकजना कर्मचारी आत्मदाह गरेका थिए। फेरि पनि यस्तो परिस्थिति आउन नदिन निरन्तर आफूहरु लागिपरेको नेकपाका नेता प्रकाश शाहले बताए । उनले निकालिएका अरु कर्मचारी तनाबमा रहेकाले अस्पतालसँगको लामो प्रयासपछि पुर्नबहाली गर्न सफल भएको बताए।  'आथिक स्रोत जुटाएर अस्पतालको सेवा सुविधा थप विस्तार गर्ने पक्षमा हामी सबै लागिपरेका छौं, उनले भने,' रकम जुटाउने विषयमा सबै एकजुट भएर लाग्ने भएका छौं।'

अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले ७ करोड र साँफेबगर नगरपालिकाले ७० लाख रकम बिनियोजन गरेको छ । बाजुरा र डोटीका केही स्थानीय तहले समेत बजेट बिनियोजन गरेका छन् । कोरोनाको कहरका बेला बैदेशिक रकम कटौती हुँदै आएको भन्दै अस्पतालले ३४ जना कर्मचारीलाई हटाएको थियो । 

जागिरबाट निकालिएका सरसफाइ कर्मचारी सिद्धार्थ आउजीले जेठ २६ गते अस्पतालको परिसरमै आत्मदाह गरेका थिए । उनको उपचारको क्रममा नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा ज्यान गएको थियो । 

मृतकको परिवारलाई अस्पतालले ५ लाख र साँफेबगर नगरपालिकाले २ लाख आर्थिक सहयोग गरेको छ । साथै मृतककी श्रीमती गौरी आउजीलाई अस्पतालमा जागीर दिने सहमती पनि भएको छ ।

आर्थिक अभाव भन्दै कर्मचारी निकालिएपछि बयालपाटा अस्पताल विवादमा तानिएको थियो । अस्पतालले यही साउन १७ गते देखि करार सम्झौता नविकरण नगर्ने भनेर ३४ जना कर्मचारीलाई जानकारी गराएको थियो । 

 

प्रतिक्रिया